• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, भदौ ११, २०८३ Thu, Aug 27, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कोरोना अपडेट

बंगलादेशमा रहेका विद्यार्थी उद्धारका लागि दबाब दिन परराष्ट्रमन्त्रीलाई एसएमएस पठाउने अभियान

64x64
नेपाल लाइभ मंगलबार, वैशाख १६, २०७७  ११:१२
1140x725

काठमाडौं– बंगलादेशमा अध्यनरत नेपाली विद्यार्थीको उद्धारका लागि  सरकारलाई दबाब दिन मेडिकल विद्यार्थीहरुले एसएमएस अभियान सुरु गरेका छन्। मेडिकल अध्यनरत विद्यार्थीहरुको संस्था ‘फडेरेशन अफ नेप्लिज मेडिकल स्टुडेन्ट’को पहलमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई एसएमएस पठाउने अभियान थालिएको हो।

एसएमएसमा बंगलादेशमा कोरोना महामारीले बिकरालरुप लिँदै गरेको र त्यहाँ अड्किएका नेपाली विद्यार्थीले स्वदेश फर्किन चाहेकाले त्यो वातावरण मिलाइदिन मन्त्री ज्ञवालीलाई आग्रह गरिएको छ। सरकारलाई झकझक्याउन एसएमएस अभियान सुरु गरिएको र त्यसलाई ‘डिजिटल मुभमेन्ट’का रुपमा अघि बढाउने ‘फडेरेशन अफ नेप्लिज मेडिकल स्टुडेन्ट’का अध्यक्ष नरेश भट्टले बताए।

‘हामी सबै विद्यार्थी आबद्ध भएको संस्था भएकाले यहीबाट नेतृत्व गर्ने भन्ने कुरा भयो,’ उनले नेपाल लाइभसँग भने, ‘अहिलेलाई एसएमएस अभियान गर्ने, भोलिदेखि ट्विटरमा ह्यासट्याग अभियान चलाउने। डिजिटल मुभमेन्ट गरेर सरकारलाई झकझ्यक्याउने र ध्यानार्कषण गराउने हाम्रो उदेश्य हो।’ 

कोरोना भाइरस संक्रमण फैलिएर आफूहरु जोखिममा परेका बेला पनि सरकारले वेवास्ता गरेको भन्दै बंगलादेशमा अध्ययनरत विद्यार्थीहरुले सरकारप्रति आक्रोश पोखिरहेका छन्। बंगालदेशमा पछिल्लो समय कोरोना संक्रमण तीव्र गतिमा बढ्न थालेको भन्दै आफूहरु पनि कोरोना संक्रमित भइने हो कि भन्ने उनीहरुको चिन्ता छ।

पछिल्लो विवरण अनुसार बंगलादेशमा ५ हजार ९ सय १३ जनालाई कोरोना संक्रमण भएको छ भने  १ सय ५२ को मृत्यु भइसकेको छ।

बंगलादेशस्थित नेपाली दूतावासलाई त्यहाँको सरकारले नेपाली विद्यार्थीलाई आफ्नै नागरिक सहर व्यवहार गर्ने आश्वासन दिएको भनिए पनि उनीहरु विश्वस्त छैनन्। ‘यताको सरकार आफैं निरीह भइसकेको छ,’ नेपाली विद्यार्थी रमन कार्कीले अघिल्लो साता नेपाल लाइभसँग भनेका थिए, ‘त्यस्तोमा हाम्रा लागि भनेर सहयोग, सहजीकरण हुने कुनै अत्तोपत्तो छैन।’

कोरोना नियन्त्रण गर्न भन्दै त्यहाँको सरकारले लकडाउन घोषणा गरे पनि त्यसको त्यहाँ पालना नभइरहेको नेपाली विद्यार्थीहरु बताउँछन्। लकडाउनको पालना नहुँदा कोरोना संक्रमण बढ्ने र त्यसको मारमा आफूहरु पनि पर्ने त्रास उनीहरुलाई छ।

