• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज २९, २०८३ Thu, Oct 15, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

दोहोरो चपेटामा नेपाल

64x64
सीपी गजुरेल बुधबार, वैशाख १७, २०७७  ०८:४६
1140x725

यतिखेर नेपाल एकैसाथ दुई किसिमको महामारीको चपेटामा परेको छ: कोभिड १९ तथा सरकारी नेकपा र के पी शर्मा ओलीले नेतृत्व गरेको सरकारबाट सिर्जित महामारी।

लभभग चार महिनादेखि फैलिएको कोरोना भाइरसको महामारीको चपेटामा विश्व नै परेको छ। विश्व स्वास्थ्य संगठनले घोषणा गरेको यो महामारी विश्वका २ सय १० देशमा फैलिरहेको छ। संक्रमितको संख्या ३१ लाख नाघेको छ। २ लाख १६ हजारभन्दा बढीले ज्यान गुमाइसकेका छन्। ९ लाख २५ हजारभन्दा बढी निको पनि भएका छन्।

कोरोना संक्रमणबाट उत्पन्न विश्व संकटलाई संयुक्त राष्ट्र संघका महासचिव एण्टोनियो गुटरेसले ‘दोस्रो विश्वयुद्ध पछिको सबैभन्दा ठूलो संकट’ भनेका छन्।

यो विश्वव्यापी महामारीले धनी–गरिब, सम्पन्न–विपन्न, काला–गोरा, पूर्व–पश्चिम कसैलाई पनि छाडेको छैन। त्यसकारण यसको सामना गर्नका लागि अरु सबै कुराहरु बिर्सेर संसारका सबै मानिसहरु एकतावद्ध हुने प्रयास गरिरहेका छन्। नेपाल पनि यसको अपवाद र अलग छैन। सबै नेपालीले एउटै नारा बनाउन चाहेका थिए– सबैभन्दा पहिले सबै शक्ति लगाएर कोभिड १९ का विरुद्ध संघर्ष गरौं। बाँकी विषयहरु पछि गर्दै गरौंला।

तर, झण्डै दुई तिहाई बहुमतको दाबी गर्ने केपी शर्मा ओलीले नेतृत्व गरेको नेकपा (नेकपा) को सरकारले यसलाई मुख्य एजेण्डा बनाएन। यो सरकार त कोरोना भाइसरको प्रकोपको सामना गर्नुपर्ने बेलामा सेक्युरिटी प्रेस खरिदमा ७० करोड भ्रष्टाचार काण्ड, ओम्नी भन्ने नक्कली कम्पनी दर्ता गरेर विश्व स्थास्थ्य संघले प्रयोग नगर्नु भनेर तोकेको नक्कली सामग्री र औषधि सम्बन्धी भ्रटाचार प्रकरणमा संलग्न भयो। परिणामस्वरुप, यो महामारीको रोकथाम र नियन्त्रण गर्ने अभियानमा सरकारको ध्यान पुगेन र यो अभियान पछाडि पर्‍यो र परिरहेकै छ।

यसको चौतर्फी विरोध भैरहेकै बेला, यसको अनुसन्धान गरी दोषीलाई कारबाही गरी यो अभियानलाई सशक्त रुपमा अघि बढाउनुपर्थ्यो। तर, प्रधानमन्त्री त्यसमा प्रवेश नै गरेनन्। त्यसको साटो प्रधानमन्त्री ओलीले क्याबिनेटमा हठात् राजनीतिक पार्टी फुटाएर नयाँ दल दर्ता गर्ने र संवैधानिक नियुक्तिका लागि बनेको संवैधानिक परिषद्मा विपक्षी दलका नेतालाई नराखे पनि हुने व्यवस्था सहितको दुईवटा अध्यादेश सिफारिस गरेर राष्ट्रपति कहाँ पठाए। क्षणभरमै राष्ट्रपतिले लालमोहर लगाएर, गजेटमा प्रकाशित गरिन्।

यसबाट अन्य पार्टी फुटाएर तिनीहरुको अस्तित्व नै समाप्त गराउने र आवश्यकता परे आफ्नै पार्टीलाई फुटाएर देशलाई निरंकुशतातिर लैजाने कदम चाल्ने संभावना प्रकट भएपछि राष्ट्रिय राजनीति तरंगीत भएको छ। सबैको ध्यान अब त्यता गएको छ। कोरोना भाइरसको रोकथाम र नियन्त्रणबाट अन्यत्र गएको छ। यो सबैका लागि चिन्ताको विषय हो।

