• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज २७, २०८३ Tue, Oct 13, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

त्यसपछि वामदेव भैंसेपाटी केन्द्रबाट बालुवाटार फर्किए

डिबी खड्का\वीरेन्द्र ओली सोमबार, वैशाख २२, २०७७  १८:५६
1140x725

काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा केही महिना दुई केन्द्रहरूबीच शक्तिसंघर्ष चल्यो। एउटा सदाबहार केन्द्र बालुवाटार थियो भने अर्को सभामुख छनोट प्रक्रियापछि बनेको भैंसेपाटी केन्द्र। नेकपामा हस्तक्षेपकारी शक्ति बन्दै गरेको भैंसेपाटी केन्द्र विघटन भइसकेको छ। घरमालिक गौतमले आफूसँग रहेको शक्ति पोको पारेर बालुवाटार पुगेका छन्। भैंसेपाटी समूहमा रहेका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' र माधव नेपाल कोटेश्वर फर्किएका छन्।

गौतम बालुवाटार फर्किनुको रहस्य के हो? आफूलाई दिइएको भावी प्रधानमन्त्रीको आश्वासन पनि 'आकाशको फल' भएको गौतम आफैंलाई राम्रोसँग थाहा छ। त्यसो भए कुन कुराले उनलाई बालुवाटार फर्किन बाध्य पार्‍यो? यसबारे केही भित्री तथ्यहरू केलाउने क्रममा भेटियो बालुवाटारतर्फ मन फर्काउने ‘मन्त्री फ्याक्टर’। 

मन फर्काउने मन्त्री फ्याक्टर
प्रधानमन्त्री ओलीले सचिवालयमा बैठकमा राखेको आफूलाई प्रधानमन्त्री बनाउने प्रस्तावको आधार खोजिरहेका थिए गौतम। यही क्रममा भेट्न पुगेका पाँच/सात’ जना मन्त्रीहरुको उनलाई बालुवाटार फर्काउनुमा सबैभन्दा ठूलो भूमिका देखिन्छ। दोस्रोपल्ट सचिवालय बैठक बस्नुअघि गौतमलाई भेट्न वर्तमान सरकारका मन्त्रीहरु पुगेका थिए। वामदेवलाई भेटन् पुगेका मन्त्रीहरूमा पद्मा अर्याल, बसन्तकुमार नेम्वाङ, डा शिवमाया तुम्बाहाङ्फे, पार्वत गुरुङ रामवीरलगायतको समूह गौतमलाई भेट्न पुगेको थियो। पार्टी विभाजनको तहसम्म पुग्ने लक्षण देखिन थालेको भन्दै उनीहरु गौतमलाई भेट्न पुगेका थिए।

मन्त्रीहरुले गौतमलाई भेटेर ‘वारपारको लडाइँ’ लड्नुपर्ने हदसम्म नजान सुझाव दिए। नेताहरुबीच रहेको तिक्तता बैठकमै पोखेर मिल्न सुझाए। गौतमलाई घुमाउरो रुपमा भने, ‘पार्टीलाई एकताबद्ध बनाएर अघि लैजाने कि फुटाउने? त्यो तपाईंकै हातमा छ।’

यो शक्ति संघर्षमा गौतम जतातिर लाग्यो, त्यतै बलियो हुने दृष्य आँकलन गरिसकेका मन्त्रीहरूले घुमाउरो रुपमा ‘दोस्रोपल्ट पार्टी फुटाउने’ कलंकको टीका लगाउनबाट जोगिन सुझाए। उक्त भेटघाटमा सहभागी एक मन्त्री भन्छन्, ‘उहाँ कसरी अघि बढ्ने भन्ने ठूलो अन्योलमा हुनुहुन्थ्यो। शीर्ष नेताहरुको तहबाट आफूलाई धोका भइरहेको बुझाइ थियो।’