विद्यार्थीहरुको आक्रोश ढाकास्थित नेपाली दूतावास र राजदूतप्रति पनि छ। आफूहरुले दूतावासमार्फत् सरकारलाई बुझाएको ज्ञापन पत्र समेत नबुझाइदिएको आरोप विद्यार्थीहरुको छ। विद्यार्थीहरुले बुझाएको विज्ञप्तिमा आफूहरु आफ्नै खर्चमा पनि नेपाल आउन तयार भएको र त्यसका लागि सरकारले सहजीकरण गरिदिनुपर्ने माग गरिएको छ। 

nimb
nimb

‘हामीलाई उद्धार गरेर लिएर जाने राज्यको दायित्व हुँदाहुँदै पनि यदि राज्यसँग कुनै आर्थिक कठिनाई रहेको अवस्था छ भने राज्यले  हामीलाई एउटा चार्टर्ड प्लेनको व्यवस्थापन गरिदिए त्यसको न्यूनतम लागत हामीले आफैं तिरेर आफ्नै खर्चमा नेपाल जानेछौं,’ उक्त ज्ञापन पत्रमा उनीहरुले लेखेका छन्, ‘नेपाल पुगिसकेपछि हामी होम क्वारेन्टाइन अथवा राज्यले तोकेको स्थानमा क्वारेन्टाइन बस्न तयार छौं।’

यो पनि पढ्नुहोस्

बंगलादेशबाट नेपाली विद्यार्थीको आक्रोश : आफ्नै खर्चमा स्वदेश फर्किन्छौं भन्दा पनि नसुन्ने कस्तो सरकार?मंगलबार, वैशाख ९, २०७७

उक्त आरोपको राजदूत डा. वंशिधर मिश्रले भने अस्वीकार गरेका थिए। ‘विद्यार्थीहरुले दिएको ज्ञापन पत्र मैले परराष्ट्र मन्त्रालयमा नपठाएको भन्ने कुरा गलत हो,’ अघिल्लो साता नै राजदूत मिश्रले यसबारे नेपाल लाइभसँग भनेका थिए, ‘मैले परराष्ट्रमन्त्री र परराष्ट्र सचिव दुवै जनालाई त्यो ज्ञापन पत्र पठाइदिएको छु। हामी यहाँको अवस्थाका बारेमा दैनिक रुपमा परराष्ट्र मन्त्रालयलाई रिपोर्ट पठाउँछौं।’

सरकारले विद्यार्थीहरुलाई उद्धार गरेर लैजाने निर्णय गर्ने बित्तिकै दूतावासले विमान चार्टर्ड गरेर विद्यार्थी स्वेदश फर्काउन तयार रहेको राजदूत मिश्रको भनाइ छ।

परराष्ट्र मन्त्रालयका प्रवक्ता भरतराज पौड्याल भने अहिले कसैलाई पनि उद्धार गनुपर्ने अवस्था नरहेको र त्यो भएपनि उडान प्रतिबन्ध खुलेपछि सुचारु हुने बताउँछन्। ‘अहिले कसैलाई पनि उद्धार गर्नुपर्ने अवस्था हो जस्तो लाग्दैन मलाई,’ यसबारे नेपाल लाइभले राखेको जिज्ञासामा उनले भने, ‘नेपाल आउन चाहने नेपालीहरुको सन्दर्भमा अहिले उडान बन्द भएको हुनाले त्यो सुचारु भएपछि मात्रै यी प्रक्रियाहरु सुरु हुन्छन्।’

धेरै देशले नेपालमा रहेका आफ्ना नागरिक लिए पनि नेपालले भने विदेशमा रहेका नेपालीबारे अहिलेसम्म कुनै ठोस योजना बनाएको छैनन्। ‘जहा हुनुहुन्छ, त्यही सुरक्षित रहनुहोस्। अप्ठ्यारो परे सम्बन्धित देशले आफ्नै नागरिक सहर व्यवहार गर्छन्,’ भन्ने जवाफ राष्ट्रपति, प्रधानमन्त्रीदेखि परराष्ट्रमन्त्रीसम्मले दिइरहेका छन्।

