• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, पुस १०, २०८२ Thu, Dec 25, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विश्व

महामारी सम्झना : भारतमा जब दाहसंस्कारका लागि दाउरासमेत पाइएन

64x64
नेपाल लाइभ बुधबार, वैशाख १७, २०७७  ०९:२९
1140x725

एजेन्सी–सन् १९१८ मा हिन्दीका प्रख्यात कवि सूर्यकान्त त्रिपाठी निराला जम्मा २२ वर्षका थिए। 

‘म दालमउमा गंगाको किनारामा उभिएको थिएँ, जहाँसम्म हेर्न आँखाले भ्याउथ्यो, गंगाको पानीमा लासैै-लासमात्र देखिन्थ्यो’ उनले आफ्नो आत्मकथा ‘कुल्ली भाट’ मा लेखेका छन्, ‘यस्तैमा मेरो ससुरालीबाट खबर आयो पत्निले ज्यान गुमाइन्।’ 

मेरो भाइको १५ वर्षको सबैभन्दा ठूलो छोरा र मेरी एक वर्षकी छोरीले अन्तिम श्वास फेरिन्। मेरो परिवारका अन्य कैयौं सदस्य पनि सदाका लागि बिदा भए। यसरी ज्यान गुमाउनेको संख्या आँखैअगाडि असंख्य भएका थिए।

यतिसम्मकि लास जलाउनसमेत दाउरा अभाव भयो। पलभरमै म परिवारविहीन भइसकेको थिएँ। चारैतिर अँध्यारो नै अँध्यारो महसुस भइरहेको थियो। मलाई पत्रिकाबाट थाहा भयो यो सबैैभन्दा खतरनाक महामारी थियो, जसबाट म एक्लो भएँ। 

महात्मा गान्धी र प्रेमचन्द पनि स्पेनिस फ्लु पीडित

निरालाको परिवारमात्र होइन, महात्मा गान्धी पनि यो ज्यानमारा स्पेनिस फ्लुको शिकार भएका थिए। गान्धीकी बुहारी गुलाव र नातिनी शान्तिको मृत्यु पनि यही महामारीका कारण भएको थियो। यदि गान्धी यो महामारीमा नबाँचेकोे भए भारतीय स्वतन्त्रताको इतिहास अलग रुपमा लेखिन्थ्यो होला। यो महामारीले करिब १ करोड ८० लाख भारतीयको ज्यान लिएको थियो। 

प्रख्यात उपन्यासकार प्रेमचन्द पनि यसको शिकार भएको सुनिएको छ। इतिहासको पानामा यो कुराको धेरै चर्चा भने छैन। यो महामारीका कारण भारतमा शासन गरिरहेका ब्रिटीश सरकारविरुद्ध मानिसको आक्रोस आकाश छोला झैँ गरेर बढिरहेको थियो ।  यो महामारीको शुरुवात २९ मे १९१८मा  भएको थियो, जब पहिलो विश्वयुद्धको मोर्चाबाट फर्किएका सैनिकहरुको जहाज मुम्बई बन्दरगाहमा रोकियो। त्यहाँ ४८ घन्टासम्म जहाज रोकिएको थियो। 

मेडिकल इतिहासकार तथा ‘राइडिङ द टाइगर’ पुस्तकका लेखक अमित कपुरले यसबारे लेखेका छन् ।  १० जुन १९१८मा बन्दरगाहमा खटिएका सात प्रहरी ज्वरो आएर अस्पताल भर्ना भएका थिए, जुन भारतमा संक्रमणका पहिला बिरामी थिए। त्यो बेलासम्म विश्वभर यो फैलिसकेको थियो। 

Ncell 2
Ncell 2

यो महामारीले विश्वभर १० देखि २० करोड मानिसको ज्यान गएको अनुमान छ। जोन बेरीले आफ्नो पुस्तक ‘द ग्रेट इनफ्लुन्जा : द एपिक स्टोरी अफ द डेडलिएस्ट प्यान्डेमिक इन हिस्ट्री’ मा १० करोड जनसंख्या रहेको अमेरिकामा ६ लाख  ७५ हजार मानिसले ज्यान गुमाएको जनाएका छन्। १९१८मा यो महामारीबाट यति मानिसले ज्यान गुमाएका थिए कि यसअघि कुनै पनि रोगका कारण यति मानिसको मृत्यु भएको थिएन। १३ औ शताव्दीमा फैलिएको ब्युबोनिक प्लेगले युरोपको २५ प्रतिशत जनसंख्या समाप्त पारेको थियो । तर स्पेनिस फ्लुका कारण १९१८मा त्योभन्दा धेरै मानिसले ज्यान गुमाएका थिए। 