'हामी मन्त्रिपरिषद्का धेरैजसो सदस्यहरूको सामूहिक आवाज लिएर नेता वामदेव कमरेडलाई भेट्न पुगेका थियौं। सबैजसो शीर्ष नेताहरूलाई फोनमा कुरा गरी पार्टी एकताबाट बचाउन आग्रह गरेका थियौं,' नेता गौतमलाई भेट्न पुगेका एक मन्त्रीले भने, 'वामदेवजीलाई भने हामीले भेटेरै कुराकानी गरेका थियौं।' पार्टी एकता बलियो पार्न परिआए ‘सामूहिक राजीनामा’ समेत दिन तयार भएर उनीहरू शीर्ष नेताहरुबीचको मनमुटाव घटाउन सक्रिय थिए। 

मन्त्रीहरुको यस्तो भनाइपछि पार्टी फुट्दा सबैभन्दा बढी अपजस आफूले पाउने महसुस गौतमलाई भयो। पार्टी एकीकरण गर्न आफूले खेलेको भूमिका सम्झिए। त्यसपछि गौतम भावुक हुँदै गए। शीर्ष नेताहरुबाट बर्दिया चुनावको हारदेखि डोल्पा र कास्कीमा आफूलाई ‘फसाइएको’सम्मको फेहरिस्त बताए। उनले भने, ‘मैले डोल्पा जान खोजेको थिइनँ। ढुक्क बनाएर पठाइयो। त्यहाँ नपुग्दै खेल खेलियो। कास्कीमा त झन् मैले पटक–पटक अस्वीकार गरें। त्यहाँ पनि मलाई बदनाम गराइयो।’ बर्दियामा आफूले हार्नुमा पनि कतैबाट खेलिएको खेलका रुपमा बुझेका छन्। 

Ncell 2
Ncell 2
nimb
nimb

ती मन्त्रीका अनुसार आफूमाथि धोकाधडीको खेल शीर्ष नेताहरूबाट खेलिएको उनको बुझाइ थियो। त्यसमा पनि प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओलीको भूमिका बढी रहेको उनको ‘रिडिङ’ थियो। यसले आफूलाई ‘झोंक चलाएको’ उनले बताए। त्यसैले आफू प्रधानमन्त्री ओलीलाई छाडेर अर्को समूहतर्फ लागेको बताए। 

मन्त्रीहरुले यतिबेला नेकपाको फुट इतिहासकै सबैभन्दा ठूलो धोका हुने विषयमा पटकपटक जोड दिए। दोस्रो तहका नेताहरु सबै खालको त्याग गर्न तयार भएको बताउँदै आफूहरु मन्त्री पदबाट सामूहिक राजीनामा दिनेसम्म तत्पर रहेको दर्शाए। 

अन्य विषयमा त्यति रुचि नदेखाएपनि ‘दोस्रोपल्ट पार्टी फुटाउने’ आरोप लाग्ने डरले गौतमलाई भित्रैदेखि झस्काएको थियो। त्यसपछि गौतमले मन्त्रीहरुलाई आश्वासन दिए, ‘म फेरि त्याग गर्छु। तर, पार्टीलाई दुर्घटनाबाट जोगाउँछु।’

मन्त्रीहरुले गौतमलाई भेट्ने दिन भैंसेपार्टी समूहको कोटेश्वरस्थित वरिष्ठ नेता माधव नेपालको घरमा भेला चलिरहेको थियो। गौतमले मन्त्रीहरुलाई भने, ‘अहिले पनि उता भेला चलिरहेको छ। म त्यहाँ गएको छैन। पार्टी फुट्दैन। तपाईंहरु ढुक्क हुनुहोस्।’

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

आफूनिकट सांसदहरुलाई पनि उनले बालुवाटारतर्फ केन्द्रित हुन सुझाए। सचिवालयको बैठकअघि प्रधानमन्त्री ओलीले बालुवाटारमा गरेको सांसदहरुको भेलामा गौतमनिकट सांसदहरु पनि देखिएका थिए। 

यति भन्दै गर्दा आफूले प्रधानमन्त्री वा सांसद केही नपाउने महसुस गरिसकेको समेत मन्त्रीहरुलाई पटक–पटक बताए। त्यसपछि प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटेर ‘वारपारको लडाइँ’बाट पछि हटेको संकेत गरेका थिए। प्रधानमन्त्री ओलीलाई समेत केही कदम पछि हट्न उनले सुझाएका थिए।

