• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, भदौ २३, २०८३ Tue, Sep 8, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार
सम्पादकीय

अब पार्टीको अन्तर्विरोध छोड, कोरोना नियन्त्रण रणनीतिमा ध्यान देऊ

64x64
नेपाल लाइभ आइतबार, वैशाख २१, २०७७  १५:००
1140x725

विश्वभरका सरकार कोरोना भाइरस संक्रमणको जोखिम र लामो समय लकडाउनमा बस्दा आएको आर्थिक मन्दीको चुनौती सामना गर्ने योजनामा केन्द्रित हुँदा सत्ताधारी दल नेपाल कम्युनिस्ट पार्टीमा आन्तरिक कलह निस्कियो। 

प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिनुपर्ने तहसम्म पुगेर आ-आफ्नो गुटका सांसदहरुको हस्ताक्षर संकलनसम्म पुगेको अन्तर्विरोध शनिबारको सचिवालय बैठकले केही मत्थर बनाएको छ। तर टुंगिइसकेको छैन। यो बीचमा पुनः सचिवालय र स्थायी कमिटीको बैठक तोकिएको छ। यसले अझै केही साता सरकार सञ्चालनको जिम्मेवारी बोकेको दलका नेतृत्वदायीहरू आन्तरिक अन्तर्विरोध समाधानमै केन्द्रित हुने देखिन्छ।

सरकार चलाउने जिम्मेवारी बोकेको दलमा बढेको अन्तर्विरोधको प्रभाव सरकारमा पर्ने नै भयो। परिरहेको पनि छ। यो राजनीतिक उतारचढावले कोरोना भाइरसको संक्रमण रोकथामका लागि गरिएको लकडाउनका कारण अर्थतन्त्रमा परेको नकारात्मक प्रभाव न्यूनीकरण गर्ने विषयमा केन्द्रित हुनुको साटो दलमा लामो समयदेखि रहेको अन्तर्विरोधबाट उत्पन्न राजनीतिक कहरलाई न्यूनीकरणमा बढी केन्द्रित भए।

कोरोना संक्रमणको जोखिम कम गर्न केन्द्रित हुनुपर्ने मन्त्रीहरू आ-आफ्नो गुटको पक्षमा माहौल बनाउन खटिनुपर्‍यो। मुख्यमन्त्रीहरु आफ्नो क्षेत्रमा बढिरहेको कोरोना भाइरस संक्रमण रोकथामको नीतिगत निर्णयमा केन्द्रित हुन छाडेर संघीय राजधानी काठमाडौंमा बसेर आफ्नो गुट बलियो बनाउन खटिए। यसले कोरोना भाइरस संक्रमणको रोकथाम तथा न्यूनीकरण योजनामा भन्दा पार्टी संकट समाधानको रणनीति निर्माणमा सरकारमा रहेकाहरूको ध्यान जाने देखिन्छ।

राजनीतिमा जसरी उतारचढाव भइरहेको छ, कोरोना भाइरस संक्रमणमा पनि पनि उतारचढाव जारी छ। दोस्रो चरणमा प्रवेश गरेको कोरोना भाइरस संक्रमण तेस्रो चरणमा प्रवेश भएको छैन। तर नेकपाभित्रको विवाद सतहमा आउँदा तीसको संख्यामा रहेका संक्रमितको संख्या बढेर अहिले ५९ पुगिरहेको छ। 

सरकार निरन्तर लकडाउन लब्याउन केन्द्रित छ। एक साताका लागि भएको लकडाउन बढेर डेढ महिना पुगिसक्दा पनि खुकुलो हुने या प्रारम्भिक मोडलले नै निरन्तरता पाउने हो यकिन छैन। निरन्तर भइरहेको लकडाउनले कोरोना भाइरस संक्रमणको फैलावटको जोखिम कम गरेको त छ। तर लकडाउन लम्बिँदा सरकारदेखि सामान्य नागरिकसम्मको दैनिक जवजीवन कष्टपूर्ण अवस्थाबाट गुज्रिरहेको छ। 

अलपत्र परेका केही मानिस लकडाउन उल्लंघन गरेरै भएपनि आफ्नो थातथलोमा फर्किए। अझै ठूलो समूह अलपत्र नै छ। दैनिक ज्यालादारी नगरी हातमुख जोर्न हम्मे पर्ने मजदुर वर्गको भान्छा रित्तो भइसकेको छ। नयाँ शैक्षिक सत्रको मुखैमा लाखौं विद्यार्थी घरमै अन्यौलमा छन्।

