काठमाडौं- सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाले जनप्रतिनिधिहरुको १ महिनाको पारिश्रमिक कोरोना राहत कोषमा दिने निर्णय गरेको छ।
त्यस्तै गाउँपालिकाले महामारीको अवधिमा किसानलाई बिउ खरिद गरेर ढुवानी खर्च व्यहोरेर कृषि सहकारी मार्फत वितरण गर्ने निर्णय पनि गरेको छ। जस कारण बजार भाउभन्दा प्रतिबोरा ४ सय ५० रूपैयाँ सस्तोमा किसानले मल पाउने, २७ लाख किसानको खर्च जोगिने भएको छ।
गाउँपालिकाभित्रका सबै दीर्घरोगीहरूलाई निःशुल्कऔषधी वितरण गरिरहेको छ। लकडाउनले औषधी अभावमा बसेकालाई लगत संकलन गरेर सबै दीर्घरोगीले खाने औषधी दिएको गाउँपालिका अध्यक्ष निमाग्याल्जेन शेर्पाले बताए।
लकडाउनका कारण १ महिनादेखि राजधानीमा अलपत्र परेर बसेकालाई सबै वडाबाट निशुल्क बसको व्यवस्था गरी गाउँ फर्काइएको थियो।
सुत्केरी र गम्भीर बिरामीलाई निःशुल्क एम्बुलेन्स व्यवस्था गाउँपालिकाले गरेको थियो। गाउँबाट राजधानी जानुपर्ने बिरामीलाइ ३ हजारमै एम्बुलेन्स व्यवस्था गरिएको थियो।
गाउँमै निःशुल्क प्रसुति कक्षको व्यवस्था र प्रसुति हुदाँ सरकाले दिने ३ हजार भत्तामा गाउँपालिकाबाट थप ३ हजार गरी ६ हजार भत्ता दिने निर्णय गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।