• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असोज ३१, २०८३ Sat, Oct 17, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाज

रोल्पाको क्वारेन्टाइन : बोराको ओछ्यान, बासी भातको खाजा

कोरोना कहरमा महिला तथा बालबालिका
64x64
महेश न्यौपाने बिहीबार, वैशाख २५, २०७७  ०८:०१
1140x725

रोल्पा–रोल्पा त्रिवेणी गाउँपालिकाले नव नेपाल क्याम्पसमा व्यवस्थापन गरेको क्वारेन्टाईनमा बस्छिन आशा विक। काठमाडौंको मनकामना इँटाभट्टामा काम गर्ने उनी कोरोनाका कारण काम बन्द भएपछि  ८ दिनअघि रोल्पा फर्किएकी हुन्। उनीसँगै डेढ महिने बच्चा छ। बच्चा इँटाभट्टामा काम गर्दागदै जन्मिएको हो। 

आशासँगै बस्छिन् सिर्जना विक। उनको बच्चा ९ महिनाको भयो। काठमाडौंको इँटाभट्टामा सँगै काम गर्ने आशा र सिर्जना जिल्ला फर्किएपछि क्वारेन्टाइन बसाइ पनि सँगै छ। त्रिवेणी गाउँपालिका ५ घर भएका  उनीहरु सानैदेखिका दौतरी हुन्। उनीहरुको दौतरी कोरोना कहरमा समेत छुटेको  छैन। ‘सानैदेखिका मिल्ने साथी हौ, काम  पनि सँगै गर्छौं, अहिलेको  बसाइ पनि सँगै छ,’ आशाले भनिन्।

साथै बस्न  पाएर मख्ख आशा र सिर्जनाको क्वारेन्टाईन बसाइ र खान्की भने सुखद छैन। गाँउपालिकाले व्यवस्थापन गरेको दालभात  नै उनीहरुको साँझ–बिहानको खान्की हो। नवजात शिशुका आमा उनीहरुका लागि पोषणको महसुस कसैले गरेको छैन। खान्कीमात्र  हैन, बेलुकाको सुताई पनि सहज छैन। म्याट र जुटको बोरा विछ्याएर सुत्छन् उनीहरु।

आशा र सिर्जनाजस्ता नवजात शिशुका साथ क्वारेन्टाईनमा बस्ने महिलाको संख्या रोल्पामा ठूलो छ। अधिकांश इँटाभट्टाबाट फर्किएका छन्। गर्भवती, सुत्केरी र २ वर्ष मुनिका बालबालिकाको क्वारेन्टाईन बसाई र खान्की सामान्य मानिसको भन्दा फरक छैन। ‘म्याट र जुटको बोराको ओछ्यानमा बच्चासँग सुत्छु’, आशा विकले भनिन्, ‘साँझ–बिहान दालभात तरकारी खान्छौं। बिहान बचेको बासीभात दिउँसो नास्ताका रुपमा खान्छौं, त्योबाहेकको  थप नास्ता हुँदैन।’ 

त्रिवेणी गाउँपालिकामा मात्रै एक हजार ३५० जना क्वारेन्टाईनमा रहेको गाउँपालिका  अध्यक्ष शान्तकुमार वलीले जानकारी दिए।  त्यसरी बस्नेमध्ये ठूलो संख्यामा  बालबालिकासहितका महिला रहेको वलीले बताए। 

बालबालिकाको क्षेत्रमा  काम गर्ने संस्था मानव अधिकार सचेतन  केन्द्र रोल्पाले उपलव्ध गराएको विवरण अनुसार त्रिवेणी गाउँपालिकामा मात्रै २ वर्ष मुनिका ४५ र ५ वर्ष मुनिका थप ६० बालबालिका आमाको संरक्षणमा क्वारेन्टाईन बसेका छन्। 

‘शून्यदेखि १८ वर्ष मुनिका ३५० बालबालिका क्वारेन्टाईन बसेका पायौं,’ मानव  अधिकार सचेतन केन्द्र रोल्पाका धरेन्द्र डाँगीले भने। क्वारेन्टाईनमा सुत्केरी तथा गर्भवती महिलाको पनि संख्या उल्लेख्य रहेको उनले बताए। 

‘होम क्वारेन्टाईन बस्ने गरि त्यस्ता महिला तथा बालबालिकाहरुलाई घरमै जान  भनिए पनि उनीहरु स्वयं  र समाजले नमान्दा क्वारेन्टाईन बसेका हुन्,’ त्रिवेणी  गाउँपालिका ५ का वडाध्यक्ष कृष्ण केसीले भने। बालबालिका र सुत्केरी एवं गर्भवती महिलाको सन्दर्भमा गाउँपालिका सुरुदेखि नै संवेदनशील रहेको उनको भनाइ छ। 

Ncell 2
Ncell 2
nimb
nimb

महिला तथा बालबालिकाको क्वारेन्टाईन बसाइ सहज बनाउन सेभ द चिल्ड्रेनसँग समन्वय गरेर केही सामग्री वितरण गरेको गाउँपालिका  अध्यक्ष वलीले बताए। वितरित सामग्रीहरुमा २ वर्षसम्मका लागि बेबी किट ४५ थान, ५ वर्षसम्मका लागि बेबी किट ६० थान, महिलाहरुा लागि डिग्निटी किट ४५ थान, हाइजीन किट ६९ थान, ब्लांकेट ५० थान लगायतका सामग्रीहरु रहेको गाउँपालिकाले जनाएको छ ।

