• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज ६, २०८३ Tue, Sep 22, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

स्पेनिस फ्लु : विश्वले बिर्सिएको एउटा महामारी

केही अमेरिकी सहरले त्यतिखेर पनि लागू गरेका थिए लकडाउन र सामाजिक दुरी 
फर्नान्डो दुआर्ते बिहीबार, वैशाख १८, २०७७  १४:००
1140x725

एजेन्सी–सन् १९१८ देखि १९२० को बीचको विश्वमा एक यस्तो फ्लु फैलियो, जसले विश्वकै एक तिहाई जनसंख्या संक्रमित बनायो। जतिखेर यो समाप्त भयो, त्यतिन्जेलसम्म २ देखि ५ करोड मानिस यसको शिकार भइसकेका थिए। यो महामारीबाट निस्कँदा विश्व कस्तो थियो? अहिले कोरोनापछि विश्व कस्तो हुनेछ भनेर त्यो महामारीले केही संकेत गरेको थियो? 

२० औं शताब्दिमा फैलिएको यस खतरनाक महामारीलाई ‘मदर अफ अल पेन्डेमिक्स’ अर्थात् सबैभन्दा ठूलो महामारी मानिएको छ। यस महामारीमा परी मात्र दुई वर्षमा २ देखि पाँच करोडसम्म मानिसले ज्यान गुमाएका थिए। वैज्ञानिक र इतिहासकारहरुका अनुसार तत्कालीन समयमा विश्वको जनसंख्या १.८ अर्ब थियो। कुल जनसंख्याको एक तिहाई हिस्सा यस संक्रमणको चपेटामा परेको थियो। त्यतिखेर भर्खरैमात्र समाप्त भएको विश्वयुद्धभन्दा यस महामारीमा धेरै मानिसले ज्यान गुमाएका थिए। 

१९२१ : बदलिएको संसार


पछिल्लो १०० वर्षमा विश्वमा धेरै परिर्वतन भइसकेको छ। अहिलेको विश्वमा रोगविरुद्ध लड्न औषधि, विज्ञान सबैथोक छ‚ तर तत्कालीन समयमा सीमितमात्र विकल्प मानिससँग थिए। ‘स्पेनिस फ्लु’ एक माइक्रोअर्गानिज्म भएको भनेर त्यतिखेर चिकित्सकहरुले पत्ता लगाएका थिए। एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्न सक्ने कुरा पनि उनीहरुलाई थाहा थियो। त्यतिन्जेलसम्म उनीहरु भाइरस नभएर ब्याक्टेरियाका कारण महामारी फैलिएको ठान्थे। उक्त समयमा उपचार सीमित थियो। एन्टीबायोटिकको समेत विकास भएको थिएन। १९२८मा मात्र यो विकास भएको थियो। 

फ्लुको भ्याक्सिन १९४०मा मात्र मानिसहरुका लागि उपलव्ध भएको थियो। धनी देशहरुमा पनि सार्वजनिक सरसफाई एक सोखमात्र थियो। 

विज्ञान लेखिका एवं ‘पोल राइडर : द स्पेनिश फ्लु अफ १९१८ एन्ड हाउ इट चेन्ज द वर्ल्ड’ की लेखिका लारा स्पिनी तत्कालीन समयमा औषधि र अस्पताल अभाव भएको बताउँछिन्। औद्योगिक देशमा चिकित्सकहरु धेरैजसो कि त आफ्ना लागि काम गर्थे, कि निजी वा धार्मिक संस्थाबाट पैसा पाउँथे। अधिकांश मानिसले उपचार सुविधान पाउदैनथे। 

युवा र गरिब बढी प्रभावित 

Ncell 2
Ncell 2
nimb
nimb

स्पेनिस फ्लुको महामारीअघि १८८९–९०मा अर्को महामारी फैलिएको थियो, जसका कारण १० लाखभन्दा धेरै मानिसले ज्यान गुमाएका थिए। तर यसको दायरा स्पेनिस फ्लुको भन्दा कम थियो। स्पेनिस फ्लुबाट मर्नेहरु धेरैजसो २० देखि ४० वर्षका मानिस थिए। पुरुषहरुमा यसको धेरै असर परेको थियो। सुरुवात सैनिक क्याम्पबाट सुरु भएको थियो।