प्रतिनिधिसभा लैजाने निर्णय ‘फेस सेभिङ’
प्रधानमन्त्री ओलीलाई भेटेर आफू कुनै पदमा नभएपनि सहमति र सहकार्यका लागि तयार भएको सन्देश दिए। गौतम, प्रचण्ड-माधव गुटको भेलामा पनि गएनन्। त्यसपछि उनलाई व्यवस्थापन गर्ने विषय दुवै समूहका नेताहरुले तपसिलमा राखिदिए।

बैसाख २० गतेको सचिवालय बैठकमा उनका विषयमा कसैले कुर उठाएनन्। स्थायी कमिटीको बैठक बोलाउनलगायतका विषयमा निर्णय हुन थाल्यो। बैठकको अन्त्यतिर गौतम आफैंले कुरा उठाए, ‘मेरा बारेमा त केही भएन।’ आफू राष्ट्रियसभामा नजाने कुरा प्रधानमन्त्री ओलीसँगको भेटमा पहिल्यै अवगत गराइसकेका उनले सचिवालयको बैठकमा प्रतिनिधी सभामा लैजाने निर्णय गर्न सुझाए। 

नेकपाका एक सचिवालय सदस्य भन्छन्, ‘उहाँले आफ्नो फेस सेभिङका लागि उक्त प्रस्ताव ल्याउनुभएको हो। यो कार्यान्वयन हुने कुरामा उहाँ ढुक्क हुनुहुन्न।’ वर्तमान प्रतिनिधिसभामा जाने बाटो नदेखेका गौतमले कम्यनिस्ट पार्टीको इतिहासमा फेरि एकपल्ट गरिएको त्यागका रुपमा बुझेका उनीनिकट एक नेता बताउँछन्। 

निकटस्थको सुझावमा त्यागे राष्ट्रियसभा
राष्ट्रपतिबाट मनोनित हुने राष्ट्रियसभाको सदस्य भएर जाने यसअघिको चाहनालाई उनले आफूनिकट कानूनविद्सँगको सल्लाहपछि त्यागेका हुन्। संविधान संशोधन गरेर राष्ट्रियसभा सदस्य प्रधानमन्त्री हुन सक्ने बाटो खोल्नुपर्ने उनको पूर्वअडान थियो। तर, संविधान संशोधन गराउने उनको योजना पूरा भएन। पार्टीभित्र एक व्यक्तिका लागि संविधान संशोधन गर्नु उचित नरहेको भन्दै विवाद सिर्जना भयो। 

नेकपा सचिवालय बैठक। फाइल तस्बिर

त्यसपछि राष्ट्रियसभा सदस्य भइराख्ने तर विस्तारै संविधान संशोधन गराउने नीति उनले लिए। बहुमत सचिवालय सदस्यले उनलाई राष्ट्रियसभा सदस्य बनाउने कुरामा ऐक्यबद्धता जनाए। तर, प्रधानमन्त्री ओली तयार भएनन्। एक त आफूले विश्वास गरेको अर्थमन्त्री युवराज खतिवडालाई निरन्तरता दिने उपाय सोही कोटा थियो। अर्को सभामुख बनाउने क्रममा प्रचण्डलाई साथ दिएकाले सचिवालयको उक्त निर्णय कार्यान्वयन गर्न उनी बाध्य भएनन्। 

उक्त विषयलाई थाती राखेर प्रधानमन्त्री ओली मिर्गौला प्रत्यारोपणका लागि अस्पताल भर्ना भए। ओली अस्पतालबाट फर्किएलगत्तै कोरोना महामारीको संक्रमण फैलिएपछि उक्त विषयले प्रवेश पाएन। 

कोरोना संकटकै बीचमा प्रधानमन्त्री ओलीले दुईवटा अध्यादेश ल्याए। पार्टी फुटाउने र संवैधानिक आयोगमा प्रतिपक्ष दलको नेता नहुँदा पनि नियुक्ति गर्न सकिने ती अध्यादेशको विरोध भयो। पार्टीभित्रै र बाहिरको विरोधपछि खारेज भए। ओलीसँग असन्तुष्ट शीर्ष नेताहरुको सूचीमा गौतम पनि पुगे। प्रधानमन्त्री ओलीलाई पार्टी र सरकार दुवैको नेतृत्वबाट हटाउने लाइनमा उनी पुगे।

