• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, कात्तिक ५, २०८३ Thu, Oct 22, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कोरोना अपडेट

बंगलादेशमा रहेका विद्यार्थी उद्धारका लागि दबाब दिन परराष्ट्रमन्त्रीलाई एसएमएस पठाउने अभियान

64x64
नेपाल लाइभ मंगलबार, वैशाख १६, २०७७  ११:१२
1140x725

काठमाडौं– बंगलादेशमा अध्यनरत नेपाली विद्यार्थीको उद्धारका लागि  सरकारलाई दबाब दिन मेडिकल विद्यार्थीहरुले एसएमएस अभियान सुरु गरेका छन्। मेडिकल अध्यनरत विद्यार्थीहरुको संस्था ‘फडेरेशन अफ नेप्लिज मेडिकल स्टुडेन्ट’को पहलमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई एसएमएस पठाउने अभियान थालिएको हो।

एसएमएसमा बंगलादेशमा कोरोना महामारीले बिकरालरुप लिँदै गरेको र त्यहाँ अड्किएका नेपाली विद्यार्थीले स्वदेश फर्किन चाहेकाले त्यो वातावरण मिलाइदिन मन्त्री ज्ञवालीलाई आग्रह गरिएको छ। सरकारलाई झकझक्याउन एसएमएस अभियान सुरु गरिएको र त्यसलाई ‘डिजिटल मुभमेन्ट’का रुपमा अघि बढाउने ‘फडेरेशन अफ नेप्लिज मेडिकल स्टुडेन्ट’का अध्यक्ष नरेश भट्टले बताए।

‘हामी सबै विद्यार्थी आबद्ध भएको संस्था भएकाले यहीबाट नेतृत्व गर्ने भन्ने कुरा भयो,’ उनले नेपाल लाइभसँग भने, ‘अहिलेलाई एसएमएस अभियान गर्ने, भोलिदेखि ट्विटरमा ह्यासट्याग अभियान चलाउने। डिजिटल मुभमेन्ट गरेर सरकारलाई झकझ्यक्याउने र ध्यानार्कषण गराउने हाम्रो उदेश्य हो।’ 

कोरोना भाइरस संक्रमण फैलिएर आफूहरु जोखिममा परेका बेला पनि सरकारले वेवास्ता गरेको भन्दै बंगलादेशमा अध्ययनरत विद्यार्थीहरुले सरकारप्रति आक्रोश पोखिरहेका छन्। बंगालदेशमा पछिल्लो समय कोरोना संक्रमण तीव्र गतिमा बढ्न थालेको भन्दै आफूहरु पनि कोरोना संक्रमित भइने हो कि भन्ने उनीहरुको चिन्ता छ।

पछिल्लो विवरण अनुसार बंगलादेशमा ५ हजार ९ सय १३ जनालाई कोरोना संक्रमण भएको छ भने  १ सय ५२ को मृत्यु भइसकेको छ।

बंगलादेशस्थित नेपाली दूतावासलाई त्यहाँको सरकारले नेपाली विद्यार्थीलाई आफ्नै नागरिक सहर व्यवहार गर्ने आश्वासन दिएको भनिए पनि उनीहरु विश्वस्त छैनन्। ‘यताको सरकार आफैं निरीह भइसकेको छ,’ नेपाली विद्यार्थी रमन कार्कीले अघिल्लो साता नेपाल लाइभसँग भनेका थिए, ‘त्यस्तोमा हाम्रा लागि भनेर सहयोग, सहजीकरण हुने कुनै अत्तोपत्तो छैन।’

कोरोना नियन्त्रण गर्न भन्दै त्यहाँको सरकारले लकडाउन घोषणा गरे पनि त्यसको त्यहाँ पालना नभइरहेको नेपाली विद्यार्थीहरु बताउँछन्। लकडाउनको पालना नहुँदा कोरोना संक्रमण बढ्ने र त्यसको मारमा आफूहरु पनि पर्ने त्रास उनीहरुलाई छ।

विद्यार्थीहरुको आक्रोश ढाकास्थित नेपाली दूतावास र राजदूतप्रति पनि छ। आफूहरुले दूतावासमार्फत् सरकारलाई बुझाएको ज्ञापन पत्र समेत नबुझाइदिएको आरोप विद्यार्थीहरुको छ। विद्यार्थीहरुले बुझाएको विज्ञप्तिमा आफूहरु आफ्नै खर्चमा पनि नेपाल आउन तयार भएको र त्यसका लागि सरकारले सहजीकरण गरिदिनुपर्ने माग गरिएको छ। 

Ncell 2
Ncell 2
nimb
nimb

‘हामीलाई उद्धार गरेर लिएर जाने राज्यको दायित्व हुँदाहुँदै पनि यदि राज्यसँग कुनै आर्थिक कठिनाई रहेको अवस्था छ भने राज्यले  हामीलाई एउटा चार्टर्ड प्लेनको व्यवस्थापन गरिदिए त्यसको न्यूनतम लागत हामीले आफैं तिरेर आफ्नै खर्चमा नेपाल जानेछौं,’ उक्त ज्ञापन पत्रमा उनीहरुले लेखेका छन्, ‘नेपाल पुगिसकेपछि हामी होम क्वारेन्टाइन अथवा राज्यले तोकेको स्थानमा क्वारेन्टाइन बस्न तयार छौं।’