पहिलो विश्वयुद्धबाट फर्केका सेनाहरुबाट यो फैलिएको थियो। महामारीको असर गरिब देशहरुमा धेरै पर्‍यो। । हार्भर्ड विश्वविद्यालयका अनुसन्धानकर्ता फ्यांक ब्यारोले २०२० मा आफ्नो एक अध्ययनमा अमेरिकामा यो महामारीका कारण कुल जनसंख्याको ०।५ प्रतिशतले ज्यान गुमाएको जनाएका छन्। भारतमा पनि यसको ठूलो असर परेको थियो।

भारतमा स्पेनिस फ्लुका कारण  ५.२ प्रतिशत अर्थात् करिब १‍.७ करोड मानिस यसबाट प्रभावित भएका थिए। ‘प्यान्डेमिक १९१८’ की लेखिका क्याथरिन आर्नोल्डले पहिलो विश्वयुद्ध र स्पेनिस फ्लुका कारण एक प्रकारको आर्थिक त्रासदी पैदा गरेको उल्लेख गरेकी छन्। आर्नोल्डका हजुरबुबा हजुरआमा बेलायतमा यो फ्लुको शिकार भएका थिए। 

‘कैयाै‌ देशमा घरव्यवहार चलाउने, खेती गर्ने र कारोबार गर्ने युवा जीवित रहेनन्,’ उनी भन्छिन्, ‘लाखौं युवा विश्वले गुमायो।’ योग्य युवाहरुको अभावका कारण एक्लै महिलाहरुमा समस्या देखिएको थियो, लाखौं महिलाका पति थिएनन्।

महिलाहरु काम गर्न बाध्य 


स्पेनिस फ्लु महामारीले कैयौं ठूला सामाजिक परिर्वतन भए। यसभन्दा अघि १४ औ शताब्दीमा ब्ल्याक प्लेगका कारण सामन्तवादको अन्त्य भएको थियो। यसका कारण मजदूर र मालिकका बीचमा असमानता समाप्त भएर सबै काम गरि खाने वर्गमा सीमित भएका थिए। तर स्पेनिस फ्लुले समाजमा लिंगीय सन्तुलनमा असर पारेको थियो। टेक्ससकाे ए एण्ड एम विश्वविद्यालयका अनुसन्धानकर्ता क्रिस्टिन ब्ल्याकबर्नले अमेरिकामा मजदूरको कमिका कारण महिलाहरुलाई उक्त काममा खटाउन थालिएको बताइन्। 

‘फ्लु र विश्वयुद्धका कारण पुरुषहरुको संख्यामा उल्लेख्य कमि आएको थियो’ उनले भनिन्, ‘यहीकारण महिलाहरुका लागि काम गर्ने बाटो खुल्ला भयो।’ 

१९२०मा सबै देशभर कर्मचारी हिस्सेदारीमा महिलाको उपस्थिति २१ प्रतिशत पुगेको थियो। यही कारण अमेरिकामा महिलाले भोट हाल्नेसम्मको अधिकार पाए। सोही वर्ष कंग्रेसले संविधानमा १९ औ संशोधन गर्दै महिलालाई मताधिकार सुरक्षित गर्यो्। अमेरिकामात्र नभई अन्य कयौ देशमा महिलालाई यो फ्लुले अधिकार दिएको ब्ल्याकबर्नको बुझाइ छ। मजदुरको कमिका कारण पारिश्रमिकमा पनि वृद्धि भयो। १९१५ मा उत्पादन उद्योगमा २१ सेन्ट तलब दिइने गरिएको थियो। तर यो महामारीपछि १९२० मा बढेर ५६ सेन्ट पुगेको थियो। स्पेनिस फ्लुको समयमा जन्मेका बच्चाहरुमा पनि वैज्ञानिकहरुले अनुसन्धान गरेका थिए। 

बच्चामाथि असर पर्‍यो? 

