काठमाडौं-निजी हवाई सेवा प्रदायक कम्पनी बुद्ध एयरले कोभिड-१० विरुद्धको सुरक्षा निर्देशका बनाएको छ।
सरकारले चैत ११ गतेदेखि सुरु गरेको लकडाउनका कारण बुद्ध एयरले उडान बन्द गरेको छ। उडान बन्द भए पनि बुद्ध एयरले निर्देशीका जारी गरेको हो।
लकडाउन अन्त्यसँगै सुरु हुनेआन्तरिक उडानलाई सुरक्षित बनाउन एयरलाइन्सले यात्रु सुरक्षा, कर्मचारी सुरक्षा तथा विमान सरसफाई गरी ३ वटा छुटाछुटै निर्देशिका बनाएको हो।
यात्रुदेखि सबै कर्मचारीसम्मले मास्क लगाउनु पर्ने, साबुन पानी तथा मदिरामा आधारित सेनिटाइजरले हात धुनुपर्ने लगायतका २२ बुँदै निर्देशिका जारी गरिएकाे छ।
बुद्ध एयर यात्रु हिस्साका आधारमा नेपालको आन्तरिक उडानको एक नम्बरको कम्पनी हो। बुद्धले माउन्टेन, धनगढी, नेपालगञ्ज, सुर्खेत, भैरहवा, पोखरा, चितवन, विराटनगर, भद्रपुर, सिमरा र तुम्लिङटारमा उडान गर्दै आएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।