भैरहवा- सिद्धार्थनगर उद्योग वाणिज्य संघ, रुपन्देहीले जिल्ला प्रहरी कार्यालय रुपन्देहीलाई २० सेट पिपिई प्रदान गरेको छ। बिहीबार प्रहरी उपरीक्षक एसपी हेम कुमार थापालाई उक्त पीपीई सेट हस्तान्तरण गरिएको संघका कार्यकारी सचिव आनन्द खनालले बताए।
विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को संक्रमणलाई आफ्नो राष्ट्रमा फैलिन नदिन तथा संक्रमणको अत्यन्त जोखिममा पनि अग्र भागमा शान्ति सुरक्षा प्रदान गरिरहेका सुरक्षाकर्मीहरुको लागि पिपिई उपलब्ध गराइएको संघका अध्यक्ष कुल प्रसाद न्यौपानेले बताए।
'सुरक्षाकर्मीहरुलाई सम्मान गर्दै उहाँहरुको सुरक्षालाई दृष्टीगत गगरी सामाजिक उत्तरदायित्वलाई मनन गरेर पिपिई सेट उपलब्ध गराउने निर्णय भएअनुसार सहयोग गरेका हौं,' न्यौपानेले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।