नेपालमा आत्तिहाल्नुपर्ने अवस्थामा कोरोना संक्रमण पुगेको छैन। तर हामी अझै ढुक्क हुन सक्ने अवस्थामा पनि छैनौँ। खुल्ला सीमा र सहज आवतजावत हुन सक्ने छिमेकी मुलुक भारतमा कोरोना भाइरस संक्रमण उच्च गतिमा फैलिइरहेको छ। आइतबारसम्ममा कोरोना संक्रमितको संख्या ४० हजार हाराहारी पुगिसकेको छ। एक हजार तीन सयभन्दा बढीको मृत्यु भइसकेको छ। यो हाम्रो लागि समेत चुनौतीपूर्ण अवस्था हो नै।

Ncell 2
Ncell 2
nimb
nimb

विश्वका अन्य देशले कोरोना भाइरस संक्रमण नियन्त्रणमा अपनाएको उपायले देखाउँछ यसको प्रभावकारी उपाय केवल लकडाउन मात्रै होइन। परीक्षणको गति, स्वास्थ्य सामग्री र स्वास्थ्य उपकरणको सहजताले समेत उत्तिकै महत्व छ।

कोरोना भाइरस संक्रमण नियन्त्रणमा नेपालमा लकडाउन लम्ब्याउने बाहेक अन्य क्षेत्रमा प्रभावकारी तयारी हुन सकेको छैन। परीक्षणको गति अहिले पनि निक्कै सुस्त छ। स्वास्थ्य सामग्रीको खरिदमा भएको अनियमितताको खुलासासँगै यसले प्रभावकारी संस्थागत संरचनाको आकार लिन सकेको छैन। सम्भावित खतराको सामना गर्न स्वास्थ्य संस्थामा हुनुपर्ने तयारी कोरोना भाइरस संक्रमण अगाडि जस्तो थियो अहिले पनि त्यस्तै छ।

स्वेदेशमै लकडाउनले अलपत्र परेका नागरिकको उद्धार हुन सकेको छैन। विदेशमा रहेका नेपालीहरुको अवस्था उस्तै जोखिमपूर्ण छ। कोरोना संक्रमणबाट विभिन्न देशमा रहेका ७३ नेपालीको मृत्यु भइसकेको छ। पाँच हजारभन्दा बढी नेपाली संक्रमित भएको अनौपचारिक तथ्यांक बाहिरिइसकेको छ।

विदेशमा अलपत्र परेका नागरिकहरुलाई कसरी सुरिक्षत राख्ने, उनीहरूको समस्या समाधान कसरी गर्ने, स्वेदश फर्कन चाहनेलाई कसरी ल्याउने भन्ने महत्वपूर्ण पक्षमा प्रभावकारी छलफल र रणनीति बनाउने काम हुनै सकेको छैन। बजेट सत्र मुखैमा आइसकेको छ। जोखिम कम गर्दै लकडाउनले ठप्प भएको दैनिक र आर्थिक गतिविधिलाई चलायमान गराउन ढिला भइसकेको छ।

यी चुनौतीको सामना गर्न सत्ताधारी दलमा भइरहेको विवाद अन्त्य हुन आवश्यक छ। जबसम्म नेकपाभित्र अन्तर्विरोध रहिरहन्छ सरकारमा रहेकाहरुको ध्यान कोरोना भाइरसको संक्रमण रोकथाम र जोखिम न्यूनीकरणको सट्टा पार्टीमा बढिरहेको ध्रुवीकरणको रोकथाम र जोखिम न्यूनीकरणमै खर्च हुने निश्चत छ। त्यसैले व्यतिगत नाफाघाटाका लागि शुरु भएको नेकपाभित्रकै अन्तर संघर्ष एकबिन्दुमा पुगेकाले त्यसलाई थाती राखेर अब सामूहिक हितका लागि कोरोना भाइरस संक्रमणका कारण बढिरहेको जोखिमको र यसले ल्याएको र ल्याउन सक्ने जोखिमको सहज व्यवस्थापनमा ध्यान केन्द्रित गर्न आवश्यक छ।