यो पनि पढ्नुहोस्

बंगलादेशबाट नेपाली विद्यार्थीको आक्रोश : आफ्नै खर्चमा स्वदेश फर्किन्छौं भन्दा पनि नसुन्ने कस्तो सरकार?मंगलबार, वैशाख ९, २०७७

उक्त आरोपको राजदूत डा. वंशिधर मिश्रले भने अस्वीकार गरेका थिए। ‘विद्यार्थीहरुले दिएको ज्ञापन पत्र मैले परराष्ट्र मन्त्रालयमा नपठाएको भन्ने कुरा गलत हो,’ अघिल्लो साता नै राजदूत मिश्रले यसबारे नेपाल लाइभसँग भनेका थिए, ‘मैले परराष्ट्रमन्त्री र परराष्ट्र सचिव दुवै जनालाई त्यो ज्ञापन पत्र पठाइदिएको छु। हामी यहाँको अवस्थाका बारेमा दैनिक रुपमा परराष्ट्र मन्त्रालयलाई रिपोर्ट पठाउँछौं।’

सरकारले विद्यार्थीहरुलाई उद्धार गरेर लैजाने निर्णय गर्ने बित्तिकै दूतावासले विमान चार्टर्ड गरेर विद्यार्थी स्वेदश फर्काउन तयार रहेको राजदूत मिश्रको भनाइ छ।

परराष्ट्र मन्त्रालयका प्रवक्ता भरतराज पौड्याल भने अहिले कसैलाई पनि उद्धार गनुपर्ने अवस्था नरहेको र त्यो भएपनि उडान प्रतिबन्ध खुलेपछि सुचारु हुने बताउँछन्। ‘अहिले कसैलाई पनि उद्धार गर्नुपर्ने अवस्था हो जस्तो लाग्दैन मलाई,’ यसबारे नेपाल लाइभले राखेको जिज्ञासामा उनले भने, ‘नेपाल आउन चाहने नेपालीहरुको सन्दर्भमा अहिले उडान बन्द भएको हुनाले त्यो सुचारु भएपछि मात्रै यी प्रक्रियाहरु सुरु हुन्छन्।’

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

धेरै देशले नेपालमा रहेका आफ्ना नागरिक लिए पनि नेपालले भने विदेशमा रहेका नेपालीबारे अहिलेसम्म कुनै ठोस योजना बनाएको छैनन्। ‘जहा हुनुहुन्छ, त्यही सुरक्षित रहनुहोस्। अप्ठ्यारो परे सम्बन्धित देशले आफ्नै नागरिक सहर व्यवहार गर्छन्,’ भन्ने जवाफ राष्ट्रपति, प्रधानमन्त्रीदेखि परराष्ट्रमन्त्रीसम्मले दिइरहेका छन्।

प्रकाशित मिति: मंगलबार, वैशाख १६, २०७७  ११:१२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
पाकिस्तानी कप्तान फरहान कर्णाली याक्समा
हरिशरणले सिकाए रविलाई राजनीति !
एनपिएलकाे टिकट दर सार्वजनिक
सम्बन्धित सामग्री
एक साताको अवधिमा ५२ जनामा कोराना संक्रमण पुष्टि इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को आँकडा अनुसार गएको हप्ता पाँच प्रदेशमा कोभिड–१९ सङ्क्रमणको केस भेटिएको छ । बिहीबार, असार २६, २०८२
नेपालमा भेटियो कोरोनाका दुई नयाँ भेरियन्ट: ‘केपी वान’ र ‘केपी टु’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्‍याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा... शुक्रबार, जेठ ११, २०८१
कोरोना परीक्षणको दैनिक प्रतिवेदन पठाउन सरकारको निर्देशन  कोरोना भाइरस (कोभिड १९)को नयाँ भेरियन्टका संक्रमितहरु भेटिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस परीक्षणको प्रतिवेदन द... बुधबार, पुस २५, २०८०
ताजा समाचारसबै
पाकिस्तानी कप्तान फरहान कर्णाली याक्समा बिहीबार, कात्तिक ५, २०८३
हरिशरणले सिकाए रविलाई राजनीति ! बिहीबार, कात्तिक ५, २०८३
एनपिएलकाे टिकट दर सार्वजनिक बिहीबार, कात्तिक ५, २०८३
श्रीलंकाका पूर्वकप्तान एन्जेलो म्याथ्युज विराटनगर किङ्समा बिहीबार, कात्तिक ५, २०८३
लुम्बिनीले भित्रायाे अमेरिकी अलराउन्डर शाङ्ली भान बिहीबार, कात्तिक ५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सुरेश अधिकारी भन्छन्–  ‘दशैं गीत’ ले मेरो जीवन नै सार्थक बनायो बुधबार, कात्तिक ४, २०८३
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्