एउटा समूह आफूविरुद्ध यसरी लागेको महशुस गरेका प्रधानमन्त्री जुनसुकै हदसम्म पुग्ने गरी तयार भए। बहुमत सचिवालय सदस्य आफूसँग रहेको महशुस गरेको ‘प्रचण्ड–माधव’ समूहले वारपारको लडाइँ लड्ने तयारी गर्‍यो। यसले पार्टी फुटको संघारतर्फ डोरिएको महसुस नेकपा नेता कार्यकर्तालाई भयो। 

नेताहरुलाई अनेक तरिकाले दबाब दिने क्रममा गौतमलाई दोस्रो तहका केही नेताहरुले भेटे। प्रधानमन्त्री ओलीको राजीनामा माग्दा आउन सक्ने संकट टार्न गौतम बालुवाटार फर्किएका छन्। प्रधानमन्त्री बन्ने चाहनाका लागि प्रतिनिधिसभा सदस्य बनाउने उधारो सहमतिमा चित्त बुझाएका छन्। जुन गौतमका लागि त्यस्तो चेक हो, देखाउन काम लाग्न सक्छ तर नगद हुने सम्भावना छैन।

प्रकाशित मिति: सोमबार, वैशाख २२, २०७७  १८:५६
  • #ncp
  • #bamdev_gautam

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
कांग्रेस सहमहामन्त्रीमा जीवनबहादुर शाही निर्वाचित
ऊर्जा पूर्वाधारमा रुसको आक्रमण जारी रहेको जेलेन्स्कीको आरोप
विवादित अडियोपछि सुनारको प्रतिक्रिया : छानबिनमा सघाउँछु, अडियो बनावटी हो
सम्बन्धित सामग्री
कांग्रेस सहमहामन्त्रीमा जीवनबहादुर शाही निर्वाचित कर्णाली प्रदेश संसदीय दलका नेतासमेत रहेका शाहीले ३ हजार ९०६ मत प्राप्त गर्दै सहमहामन्त्री पद जितेका हुन्। मंगलबार, असोज २७, २०८३
संसदीय सुनुवाइमा नेपाली भाषामा बोल्न सभापतिको रूलिङ समिति बैठकको सुरुमै समिति सभापति बोधनारायण श्रेष्ठले सकेसम्म नेपाली भासामा बोल्न रुलिङ गरेका छन् । मंगलबार, असोज २७, २०८३
प्रदेशको खुट्टा बाँधेर दोष मात्रै लगाइन्छ : मुख्यमन्त्री पाण्डे विराटनगरमा आयोजित मुख्यमन्त्री सम्मेलनमा बोल्दै मुख्यमन्त्री पाण्डेले यस्तो बताएका हुन्। मंगलबार, असोज २७, २०८३
ताजा समाचारसबै
कांग्रेस सहमहामन्त्रीमा जीवनबहादुर शाही निर्वाचित मंगलबार, असोज २७, २०८३
ऊर्जा पूर्वाधारमा रुसको आक्रमण जारी रहेको जेलेन्स्कीको आरोप मंगलबार, असोज २७, २०८३
विवादित अडियोपछि सुनारको प्रतिक्रिया : छानबिनमा सघाउँछु, अडियो बनावटी हो मंगलबार, असोज २७, २०८३
संसदीय सुनुवाइमा नेपाली भाषामा बोल्न सभापतिको रूलिङ मंगलबार, असोज २७, २०८३
प्रदेशको खुट्टा बाँधेर दोष मात्रै लगाइन्छ : मुख्यमन्त्री पाण्डे मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
नेपाल कानुन आयोग संशोधन विधेयकमा परेका २३ वटै संशोधन प्रस्ताव सभामुखद्वारा अस्वीकृत सोमबार, असोज २६, २०८३
पूर्वसांसद डा. विजय पौडेलको निधन सोमबार, असोज २६, २०८३
काग्रे‌स महाधिवेशनस्थलवाट पक्राउ परेकी विनिता खड्कालाई थुनामुक्त गर्न अदालतको आदेश सोमबार, असोज २६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्