प्रकाशित मिति: आइतबार, वैशाख २१, २०७७  १५:००
  • #Novel Corona Virus
  • #सरकार

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
प्रधानमन्त्री राहत कोषमा पौने १२ अर्ब
कास्कीको किम्रुङ खोला पहिरोले थुनियो
क्षणभरमै सत्ता खरानी हुन सक्छ भन्ने जेन्जी विद्रोहको सन्देश नभुलौँ
सम्बन्धित सामग्री
क्षणभरमै सत्ता खरानी हुन सक्छ भन्ने जेन्जी विद्रोहको सन्देश नभुलौँ यो एक वर्षमा सत्ताको स्वरूप बदलियो। पुराना राजनीतिक दलको आन्तरिक लोकतन्त्रको विषय निकै पेचिलो बन्यो। नेपाली कांग्रेसमा नयाँ पुस्ताको... मंगलबार, भदौ २३, २०८३
जेनजी आन्दोलनको एक वर्ष : परिवर्तन भयो त? युवाहरूको त्यो असन्तुष्टि आन्दोलनमा बदलियो। सडकमा नाराबाजी भयो, प्रदर्शन भए, तनाव सिर्जना भयो र राज्य संयन्त्रमाथि नै गम्भीर प्रश्न... मंगलबार, भदौ २३, २०८३
विपत्तिमा राजनीति होइन, उदार नीति प्रदर्शन गरौं भाद्र १७ गते संसद्मा देखिएको दृश्यले मन भारी बनायो। देशका नागरिक विपत्तिको पीडामा छन्। कतै घर उजाडिएका छन्, कतै परिवार विखण्डित भएका... शनिबार, भदौ २०, २०८३
ताजा समाचारसबै
प्रधानमन्त्री राहत कोषमा पौने १२ अर्ब मंगलबार, भदौ २३, २०८३
कास्कीको किम्रुङ खोला पहिरोले थुनियो मंगलबार, भदौ २३, २०८३
क्षणभरमै सत्ता खरानी हुन सक्छ भन्ने जेन्जी विद्रोहको सन्देश नभुलौँ मंगलबार, भदौ २३, २०८३
रसुवा बाढीपीडितका लागि भायानेटको २० लाख सहयोग मंगलबार, भदौ २३, २०८३
रसुवा–भोटेकोशी बाढीपीडितलाई फरवार्ड माइक्रोफाइनान्सको ३० लाख सहयोग मंगलबार, भदौ २३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
कालिका मन्दिरका अध्यक्षले अर्थमन्त्रीलाई दिए साट्न नमिल्ने चेक, रास्वपा सांसद सुशील खड्काले गरेका थिए पहल सोमबार, भदौ २२, २०८३
कुशको प्रतिमा बनाएर अन्त्येष्टिपछि बेपत्ता व्यक्ति जीवित भेटिए के हुन्छ ? मंगलबार, भदौ २३, २०८३
नेपाल लाइभको समाचारमा रास्वपाको स्पष्टीकरण– ‘रास्वपाले समाचार बुलेटिन चलाएको होइन, सूचना प्रसार गरेको हो’ सोमबार, भदौ २२, २०८३
कांग्रेस मिलाउन गगन देउवा पक्षको माग पूरा गर्न तयार छन् ? सोमबार, भदौ २२, २०८३
भोटेकोशी बाढी प्रभावित क्षेत्रको अनुगमनपछि मानव अधिकार आयोगले औंल्यायो त्रुटि नै त्रुटि सोमबार, भदौ २२, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
क्षणभरमै सत्ता खरानी हुन सक्छ भन्ने जेन्जी विद्रोहको सन्देश नभुलौँ नेपाल लाइभ
जेनजी आन्दोलनको एक वर्ष : परिवर्तन भयो त? नेपाल लाइभ
विपत्तिमा राजनीति होइन, उदार नीति प्रदर्शन गरौं डा.रुद्रनाथ अधिकारी
बाढीपछि पुनर्स्थापना : राहतबाट आत्मनिर्भरतातर्फको बाटो नरेन्द्र कटुवाल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
दुई आईजीपीबीच किन भयो बोलचाल बन्द ? बिहीबार, भदौ १८, २०८३
तत्कालीन निमित्त कार्यालय प्रमुखसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर मंगलबार, भदौ १६, २०८३
भोटेकोशी बाढी सम्बन्धी प्रधानमन्त्रीको हरेक पोष्टमा ५० प्रतिशत एआई कन्टेन्ट ? मंगलबार, भदौ १६, २०८३
गणतन्त्रपछि पहिलोपटक मन्त्रालयमा झुण्ड्याइयो पूर्वराजाको तस्बिर आइतबार, भदौ २१, २०८३
मुटुको शल्यक्रिया गर्ने औजारमा बदमासी गर्ने बायोमेड कालोसूचीमा बुधबार, भदौ १७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्