नेकपामा चुलिएको अन्तरसंघर्ष
लामो समयदेखि एक अर्काका विरुद्ध वैचारिक मात्र होइन, भौतिक संघर्ष समेत गर्दै आएका तत्कालिन नेकपा(एमाले) र नेकपा(माके)का बीचमा पार्टी एकता भएको धेरै लामो समय पनि भएको छैन। उक्त पार्टी एकतापछिको घोषणा सभामा केपी ओलीले भनेका थिए, ‘यो पार्टीमा दुई जना अध्यक्ष भएको देख्दा धेरैलाई अनौठो लाग्ला। तर बुझ्नु पर्ने कुरा के हो भने, हामी टेम्पोका ड्राइभर होइनौं, जेट् प्लेनका पाइलट हौं। हामी जेट प्लेन उडाउँदै छौं।’

Ncell 2
Ncell 2
nimb
nimb

त्यो पार्टी एकताको उन्मादको वातावरणमा ओलीजीको त्यो भनाईको एकता गर्नेहरुले खपिनसक्नु गरी तारिफ गरेका थिए। तर विडम्बना, यही वैशाख ८ गते क्याबिनेटको निर्णयलाई राष्ट्रपतिले लालमोहर लगाएर गजेटमा छापिसक्दा पनि अर्का पाइलटले भने मलाई त थाहै थिएन भन्नुलाई विडम्बना नै मान्नु पर्ला। यदि साँच्चैनै त्यो जेट प्लेन नै थियो र उनीहरु दुई जना प्रमुख पाइलट थिए भने सैकडौं यात्रु बोकेको जेट प्लेन कहाँ पुगेर खरानी हुने रहेछ? यतिखेर त्यो सम्झदा सबैको आङ एक पटक जिरिङ्ङ गर्दो हो!

अहिले आएर सरकारी नेकपामा तीन जना प्रमुख नेता– के पी ओली, प्रचण्ड र माधव नेपालको नेतृत्वमा तीन गुट कायम छन्। यो अन्तरसंघर्षमा माधव नेपाल ‘किङमेकर’को स्थितिमा छन्। केपी ओली र प्रचण्डमध्ये जसलाई उनले समर्थन गर्छन्, पार्टीमा र संसदमा उसैको बहुमत हुने अवस्था छ।

अहिलेसम्मको स्थितिमा माधव नेपाल प्रचण्डको पक्षमा भएको बताइन्छ। ओलीले उनलाई फकाउन कुनै कसर बाँकी राखेका छैनन्। जानकारी भए अनुसार, उनलाई प्रचण्डले प्रधानमन्त्री र ओलीले पार्टी अध्यक्षको प्रस्ताव राखेका छन्। यसका साथै ओलीले उनको पक्षका नेताहरुलाई दुईवटा प्रदेशको मुख्यमन्त्री दिने र आफ्नो मन्त्रिमण्डलमा बराबरि संख्यामा मन्त्रीमा सामेल गराउने प्रस्ताव आएको छ भन्ने चर्चा छ। यदि यो समीकरण मिल्यो भने अर्कै कुरा, अन्यथा पार्टी फुटतिर जाने खतरा छ भन्ने चर्चा छ।

स्थायी कमिटी बैठक: महत्त्वपूर्ण मोड
उपरोक्त दुई अध्यादेश कानुन बनिसकेपछि त्यसको खारेजीको माग गर्दै माधव नेपाल पक्षका ९ जना र प्रचण्ड पक्षका ११ जना स्थायी समितिका सदस्यले संयुक्त निवेदन दिएका छन्, दुइवटै अध्यक्षलाई। ओलीजीका लागि यो बैठक कवाफको हड्डी बन्न पुगेको छ।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

ओली यो बैठक जसरी पनि टार्ने पक्षमा देखिन्छन्। माधव नेपाल र प्रचण्ड पक्षका नेताहरु प्रथम अध्यक्ष केपी ओलीले बैठक नबोलाए अर्का अध्यक्षले बोलाउन सक्ने तर्क गरिरहेका छन्। समझदारी कायम नभइकन नै यो बैठकको आयोजना गरियो भने पार्टी फुटको अवस्थामा पुग्ने त होइन? यो परिस्थिति आउन नदिनका लागि प्रयास चलिरहेको देखिन्छ। यसको अन्तिम पर्दा खुल्न अझै केही समय प्रतीक्षा गर्नै पर्ला।

प्रतिपक्षको विरोध
निर्वाचन पश्चात् झण्डै दुई तिहाई सिट ल्याएर केपि ओलीको नेतृत्वमा सरकार बनेपछि संसदमा दह्रो प्रतिपक्षी पार्टी नै रहेन। नेपाली कांग्रेस प्रमुख प्रतिपक्षी त बन्यो, तर त्यो उसको अलंकार जस्तो मात्रै भयो। उसले व्यवहारमा सत्ता पक्षको सहयोगी पार्टीको भूमिका खेल्यो। 