यसपटक महिला तथा बालबालिकाको सुरक्षाका सामग्री उपलव्ध गराएको सेभ द चिल्ड्रेनका प्रकाश भट्टले बताए। ‘बालबालिकाको पोषणका लागि पनि समुदायबाट माग आएकाले यसतर्फ पनि हाम्रो ध्यानाकर्षण भएको छ,’ भट्टले भने।

जिल्ला प्रशासन कार्यालय रोल्पाको तथ्यांक अनुसार सरकारले लकडाउन घोषणा गरेपश्चात देशभित्रका विभिन्न जिल्ला तथा देशबाहिरवाट आएकासमेत गरि झण्डै सात हजार ५  सय रोल्पाली १४ दिन क्वारेन्टाईन बसे। यीमध्ये ३ हजारभन्दा बढी महिला थिए। अधिकांश महिलाहरु आफ्ना साना नानीका साथ क्वारेन्टाइन बसे भने भने दर्जनौं गर्भवती महिलाले  पनि १४  दिने क्वारेन्टाईन बसाइको नियम पालन गरे।

जिल्लाका अधिकांश क्वारेन्टाईनमा बसेका महिला तथा बालबालिकाको अवस्था मानव  अधिकारका दृष्टिबाट सहज नभएको मानव अधिकारकर्मी घनश्याम आचार्यले बताए। ‘गर्भवती तथा सुत्केरी महिला र बालबालिकाका लागि पोषणयुक्त खानाको आवश्यकता पर्छ तर कोरोनाका कारण लामो समयसम्म उनीहरुले त्यस्तो खाना पाएका छैनन्,’ आचार्यले भने।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

इँटाभट्टामा जोखिमपूर्ण शारीरिक श्रम गर्ने उनीहरुको खाना र  बसाइले धेरै बालबालिका कुपोषित हुने सम्भावना रहेको आचार्यको भनाइ छ। इँटाभट्टामा काम गरेको पैसा  समेत मालिकले नदिएपछि उनीहरु वेखर्ची घर फर्किएकाले कैयौं दिन भोकै रहेको भन्ने जानकारी आएको आचार्यले बताए। 

त्रिवेणी गाउँपालिकाजस्तै जिल्लाका सबै स्थानीय तहहरुले क्वारेन्टाईनमा बसेका सुत्केरी तथा गर्भवती महिला र बालबालिकाको खाने र बस्ने कुरामा विशेष चासो दिनु पर्ने आचार्यको सुझाव छ। 
 

प्रकाशित मिति: बिहीबार, वैशाख २५, २०७७  ०८:०१
  • #Corona Virus

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
महेश न्यौपाने
महेश नेपाल लाइभका संवाददाता
लेखकबाट थप
रोल्पामा लागुऔषधसहित एक महिला पक्राउ
पाँचदलीय गठबन्धनको सूत्रधार लुम्बिनी हो : मुख्यमन्त्री केसी
रोल्पाका स्थानीय सरकार : यसरी खटिरहेछन् विद्यालय शिक्षा उकास्‍न
सम्बन्धित सामग्री
मुगु जिल्लाको एक मात्र आवासीय विद्यालयमा छात्रावासको अभावमा पठनपाठनमा समस्या बिहीबार, असोज २९, २०८३
बडादसैँको चौथो दिन आज कुष्माण्डा देवीको पूजा गरिँदै बडादसैँको चौथो दिन आज नवदुर्गामध्येकी चौथो देवी कुष्माण्डाको विधिपूर्वक पूजा आराधना गरिँदै छ। आश्विन शुक्ल चतुर्थीका दिन कुष्माण्डा... बुधबार, असोज २८, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता एउटै वडाका चार युवाले प्रहरी सेवामा प्रवेशका लागि प्रतिस्पर्धा गर्दै सफलता हासिल गर्नुले स्थानीयस्तरमा शिक्षा, मेहनत र लगनशीलताको चर... मंगलबार, असोज २७, २०८३
ताजा समाचारसबै
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
चाडपर्वमा अनलाइन ठगीबाट सतर्क रहन राष्ट्र बैंकले जारी गर्यो एड्भाइजरी शनिबार, असोज ३१, २०८३
राहत सामग्री र ड्रोनसहित बाढी प्रभावित क्षेत्र पुगे गृहमन्त्री गुरुङ शनिबार, असोज ३१, २०८३
किशोर श्रेष्ठको पक्राउ प्रेस स्वतन्त्रताविरुद्ध : पत्रकार महासंघ शनिबार, असोज ३१, २०८३
पत्रकार श्रेष्ठ र पन्तबीच साइबर ब्युरोमा छलफल जारी शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
राष्ट्रपतिद्वारा दुई अध्यादेश जारी शुक्रबार, असोज ३०, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
बाह्य सहयोग लिँदा सचेत रहन पूर्वराजा ज्ञानेन्द्रकाे आग्रह शुक्रबार, असोज ३०, २०८३
मन्त्रिपरिषद् बैठकका १३ निर्णय सार्वजनिक : बाढीपहिरो प्रभावितलाई मासिक १५ हजारसम्म राहत शुक्रबार, असोज ३०, २०८३
भूमि सम्बन्धी अध्यादेशको विपक्षमा उभियो कांग्रेस शुक्रबार, असोज ३०, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्