काठमाडौं- कतारी शेख अमीर तमीम बिन हमाद अल–थानीले नेपाललाई सहयोग स्वरुप प्रदान गरेको ८ टन कोभिड–१९ को उपचारमा प्रयोग हुने मेडिकल सामाग्री नेपाल आइपुगेकाे छ।
कतार एयरवेजको विमानबाट बुधबार दिउँसो ती समाग्री काठमाडौं आइपुगेको हाे। नेपाल आएकाे सामानमा पिपिई ७ हजार, पिसिआर टेस्ट किट, एन-९५ मास्क, भिटिएम, सीआरआरटी मेसिन, सर्जिकल ग्लब्स, अक्सिजन प्लान्ट, प्रयोगशालायुक्त मोबाइल एम्बुलेन्स लगायतका १४ प्रकारका सामान रहेकाे विमानस्थल भन्सार कार्यलयले जानकारी दिएको छ।
यसैबीच बुधबार दिउँसो ५ बजे युएइले पनि नेपाल सरकारलाई स्वास्थ्य सामाग्री उपलब्ध १२ टन सामाग्री इतिहाद एयरवेजमार्फत् नेपाल आइपुगेकाे छ। यसअघि चीन र भारतले पनि नेपाललाई मेडिकल सामग्री सहयोग गरेका थिए।


नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।