पीडादायी मृत्यु 

जोन बेरीले पुस्तकमा लेखेका छन् –१९१८को महामारीमा २४ हप्तामा जति मानिस मरे एचआइभी एड्सबाट २४ वर्षमा त्यति मानिस मरेका छैनन्। यो संक्रमणको पहिलो असर मानिसको फोक्सोमा गर्ने गथ्र्यो, उसलाई असह्य खोकी लाग्थ्यो। बिरामीको नाक, मुख तथा कानबाट समेत रगत बग्थ्यो ।

यस्तै, शरीरमा एकदम दुख्ने गथ्र्यो। यति पीडा हुन्थ्यो कि–लाग्थ्यो पुरै शरीरको हड्डी भाँचिदैछ। बिरामीको  रंग पहिला निलो, फेरि बैजनी अनि अन्त्यमा कालो हुने गथ्र्यो। अमेरिकामा पादरीहरु घोडा चढेर घरभित्रै बस्न र शवको व्यवस्थापन गर्न आग्रह गर्थे। जस्तो कि अहिले कवाडी लिन घर–घरमा चिच्याउँदै आउने गर्छन्। उनीहरु शव ढोका खोलेर घरबाहिर राखिदिन आग्रह गर्दथे । सुरुमा यो रोग फैलँदा विश्वभरका सरकारले यसलाई लुकाएका थिए। बिरामीको उपचार र अन्य काममा खटिएका मानिसको मनोबल खस्कने भन्दै सुरुमा यो लुकाइएको थियो। सबैभन्दा पहिला यसलाई स्पेनले स्वीकार गरेको थियो । त्यसैले यसको नाम स्पेनिस फ्लु नाम राखिएको थियो।

रेलबाट फैलियो  भारतमा 

सुरुमा स्पेनिस फ्लु जहाज चढेर मुम्बई आयो। अनि त्यहाँबाट बिस्तारै रेल चढेर देशभर फैलियो। १९२० को अत्यतिर विश्वभर यो रोगबाट पाँच देखि १० करोड मानिसले ज्यान गुमाइसकेका थिए। पहिलो र दोस्रो विश्वयुद्धभन्दा पनि धेरै मानिसको मृत्यु यही महामारीका कारण भएको थियो। भारतमा सबैभन्दा धेरै करिब १ करोड ८० लाखको मृत्यु भएको थियो, जुन उक्त समयको जनसंख्याको ६ प्रतिशत थियो। 

भारतमा कश्मीरदेखि बंगालका गाउँसम्म कोही पनि अछुतो रहेनन्। जोन बेरीले आफ्नो पुस्तकमा भारतमा फैलिएको महामारीका बारेमा बिस्तृत लेखेका छन्। भारतमा यस्तो अवस्था भयो कि स्वस्थ मानिस रेल चढेर गन्तव्यमा पुग्दा ज्यान गुमाइसकेको हुन्थ्यो। मुम्बईमा मात्र एकैदिन सबैैभन्दा धेरै मानिसले ज्यान गुमाएका थिए। ६ अक्टुबर १९१८ को दिनमा ७६८ जनाले ज्यान गुमाएका थिए। दिल्लीको एक अस्पतालमा १३ हजार १ सय ९० बिरामी भर्ना भएकोमा ७ हजार ४४ जनाले ज्यान गुमाएका थिए। 

महिलामा धेरै असर

बेलायतमा यो बिरामीका कारण ज्यान गुमाउनेको मृत्युदर ४.४ प्रतिहजार  थियो । भारतमा योभन्दा भयानक अवस्था थियो । एकातिर महामारी थियो भने अर्कोतर्फ भोकमरी त्यसैगरी फैलिएको थियो । भोकका कारण मानिसको आरोग्य क्षमता कम हुँदै गएको थियो । भोकका कारण कमजोर भएको शरीरमा फ्लुले ठूलो असर गरेको थियो। यही कारण पनि भारतमा यसको असर ठूलो परेको थियो।

अर्को एउटा ध्यान दिनुपर्ने कुरा के थियो भने यसले पुरुषको तुलनामा महिलालाई धेरै आक्रमण गरेको थियो। यसको कारण भारतीय समाजमा पुरुषलाई भन्दा महिलाले पाउने कम पोषण थियो। महिलाहरु धेरै रोगी थिए, त्यसकारण पनि उनीहरुलाई संक्रमणले छिटै असर गरेको थियो ।

शून्यभन्दा तल विकासदर  

भारतको १२० वर्षे आर्थिक इतिहासमा सवैभन्दा खराव समय १९१८ थियो। उक्त वर्ष भारतको विकासदर शून्यभन्दा तल १०.८ प्रतिशत मुनि भएको थियो । मुद्रास्फितिले सबै रेकर्डहरु तोडेको थियो । यो रोगले भारतको अर्थव्यवस्थामा बंगालको सुख्खा र विश्वयुद्धभन्दा धेरै प्रभावित पारेको थियो। मार्च १९२० सम्ममा यो महामारी नियन्त्रणमा आइसकेको थियो। 

