• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज २३, २०८३ Fri, Oct 9, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कृषि

कृषि क्षेत्र सुधार गर्न चेम्बरको २१ बुँदे सुझाव, मन्त्रीले भने- बजेटबाट सम्बोधन गर्छौं

64x64
नेपाल लाइभ बुधबार, वैशाख १७, २०७७  १७:११
1140x725

काठमाडौं- कोरोना भाइरसको महामारी फैलन नदिन सरकारले गरेको लकडानका कारण कृषि क्षेत्रमा समेत प्रतिकूल असर परेको भन्दै सुधारका कदम चाल्न नेपाल चेम्बर अफ कमर्शले सुझाव दिएको छ। कृषि तथा पशुपन्छीमन्त्री घनश्याम भुसाललाई बुझाइएको २१ बुँदे सुझावमा ग्रामीण अर्थतन्त्र बलियो र क्रियाशील बनाउन आवश्यक रहेको उल्लेख गरिएको छ। 

मन्त्री भुसालले नेपाल चेम्बरले प्रस्तुत गरेको सुझाव ग्रहण गर्दै बजेटका माध्यमबाट पूरा गर्ने बताए। 'आउने दिनमा कृषि क्षेत्रमा सबै व्यवसायी मिलेर लागेर यसको उत्थान गर्नुपर्छ,' उनले भने चेम्बरले प्रस्तुत गरेका सबै सुझावलाई समय सान्दर्भिक छन्। बजेटबाट यो क्षेत्रका विषय समेट्नेछौं।'

 

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) को प्रकोप नियन्त्रण गर्न लागू भएको ‘लकडाउन’ले नेपालको कृषि क्षेत्रमा गम्भीर र दूरगामी असर पारेको छ। लकडाउनले गर्दा यस क्षेत्र प्रभावित हुँदा आउँदो वर्ष झनै परनिर्भर हुनुपर्ने हो कि भन्ने चिन्ता पनि उत्तिकै रहेका बेला कोरोना प्रकोपले कृषि क्षेत्रमा स्वावलम्बी हुने अवसर प्रदान गरेको सुझावमा भनिएको छ। 

यी हुन् चेम्बरका २१ सुझाव
१. ग्रामीण अर्थतन्त्रलाई क्रियाशील बनाउन कोरोनाका कारण वैदेशिक रोजगारी गुमाएका नेपाली नागरिकलाई स्वदेशमै स्वरोजगारको वातावरण तथा रोजगारीको अवसर उपलब्ध गराउने । कृषि, बनजन्य जडीवुटीजन्य र उद्यमशीलताको विकास गर्ने तथाउत्पादित वस्तुको सुनिश्चित बजारीकरणका लागि निजी क्षेत्र र स्थानीय सरकारबीच सहकार्यको नीतिगत व्यवस्था हुनुपर्छ । सरकारले बिदेशबाट श्रम, सीप सिकेर फर्केका युवाहरुलाई कृषिमा आकर्षित गर्ने नीति अख्तियार गर्नु जरुरी छ । यसरी कृषि प्रणालीलाई नयाँ तवरले बिचार गर्यौ भने हामीले लिएको लक्ष्य पूरा गर्न सक्छौं । कृषिमा देशलाई आत्मनिर्भर गराइ कुल गार्हस्थ्य उत्पादनमा वृद्धि गरी अर्थतन्त्र सबल बनाउन सक्छौं ।

२. नेपालमा उत्पादन हुने प्रमुख खाद्यान्न बाली धान, गहुँ, मकै र अन्य रैथाने बाली, तरकारी बाली, फलफूल लगायत विभिन्न क्षेत्रको विद्यमान उत्पादनको अवस्था र पाँचव र्षको लक्ष्य छुट्टा छुट्टै रूपमा निर्धारण गरिनुपर्छ ।

