काठमाडौं– मोबाइल लुटपाट गरेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। बुढानिलकण्ठ नगरपालिका-३ देउवा चोक घर भएका १९ वर्षीय अनिस सुनार र अर्का एक व्यक्तिलाई मंगलबार दिउँसो पक्राउ गरिएको प्रहरीले जनाएको छ।
उनीहरुले सोही नगरपालिका-६ सेराफाँट बस्ने एक व्यक्तिको मोबाइल लुटी फरार भएका थिए। लुटपाट भएको खबर प्राप्त भएपछि महानगरीय प्रहरी प्रभाग बुढानिलकण्ठबाट खटिएको प्रहरीले सोही नगरपालिका-४ पञ्चकन्या मन्दिरमा लुकीछिपि बसेको अवस्थामा फेला पारी उनीहरुलाई पक्राउ गरेको हो।
उनीहरुको साथबाट लुटेको उक्त मोबाइल १ थान, नियन्त्रित लागूऔषध स्पास्मो १२ चक्की, प्रगस्थर १२ ट्याब्लेट, अवैध लागूऔषध चरेस करीब १० ग्राम, र नगद ३ हजार रुपैयाँ समेत प्रहरीले बरामद गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।