केही सिद्धान्तहरुले भन्छन्-महामारीको अवधिमा महिलाहरुमा उत्पन्न तनावको असरका कारण उनीहरुको पेटभित्र रहेको भ्रुणको विकासमा पनि असर परेको थियो।

अमेरिकामा सन् १९१५ देखि १९२२ सम्मको अवधिमा जन्मिएका मानिसहरु सेनामा भर्ति हुनेको आँकडा हेर्दा अन्यको तुलनामा १ मिलिमिटर होचा थिए।

औपनिवेशवादको विरोध र अन्तर्राष्ट्रिय सहयोग
सन् १९१८ मा भारतमा बेलायतको उपनिवेशवाद सुरु भएको १ सय वर्ष पुगेको थियो। भारतमा स्पेनिस फ्लु सोही वर्ष मे महिनामा आएको थियो। यो रोगले ब्रिटिस नागरिकभन्दा भारतीयमा धेरै असर परेको थियो।

आँकडाका अनुसार हिन्दुहरुमा पनि कथित तल्ला जातिहरुमा मृत्युदर १ हजार मानिसमा ६१.६ सम्म पुगेको थियो। जबकि युरोपेली मानिसहरुमा यो दर प्रतिहजार ९ थियो।

भारतीय राष्ट्रवादीहरु यो कुरालाई लिएर ब्रिटिसहरुको कुप्रबन्धनको परिचय दिन्छन्। सन् १९१९ मा योङ इन्डियाको एक संस्करणमा ब्रिटिस अधिकारीहरुको आलोचना पनि गरिएको थियो। योङ इन्डियाको प्रकाशन महात्मा गान्धीले गर्थे। 

यसको सम्पादकीयमा ‘कुनै पनि सभ्य देशमा यति ठूलो भीषण र विनासकारी महामारीका बीच यति ठूलो लापरबाही भएको छैन, जति भारत सरकारले देखाएको छ’ भन्ने उल्लेख गरिएको थियो।

यद्यपि विश्वभर विश्वयुद्धका कारण एक अर्का देश शत्रुतालाई झेलिरहेका थिए। तर यो महामारीले अन्तर्राष्ट्रिय सहयोगमा समेत जोड दिएको थियो। 

सन् १९२३ मा लिग अफ नेसन्सले हेल्थ अर्गनाइजेसनको सुरुवात गरेको थियो। लिग अफ नेसन्स राष्ट्रसंघभन्दा पहिले स्थापना भएको बहुपक्षीय संस्था थियो।
हेल्थ अर्गनाइजेसन एक प्राविधिक संस्था थियो, जसले एक नयाँ अन्तर्राष्ट्रिय महामारी नियन्त्रण प्रणाली तयार पारेको थियो। यसलाई कूटनीतिज्ञहरुले नभई स्वास्थ्यकर्मीहरुले चलाएका थिए। 

सार्वजनिक स्वास्थ्यको क्षेत्रमा प्रगती


महामारीका कारण स्वास्थ्य क्षेत्रमा थप खर्च गर्ने बाध्यता विश्वका देशहरुलाई आइपरेको थियो। यही कारण सामाजिकृत स्वास्थ्यको विकास भयो। 

१९२०मा रुस यस्तो पहिलो देश बन्यो, जसले पूर्ण रुपमा सार्वजनिक र केन्द्रिकृत स्वास्थ्य प्रणाली स्थापना गर्योस। यो महामारीपछि धेरै देशहरुले स्वास्थ्य मन्त्रालय स्थापना गरे। 

लकडाउन र सामाजिक दुरी त्यतिबेला पनि थियो 


सेप्टेम्बर १९१८ सम्म अमेरिकी सहरमा युद्धका लागि पैसा जुटाउन परेड आयोजना गरिन्थ्यो। तर, जब स्पेनिस फ्लुको महामारी सुरु भयो, २ सहरले भिन्दै शैली अपनाए।

त्यतिखेर पनि फिलाडेल्फिया र सेन्ट लुइसले अहिले कोरोना भाइरसको महामारी रोक्न लगाईको लकडाउन र सामाजिक दुरीको जस्तै नीति लागू गरेका थिए। यी सहरले परेड स्थगित गरेका थिए।

फिलाडेल्फियामा यो महामारीका कारण १० हजार मानिसले ज्यान गुमाएका थिए भने सेन्ट लुईसमा ७ सय मानिसले ज्यान गुमाएका थिए। यसरी मर्नेहरुको संख्या फरक पर्नुका कारण सेन्ट लुइसले सुरुमै सामाजिक दुरीको नीति लिएको थियो भने अर्को राज्यले पछिमात्र लागू गरेको थियो। तत्कालीन समयमा सिनेमा हल, मानिसहरु भेला हुने स्थान, चर्च र विद्यालय खोल्न रोक लगाइएका सहरमा मृत्युदर कम थियो भने यस्तो प्रतिबन्ध नलगाइएका ठाउँमा धेरै थिए।