३. लक डाउनका कारण कृषि क्षेत्र अति प्रभाबित भएको छ । मलहरु ढुवानी हुन नसकेकोले किसानहरुले मल पाउन सकेका छैनन । कुखुरा पालन,पशुपालन तथा माछा पालनको लागि दाना पाएका छैनन । उत्पादित वस्तुहरुको बजारीकरण हुन सकेको छैन । यसका लागि बिशेष सहजीकरण हुनु पर्ने ।

४. कृषिमा एकीकृत तथ्यांकको अभाव छ । तथ्यांकको लागि राष्ट्रिय स्तरको सूचना व्यवस्थापन प्रणालीको ग्रीड गराइनु पर्दछ । कृषि क्षेत्रको उत्पादन र उत्पादकत्व बढाउनको लागि, कृषिको आधुनिकीकरण, सामूहीकीकरण, व्यावसायीकरण, यान्त्रिकीकरण र बजारीकरण र अनुसन्धानको क्षेत्रमा नवीनतम कार्यका लागि मन्त्रालयले नेतृत्व लिनुपर्छ ।

Ncell 2
Ncell 2
nimb
nimb

५. वैदेशिक रोजगारीबाट कोरोना प्रकोपका कारण नेपाल फर्किएका श्रमिकहरुको लागि नेपालमै स्वरोजगारका अवसर सृजनागर्न सहुलियत ऋणको व्यवस्था गरिनु पर्ने । वैदेशिक रोजगारीबाट कति फर्किए तथा फर्किएकाहरु मध्ये कृषि क्षेत्रमा कति आवद्ध भए सोको तथ्यांक तयार गर्नु पर्ने । वैदेशिक रोजगारीमा सिकेका सीपहरुलाइ व्यवसायीक उपयोग गर्न उद्यमशील तालीम दिने तथा ऋणमा सहज पहुंच वढाउन अतिआवश्यक भएकोले यस पटकको बजेटमा यस बिषयलाइ प्राथमिकता दिइ सम्वोधन गरिनु पर्ने ।

६. नेपालका तुलनात्मक लाभ भएका कृषिजन्य उत्पादनहरु अधिकांश रुपमा अप्रशोधित तथा अर्धप्रशोधित रुपमा निकासी भईरहेकाले ती बस्तुहरु स्वदेशमा नै प्रशोधनहुने व्यवस्थाको लागि उपयुक्त वाताबरण बनाईनु पर्ने ।

७. नेपालमा कृषिको व्यवसायीकरणको लागि निजी क्षेत्रको लगानी आकर्षण हुने बिभिन्न कार्यक्रमहरु तर्जुमा गरिनु पर्ने । कृषि उद्यमगर्न चाहनेलाई जग्गा उपलब्ध गराइनुपर्ने । कृषि बजार प्रर्वद्धन र पूर्वाधार बिकासमा सार्वजनिक निजी साझेदारीमा जोड दिनु पर्ने साथै सहकारी र करार खेतीलाई प्रोत्साहित गरिनु पर्ने ।

८. हरेक स्थानीय तहमा ठूला कृषि फार्महरूको सम्भाव्यता अध्ययन र माटो गुणस्तर परीक्षण गरी नमूना सामुहिक कृषि फार्महरूको विकास गरिनुपर्दछ । कम्तीमा एउटा वस्तीका २५ देखि ५० किसान परिवारको सँगसँगै रहेको कम्तीमा १००–२०० रोपनी जग्गालाई सामुहीकरण गरी सहकारी मोडेल वाकम्पनी मोडेलमा लिइनु पर्दछ । यस्तो फार्ममा एउटा मात्र बाली वा तरकारी खेती गर्नुपर्छ । यस्तै, जग्गाधनीले खेती नगर्दासम्म बाँझो जग्गामा सँधियारले स्वाभाविक रुपमा नगदे बाली, खेती गर्नसक्ने अधिकारको नियम कानुन ल्याउने । बाँझो जग्गा आधुनिक कृषि गर्न चाहने उद्यमी व्यवसायीलाई निश्चित अवधिका लागि लिजमा दिन सकिने कानुनी व्यवस्था गर्ने ।