प्रकाशित मिति: मंगलबार, वैशाख १६, २०७७  ११:१२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
भोटेकोशी बाढीः पत्रकार टेकराज थामी र शेखर ढुंगाना सम्पर्कविहीन
अन्तर्राष्ट्रिय दाताका लागि सहयोग गर्न गेटवे खुल्यो
महाधिवेशन रोक्न माग गर्दै देउवा र खड्काले दिएको निवेदनमा सुनुवाइ सुरु
सम्बन्धित सामग्री
एक साताको अवधिमा ५२ जनामा कोराना संक्रमण पुष्टि इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को आँकडा अनुसार गएको हप्ता पाँच प्रदेशमा कोभिड–१९ सङ्क्रमणको केस भेटिएको छ । बिहीबार, असार २६, २०८२
नेपालमा भेटियो कोरोनाका दुई नयाँ भेरियन्ट: ‘केपी वान’ र ‘केपी टु’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्‍याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा... शुक्रबार, जेठ ११, २०८१
कोरोना परीक्षणको दैनिक प्रतिवेदन पठाउन सरकारको निर्देशन  कोरोना भाइरस (कोभिड १९)को नयाँ भेरियन्टका संक्रमितहरु भेटिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस परीक्षणको प्रतिवेदन द... बुधबार, पुस २५, २०८०
ताजा समाचारसबै
भोटेकोशी बाढीः पत्रकार टेकराज थामी र शेखर ढुंगाना सम्पर्कविहीन बिहीबार, भदौ ११, २०८३
अन्तर्राष्ट्रिय दाताका लागि सहयोग गर्न गेटवे खुल्यो बिहीबार, भदौ ११, २०८३
महाधिवेशन रोक्न माग गर्दै देउवा र खड्काले दिएको निवेदनमा सुनुवाइ सुरु बिहीबार, भदौ ११, २०८३
चिनियाँ प्रधानमन्त्री बाढी प्रभावित क्षेत्रको निरीक्षणमा बिहीबार, भदौ ११, २०८३
नुवाकोटका बाढी प्रभावित क्षेत्र निरीक्षण गरेर फर्किए प्रधानमन्त्री बालेन बिहीबार, भदौ ११, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
देउवालाई सर्वोच्चले दिएन राहत, आदेश संशोधनको माग अस्वीकार बुधबार, भदौ १०, २०८३
बालेन सरकारबाट नियुक्ति पाउने ‘भाग्यमानी’हरू : कहाँ, को भए ? बुधबार, भदौ १०, २०८३
बाँध फुटेको दाबी चीनले गर्‍यो अस्वीकार, सूचना नदिएको आरोपमा के भन्यो ? बिहीबार, भदौ ११, २०८३
बीओपी टिमुरेका ९ सशस्त्र प्रहरी सम्पर्कविहीन बुधबार, भदौ १०, २०८३
केरुङमा पनि पहिरो, उद्धारमा जुट्न सी जिनपिङको निर्देशन बुधबार, भदौ १०, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
संविधानमा गरिनुपर्ने मुलभूत संशोधन र परिमार्जन डा. नारायण घिमिरे
प्रेस स्वतन्त्रता: बालेन सरकारले संविधान मिचेको तीन प्रमाण नेपाल लाइभ
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
प्रधानमन्त्री र प्रधानन्यायाधीश एकैपटक पोखरा हुँदै मुस्ताङ किन जाँदैछन् ? बिहीबार, भदौ ४, २०८३
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? सोमबार, भदौ ८, २०८३
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे... मंगलबार, भदौ ९, २०८३
देउवालाई सर्वोच्चले दिएन राहत, आदेश संशोधनको माग अस्वीकार बुधबार, भदौ १०, २०८३
पार्टी निर्णयविपरीत गतिविधि गरेको भन्दै उद्धव थापा पदमुक्त सोमबार, भदौ ८, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्