अमेरिकी अर्थशास्त्रीहरुको टीमले १९१८को लकडाउनको पनि अध्ययन गरेका थिए। यसरी लकडाउनको पालना भएका सहरहरुमा आर्थिक पुनर्उत्थान पनि तीव्र गतिमा भएको पाइएको थियो। 

बीबीसी हिन्दीबाट

 

प्रकाशित मिति: बिहीबार, वैशाख १८, २०७७  १४:००
  • #spanishflue

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
बालेनको सचिवालयले पासपोर्ट ठेक्का दिन खोजेको आइडिमियाको रिट सर्वोच्चद्वारा खारेज
प्रधानमन्त्री बालेन नोभेम्बरमा दिल्ली जाने तयारी
३५ उपसचिवको सरुवा : को कहाँ ? (नामावलीसहित)
सम्बन्धित सामग्री
कोरला नाकाबाट भित्रिए च्याङ्ग्रा, अनलाइन डेलिभरीको तयारी, दशैंमा मूल्य बढ्ने अनुमान हालै संघीय कृषि तथा पशुपन्छी विकासमन्त्रीले समेत कोरला नाकामा पशुजन्य वस्तुको व्यापार र च्याङ्ग्राको ओसारपसारलाई व्यवस्थित बनाउन क्व... शनिबार, असोज ३, २०८३
भोटेकोशी बाढी : छोराको बिछोडको पीडा सहन नसकेकी आमाको पनि दु:खद अन्त्य उमाकुण्ड गाउँपालिका–१ गुम्देलका ङिमा शेर्पाले जीवनको सबै क्षण हाइड्रोपावरमा श्रम गरेरै बिताए। आफ्नै गाउँघर नजिकै निर्माणाधीन लिखु हा... शनिबार, भदौ २७, २०८३
‘आइरिस’सँगै फर्कियो ९० को दशक, सामाजिक सञ्जालमा ‘नोस्टाल्जिया’को लहर! झण्डै तीन दशकअघि सार्वजनिक भएको ‘आइरिस’ अहिले फेरि सामाजिक सञ्जालमा सुनिन थालेको छ। पुराना तस्बिर, पुरानो पहिरन र पुरानो गीतले मानिस... शुक्रबार, भदौ २६, २०८३
ताजा समाचारसबै
बालेनको सचिवालयले पासपोर्ट ठेक्का दिन खोजेको आइडिमियाको रिट सर्वोच्चद्वारा खारेज सोमबार, असोज ५, २०८३
प्रधानमन्त्री बालेन नोभेम्बरमा दिल्ली जाने तयारी सोमबार, असोज ५, २०८३
३५ उपसचिवको सरुवा : को कहाँ ? (नामावलीसहित) सोमबार, असोज ५, २०८३
अर्थ मन्त्रालयमा व्यापक जिम्मेवारी हेरफेर, ठूला करदाता कार्यालयदेखि भन्सारसम्म नयाँ नेतृत्व सोमबार, असोज ५, २०८३
भोटेकोशी बाढीपीडितका लागि अस्थायी आवासको तयारी तीव्र सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिपुरेश्वरमा बस जल्नुअघि चालक र ट्राफिक प्रहरीबीच विवाद सोमबार, असोज ५, २०८३
योगेशको राजीनामा मागप्रति ओलीको कडा टिप्पणी : ‘कमिटीमा छलफल गर्नुस्, मिडियामा होइन’ सोमबार, असोज ५, २०८३
अर्थ मन्त्रालयमा व्यापक जिम्मेवारी हेरफेर, ठूला करदाता कार्यालयदेखि भन्सारसम्म नयाँ नेतृत्व सोमबार, असोज ५, २०८३
३५ उपसचिवको सरुवा : को कहाँ ? (नामावलीसहित) सोमबार, असोज ५, २०८३
अमेरिका जानुअघि प्रधानमन्त्री बालेनसँग प्रधानसेनापति सिग्देलको भेट, के भयो कुराकानी? सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्