Xtrem

Xtrem

९. अर्गानिक बस्तुको उत्पादनम ाजोड दिई उपयुक्त क्षेत्रलाई बिषादी रहित क्षेत्रको रुपमा घोषणा गरिनु पर्ने । ग्रामीण पर्यटन र अर्गानिक खेतीमा हाल लोक प्रिय हुंदै गइ रहेको होम स्टेको माध्यमबाट आन्तरिक पर्यटकहरुलाइ अर्गानिक कृषि उत्पादन प्रवद्र्धन गर्ने । यसमा अर्गानिक कृषिहोम स्टे अवधारणा बिकास गरी आन्तरिक पर्यटनको माध्यमबाट अर्गानिक कृषिजन्य उत्पादनमा जोड दिने । अर्गानिक कृषि होम स्टेको अवधारणा लागू हुनुपर्ने, पर्यटकलाई अर्गानिक खाना सहित मौलिक बसोबासको व्यवस्था गरिनु पर्ने ।

१०. क्वारेन्टाईनको समस्या समाधान गर्न अन्तर्राष्ट्रिय स्तरको प्रयोगशाला स्थापना गरिनु पर्ने । आयात तथा निर्यात सम्वन्धी बन, कृषि, पशु तथा खाद्य सम्वन्धी क्वारान्टाइन सुबिधा एकै थलोबाट गरिने व्यवस्था हुनु पर्ने ।

११. कृषि ऋणका लागि धितो मूल्यांकन विधि सहज र सरल गरी सहजता प्रदान हुनु पर्ने र ब्याज अनुदानको ऋण प्रवाहमा छिटो छरितो र सरलीकृत व्यवस्था हुनु पर्ने ।

१२.कृषि क्षेत्रको लागिमल, बीउ तथा विषादीको सहज उपलब्धता तथा सिँचाइको समुचित व्यवस्था हुनुपर्छ ।

१३. सम्भावित आपूर्ति व्यवस्थालाइ दृष्टिगत गर्दै खाद्यान्नमा आत्मनिर्भर हुन खेतीयोग्य जमिन बाँझो राख्न नपाउने कानुनी व्यवस्था गरिनुपर्ने, बाँझो जग्गा आधुनिक कृषि गर्न चाहने उद्यमी व्यवसायीलाई निश्चित अवधिका लागि लिजमा दिन सकिने कानुनी व्यवस्था गर्ने ।

१४. खडेरी, असिना जस्ता मौसममा आएको प्रतिकुलता , रोगव्याधी, बांदर किरा आदि बाट हुने जोखिम तथा न्युन गुणस्तरको बिउबिजनका कारण खाद्यान्न, फलफूल तथा तरकारीको उत्पादनमा नै नोक्सानी पुर्याइ रहेको छ । यसबाट कतिपय किसानको लगानी बर्षेनी खेर गइ रहेको पाइन्छ । यसबाट कृषि पेशाप्रति उदासिनता वढदै गएको छ । नेपालको कृषि क्षेत्र अधिकांश निर्वाहमुखी रहेको र लगानीको सुनिश्चिता नभएकोेले कृषि क्षेत्रमा व्यवसायीक बातावरण सृजना गर्न सम्पूर्ण खेती प्रणाली र पशु धनमा प्रचलित मूल्यमा अनिवार्य बिमाको व्यवस्था गर्नुका साथै किसानहरूको सामाजिक सुरक्षालाई ध्यानमा राखिनुपर्छ र्। ।

१५.किसानहरुको लगानीको उचित प्रतिफल दिन तथा उत्पादनलाइ संरक्षण गर्न फलफूल माछा मासुका लागि सातै प्रदेशमा शित भण्डारको व्यवस्था गरिनु पर्ने । यसका लागि स्थानीय सहकारी वा सार्वजनिक निजी साझेदारीको माध्यमबाट शीत भण्डारको निर्माण तथा व्यवस्थापन गरिएमा शीत भण्डारको दीगो उपयोग हुन जानेछ ।