बीबीसी हिन्दीबाट

 

प्रकाशित मिति: बुधबार, वैशाख १७, २०७७  ०९:२९
  • #spanishflue

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
लेखकबाट थप
डोल्पामा आयोडिनयुक्त नुन अभाव
दशैं त आफन्तसँग रमाइलो गर्ने पर्व हो, मानिसहरु आइसोलेट भएर किताब पढ्छन् भन्ने लाग्दैन: प्रकाश तिवारी [अन्तर्वार्ता]
उत्तरपूर्वी चीनमा भएको बस विस्फोटमा एकको मृत्यु, ४२ घाइते
सम्बन्धित सामग्री
इमरान खान दम्पतीलाई १७–१७ वर्ष जेल सजाय अदालतले दुवैलाई जनही १ करोड ६४ लाख रुपैयाँ जरिवाना समेत गरेको छ भने जरिवाना नतिरेमा थप कैद भुक्तान गर्नुपर्ने आदेश दिएको छ। आइतबार, पुस ६, २०८२
बंगलादेशमा कट्टरपन्थी भीड अनियन्त्रित, दीपुचन्द्रको हत्यापछि सात वर्षीया बालिकालाई जिउँदै जलाइयो शुक्रबार मात्रै दीपु चन्द्र दासलाई भीडले जिउँदै जलाएको घटनापछि एक सात वर्षीया बालिकालाई घरभित्र जिउँदै जलाएको खबर सार्वजनिक भएको छ ।... आइतबार, पुस ६, २०८२
कोलम्बियामा विद्रोहीको ड्रोन आक्रमणमा कम्तिमा ७ सैनिकको मृत्यु, ३० घाइते सन् १९६४ मा स्थापना भएको ईएलएन अमेरिका महादेशमा अहिले सक्रिय सबैभन्दा पुरानो गुरिल्ला समूह हो। यस समूहले कोलम्बियाका प्रमुख लागुऔषध... शनिबार, पुस ५, २०८२
ताजा समाचारसबै
कोभिड भ्याक्सिन र हृदयघातको सम्बन्धबारे एम्स अध्ययनले के भन्छ? बिहीबार, पुस १०, २०८२
रास्वपाको समानुपातिक सूचीमा जेन-जी अभियन्ता डा. रुपक घिमिरे बिहीबार, पुस १०, २०८२
कर्नाटकमा बस र ट्रक ठोक्किँदा ११ जनाको मृत्यु बिहीबार, पुस १०, २०८२
क्रिकेट खेलाडी मिनष थापाको मोटरसाइकल दुर्घटनामा मृत्यु बिहीबार, पुस १०, २०८२
काँग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पनि बस्दै बिहीबार, पुस १०, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
जाँचबुझ आयोगबाट ४ जनाको स्थानहद फुकुवा बुधबार, पुस ९, २०८२
बयानको लागि जाँचबुझ आयोगले बोलाएपछि देउवासँग परामर्श लिँदै पूर्व गृहमन्त्री लेखक बुधबार, पुस ९, २०८२
ज्ञानेन्द्र शाही ६ वटा निर्वाचन क्षेत्रबाट उम्मेदवार सिफारिस बुधबार, पुस ९, २०८२
प्रदेशको समानुपातिक सूचीमा रहेका १९ जनाको नाम हटाउने काँग्रेसको निर्णय बुधबार, पुस ९, २०८२
सुन–चाँदीको मूल्यमा नयाँ रेकर्ड कायम बुधबार, पुस ९, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
ज्येष्ठ नागरिक स्वास्थ्य सेवाः अझै छैन सरकारको प्राथमिकतामा लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
बंगलादेशमा कट्टरपन्थी भीड अनियन्त्रित, दीपुचन्द्रको हत्यापछि सात वर्षीया बालिकालाई जिउँदै जलाइयो आइतबार, पुस ६, २०८२
थुनामुक्त हुने रविले पालना गर्नुपर्ने तीन शर्त बिहीबार, पुस ३, २०८२
६ वटा दल खारेज गर्ने आयोगको निर्णय, को–को परे? मंगलबार, पुस ८, २०८२
अधिकांश ओली प्यानलकै उम्मेदवार अगाडि, कुन पदाधिकारीको कति ? बिहीबार, पुस ३, २०८२
एमालेको केन्द्रीय पदाधिकारीदेखि केन्द्रीय सदस्यसम्म कसले कति भोट ल्याएर जिते ? (सूचीसहित) बिहीबार, पुस ३, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्