सरकारको अध्यादेश प्रकरण र त्यसपछि समाजवादी पार्टीका महोत्तरीका एकजना सांसदलाई लकडाउनकै समयमा जनकपुरबाट काठमाडौं ल्याएर एउटा होटेलमा बन्धक बनाएको विषयले समाजवादी पार्टी र राजपाका वीचमा मध्यरातमा पार्टी एकताको घोषणा भयो।

यो अपहरणमा संलग्न भएको भनिएका सरकारी नेकपाका दुई जना सांसद र तीन महिना जतिअघि पदावधि सकिएका प्रहरी आईजीमाथि अपहरणको मुद्दा पनि दर्ता नगरिदिएपछि आक्रोशित नेपाली कांग्रेस, समाजवादी पार्टी र राप्रपाको गठवन्धन कायम भएको छ। उनीहरुले सरकारका विरुद्ध आन्दोलननै गर्ने घोषणा गरेका छन्।

विकल्पको खोजी
विश्व नै कोभिड १९ का विरुद्ध एकतावद्ध भएर अगाडि बढेको र हामी नेपाली पनि सबै विषयलाई थाती राखेर यतिखेर मानव जातिको सुरक्षाको विषयलाई सर्वोपरि राखेर एकजुट भएर अघि बढ्ने पक्षमा छौं। तर, सत्ताधारी पार्टीका नेताहरुले यतिखेर सत्ताको खेलमा सबैलाई घिसारेर महामारीमा जनतालाई अलपत्र पार्ने काम गरिरहेका छन्।

संसदीय पार्टीभित्रकै एउटा नेताको साटो अर्को नेता, एउटा संसदीय पार्टीका ठाउँमा अर्को पार्टीलाई विकल्पका रुपमा बुझिरहने नेपाली जनताको चेतना रहँदै आएकोमा अब संसदभन्दा बाहिरबाट विकल्प खोज्नु पर्छ कि? भन्ने बहश चल्न थालेको छ। यो महत्त्वपूर्ण पक्ष हो। नयाँ विकल्पको तयारीमा जुट्नुपर्ने हामी सबैको आवश्यकता बन्न पुगेको छ।

प्रकाशित मिति: बुधबार, वैशाख १७, २०७७  ०८:४६
  • #कोरोना
  • #नेकपा
  • #दल_फुटाउने_अध्यादेश
  • #विवाद

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
सीपी गजुरेल
लेखकबाट थप
दोहोरो चपेटामा नेपाल
सम्बन्धित सामग्री
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस दशैंको महान पर्वलाई असत्यमाथि सत्यको विजय, अन्यायमाथि न्यायको विजय र अन्धकारमाथि उज्यालोको विजयपर्वका रुपमा स्वीकारिन्छ। तर यो पर्वक... मंगलबार, असोज २७, २०८३
परिवारभित्रको पर्व जितिया देशभर अहिले दशैं, तिहार र छठलगायतका पर्वको मौसम सुरु हुन लागेको छ। यही पर्वको शृंखलामा मैथिली र थारू समुदायका महिलाले मनाउने जितिया... आइतबार, असोज १८, २०८३
अमेरिकी सैन्य फिर्तीको इराक आयाम विश्वव्यापी तेल व्यापार अनिवार्य रूपमा अमेरिकी डलरमै हुनुपर्ने कडा बाध्यतालाई निरन्तरता दिएर आफ्नो ग्लोबल आर्थिक नियन्त्रणलाई बलियो... शुक्रबार, असोज १६, २०८३
ताजा समाचारसबै
भोटेकोशी बाढीपीडितलाई राहत : ४ हजारभन्दा बढी परिवारले पाए ४५ हजार बुधबार, असोज २८, २०८३
साउदी अरबका प्रस्तावित राजदूत सुनारको नाम संसदीय सुनुवाइ समितिबाट अस्वीकृत बुधबार, असोज २८, २०८३
मलेसियाका लागि प्रस्तावित राजदूत खरेलकाे नाम अस्वीकृत बुधबार, असोज २८, २०८३
प्रधानमन्त्री बालेनकाे भारत भ्रमण तय बुधबार, असोज २८, २०८३
नेपालमा शंकास्पद रुपमा बसेका २४ दक्षिण कोरियाली नागरिक निष्काशित बुधबार, असोज २८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
राष्ट्रपतिबाट दुई अध्यादेश जारी मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्