१६. कृषिसँग सम्बन्धित प्रा.लि. खोलेर गरिएको कृषि उत्पादन तथा व्यवसायमा आयकर आवधिक रुपमा छुटको व्यवस्था हुनुपर्ने, कृषि सहकारी र समुहले मात्र मलखाद र अन्य शिर्षकमा पाएको अनुदान तथा सुविधा कृषि प्रालिले पनिपाउने ।

१७. बिउ बिजन, बिषादी, औषधीको व्यवसाय गर्ने नीति जवाफदेही र जिम्मेवारी तथा क्षतिपुर्ति दिने व्यवस्था तत्काल कार्यान्वयन हुनु पर्नेे ।

१८. कृषिमा यान्त्रिकरण ल्याउन सकिएमा मात्र व्यवसायमुखी कृषिको बिकास हुन्छ । परम्परागत ढंगले गरिएको कृषि प्रतिस्पद्र्धी हुन सक्दैन । कृषिमा ल्याएको यान्त्रीकीकरणले इजराइल जस्ता मुलुकले कृषि क्षेत्रमा ठूलो फडको लिएको उदाहरणहरु छन ।

१९. बजारको व्यवस्थापन, कृषि बजारमा बिचौलियाको प्रवाह कम गर्नका लागि किसान र व्यवसायिको प्रत्यक्ष संलग्नता हुने गरी हरेक स्थानीय तहमा एउटा अत्याधुनिक कृषिबजार एग्रोभेट÷संकलन घर÷शित भण्डार सहितको केन्द्र निर्माण गर्नुपर्नेे । मूल्य अभिवृद्धिका कार्यक्रम तय गर्ने । यसका लागि बजार पुग्न नसकेका बजारको मागभन्दा बढी उत्पादन भएका कृषिजन्य उत्पादनलाई प्रशोधन गर्नुपर्ने ।

२०. किसानहरूले खेतीबाली लगाउनु पुर्व कुनदिन, कुन समयमा लगाउँ भनेर विज्ञहरूलाई सोध्ने प्रणालीको विकास गरिनुपर्ने । यस्ता विकास गरिएका सामुहिक फार्महरूले उत्पादन गरेका उपजहरूमा ग्रेडिङ, व्रान्डिङ, प्याकेजिङ पनि सोही फार्ममा गरी प्राविधिकले बजार जानुपूर्व गुणस्तर र केमिकल परीक्षण गरी पठाउने प्रणालीको नीति विधि अवलम्वन गरिनु पर्ने ।

२१. इजराइलबाट वर्षेनी ५००को हाराहारीमा कृषि सम्वन्धी तालीम लिएर नेपाल फर्किएकाको तालीम प्राप्त जनशक्तिहरु कुनकुन स्थानमा कृषि व्यवसायमा आवद्ध भएका छन सोको अनुगमन गरी तिनीहरुलाइ पनि ग्रामीण कृषिमा परिचालन गरिनु पर्ने ।

अन्तमा, कूल गार्हस्थ्य उत्पादनमा महत्वपूर्ण योगदान रहेको कृषि क्षेत्र माननीय मन्त्रीको नेतृत्वमा छ । यहांको कार्यकालमा नेपालको कृषि क्षेत्रलाइ थप टेवा प्राप्त हुने हामीले बिश्वास लिएका छौ । साथै कृषि, नेपालको भू बनौटको दृष्टिले अथाह संभावना भएको क्षेत्र हो । योजनावद्ध आर्थिक बिकासको सुरुवात भएको ६० वर्ष भन्दा वढि अवधि कृषिलाइ प्राथमिकता दिइएकोे भएता पनि हामीले अपेक्षित रुपले सफलता हाशिल गर्न सकेका छैनौ । हरेक चुनौतिले अवसर पनि ल्याएको हुन्छ । यो संकटलाइ अवसरमा वदल्ने समय आएको छ । यस्को लागि राजनीतिक, प्रशासनिक, सरकारी तथा निजी क्षेत्र लगायत आम नागरिकले जिम्मेवारीको वोध गरी आआफ्ना तहबाट उद्धेश्य मूलक ढंगले निष्पक्षता र दीर्घकालीन सोच सहित प्रतिवद्ध भएमा यस बिषम परिस्थितिलाइ अवश्य निराकरण गर्ने छौं ।

प्रकाशित मिति: बुधबार, वैशाख १७, २०७७  १७:११

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
जडीबुटी खोज्न मिमी पाटन गएका दुई जनाको शव भेटियो, गमगढि ल्याउँदै
कांग्रेस महाधिवेशनमा मतदान सुरु, ७७ वर्षीय शिवाकोटीले गरे पहिलो मतदान
शिक्षकलाई सवारी किन्न सरकारले ब्याज तिरिदिने, मावि प्रथमलाई ५० लाख र द्वितीयलाई ४० लाखसम्म
सम्बन्धित सामग्री
अध्ययन बिदा दुरुपयोगबारे कृषि तथा वन विज्ञान विश्वविद्यालयमा छानबिन समिति विश्वविद्यालयका रजिस्ट्रार प्रा. डा. सुवीर सिंहले जारी गरेको पत्रअनुसार शिक्षा तथा खेलकुद मन्त्रालय र विश्वविद्यालय अनुदान आयोगबाट प... मंगलबार, असोज १३, २०८३
यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य समितिका अनुसार ठूलो नेपाली गोलभेडा प्रतिकेजी ७० रुपैयाँ, भारतीय ठूलो गोलभेडा ७० रुपैयाँ र सानो (टनेल) गोलभेडा ४२ रुपैयाँमा कारोबार भ... शुक्रबार, असोज २, २०८३
कर्णालीमा खेती गरिएको ६९ प्रतिशत जमिन सिँचाइविहीन कर्णाली प्रदेशमा खेती भइरहेको एक लाख ३० हजार ७३१ हेक्टर जमिनमध्ये ९० हजार २०४ हेक्टर अर्थात् करिब ६९ प्रतिशतमा सिँचाइ सुविधा पुगेको... बिहीबार, असोज १, २०८३
ताजा समाचारसबै
जडीबुटी खोज्न मिमी पाटन गएका दुई जनाको शव भेटियो, गमगढि ल्याउँदै शुक्रबार, असोज २३, २०८३
कांग्रेस महाधिवेशनमा मतदान सुरु, ७७ वर्षीय शिवाकोटीले गरे पहिलो मतदान शुक्रबार, असोज २३, २०८३
शिक्षकलाई सवारी किन्न सरकारले ब्याज तिरिदिने, मावि प्रथमलाई ५० लाख र द्वितीयलाई ४० लाखसम्म शुक्रबार, असोज २३, २०८३
गगनले मतदातालाई भने– मेरो नाम जोडिएका उम्मेदवारको सूचीबाट भ्रममा नपरौं शुक्रबार, असोज २३, २०८३
मध्यावधि चुनावअघि इरानमाथि आक्रमण नगर्ने ट्रम्पको घोषणा शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
३० जनालाई उम्मेदवारी फिर्ता लिन आग्रह गर्दै थापाले भने– समय अझै बाँकी छ बिहीबार, असोज २२, २०८३
नेपालको फिफा वरीयता एक स्थान खस्कियो बिहीबार, असोज २२, २०८३
बलिउडमा एक युगको अन्त्य : पाटेकरको निधनमा सहकलाकार शोकमा बिहीबार, असोज २२, २०८३
देशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह शुक्रबार, असोज २३, २०८३
मध्यपूर्व युद्धपछि इरानमा विदेशी वायुसेवाको उडान पुनः सुरु बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
गगन बने कांग्रेसकाे सर्वसम्मत सभापति, घोषणा बाँकी बुधबार, असोज २१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्