• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज ६, २०८३ Tue, Sep 22, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कोरोना अपडेट

बंगलादेशबाट नेपाली विद्यार्थीको आक्रोश : आफ्नै खर्चमा स्वदेश फर्किन्छौं भन्दा पनि नसुन्ने कस्तो सरकार?

64x64
रामकुमार डिसी मंगलबार, वैशाख ९, २०७७  १०:४५
1140x725

काठमाडौं– कोरोना भाइरस संक्रमण फैलिएर आफूहरु जोखिममा परेका बेला पनि सरकारले बेवास्ता गरेको भन्दै बंगलादेशमा अध्ययनरत विद्यार्थीहरुले सरकारप्रति आक्रोश पोखेका छन्।

बंगालदेशमा पछिल्लो सयम कोरोना संक्रमण तीव्र गतिमा बढ्न थालेको भन्दै आफूहरु पनि कोरोना संक्रमित भइने हो कि भन्ने उनीहरुको चिन्ता छ।

पछिल्लो विवरण अनुसार, बंगलादेशमा झन्डै ३ हजारलाई कोरोना संक्रमण भएको छ। १ सयभन्दा बढीको मृत्यु भइसकेको छ।

बंगलादेशमा अधिकांश नेपाली विद्यार्थीहरु मेडिकल अध्ययनका लागि गएका छन्। त्यहाँस्थित नेपाली दूतावासलाई त्यहाँको सरकारले नेपाली विद्यार्थीलाई आफ्नै नागरिक सहर व्यवहार गर्ने आश्वासन दिएको भनिए पनि उनीहरु विश्वस्त छैनन्। 

‘यताको सरकार आफैं निरीह भइसकेको छ,’ नेपाली विद्यार्थी रमन कार्की भन्छन्, ‘त्यस्तोमा हाम्रा लागि भनेर सहयोग, सहजीकरण हुने कुनै अत्तोपत्तो छैन।’

कोरोना नियन्त्रण गर्न भन्दै त्यहाँको सरकारले लकडाउन घोषणा गरे पनि त्यसको त्यहाँ पालना नभइरहेको नेपाली विद्यार्थीहरु बताउँछन्। लकडाउनको पालना नहुँदा कोरोना संक्रमण बढ्ने र त्यसको मारमा आफूहरु पनि पर्ने त्रास उनीहरुलाई छ।

‘यहाँ नाम मात्रैको लकडाउन छ,’ अर्की विद्यार्थी शोभा पाण्डे भन्छिन्, ‘यहाँभन्दा नेपालमा धेरै कडा लकडाउन भएको हामी समाचारमार्फत थाहा पाइरहेका छौं। मेरो घर बुटवल हो, त्यहाँ पनि लकडाउन निकै कडा पारिएको सुनिन्छ।’

लकडाउन खुकुलो भएकाले आफूहरु आत्तिरहेको नवीन यादव बताउँछन्। ‘हामीहरु धेरै आत्तिएका छौं,’ यादव भन्छन्, ‘धेरै विद्यार्थीलाई उनीहरुको सरकारले लगिसकेको अवस्था छ। हामी त यहाँ राज्यविहीन र अलपत्र अवस्थामा जस्तो भएका छौं। सबै छात्रावासमा नेपाली विद्यार्थीहरु मात्रै छौं।’

Ncell 2
Ncell 2
nimb
nimb

बाहिर समान किन्न जानुपर्ने बाध्यता रहेको र त्यसबाटै संक्रमणको खतरा रहेको यादव बताउँछन्। भन्छन्, ‘समान किन्न बाहिर जानुपर्छ। त्यतिबेला पनि संक्रमणको खतरा हुन्छ। कतिलाई त आर्थिक समस्या पनि छ। पैसा हुँदाहुँदै पनि समान किन्न सकिने अवस्था छैन। समान पाइरहेको अवस्था पनि छैन।’

विद्यार्थीहरुको आक्रोश ढाकास्थित नेपाली दूतावास र राजदूतप्रति पनि छ। आफूहरुले दूतावासमार्फत सरकारलाई बुझाएको ज्ञापन पत्र समेत नबुझाइदिएको आरोप विद्यार्थीहरुको छ। 

‘हामीलाई उद्धार गरेर लिएर जाने राज्यको दायित्व हुँदा हुँदै पनि यदि राज्यसँग कुनै आर्थिक कठिनाई रहेको अवस्था छ भने राज्यले  हामीलाई एउटा चार्टर प्लेनको व्यवस्थापन गरिदिए त्यसको न्युनतम लागत हामीले आफै तिरेर आफ्नै खर्चमा नेपाल जानेछौं,’ हप्तादिन अघि बुझाइएको उक्त ज्ञापन पत्रमा उनीहरुले लेखेका छन्, ‘नेपाल पुगिसकेपछि हामी होम क्वारेन्टिन अथवा राज्यले तोकेको स्थानमा क्वारेन्टिन बस्न तयार छौं।’

ज्ञापन पत्र नै परराष्ट्रसम्म नपुर्‍याएदिएको आरोप राजदूत डा वंशिधर मिश्र भने स्वीकार गर्दैनन्। ‘विद्यार्थीहरुले दिएको ज्ञापन पत्र मैले परराष्ट्र मन्त्रालयमा नपठाएको भन्ने कुरा गलत हो,’ राजदूत मिश्र भन्छन्, ‘मैले परराष्ट्र मन्त्री र परराष्ट्र सचिव दुवै जनालाई त्यो ज्ञापन पत्र पठाइदिएको छु। हामी यहाँको अवस्थाका बारेमा दैनिक रुपमा परराष्ट्र मन्त्रालयलाई रिपोर्ट पठाउँछौं।’

बंगलादेश सरकारले केही मेडिकल कलेजलाई नै कोरोना विशेष अस्पताल गराउने निर्णयबाट नेपाली विद्यार्थी धेरै झस्किएका छन्। मेडिकल कलेज र छात्रावास नजिक–नजिकै हुने भन्दै उनीहरु यसबाट संक्रमणको जोखिम झन् बढ्ने बताउँछन्। 

‘मेडिकल अस्पताललाई नै कोरोना विशेष अस्पताल बनाउँदा विदार्थीलाई कोरोना संक्रमण हुने जोखिम धेरै बढ्छ,’ संयुक्त  राष्ट्रसंघको छात्रवृत्तिमा बंगलादेशमा गएर कानुन  विषयमा अध्यन गरिरहेका डायमन्ड लामिछाने भन्छन्,  ‘होस्टेल र मेडिकल कलेज सँगसँगै हुन्छ। त्यस्तो अवस्थामा कोरोना संक्रमणको जोखिम निकै हुन्छ।’

राजदूत मिश्र नेपाली विद्यार्थीहरु करिब ९० वटा कलेजमा अध्यन गरिरहेको र त्यसमध्ये २ वटालाई कोरोना विशेष अस्पताल बनाउने निर्णय बंगलादेशले गरेको आफूले बुझेको बताउँछन्। तर, उनी नेपाली विद्यार्थीको सुरक्षामा खेलबाड गर्न नदिइने बताउँछन्। 

‘नेपाली विद्यार्थीहरुले करिब ९० मेडिकल कलेजमा पढ्नुहुन्छ,’ उनी भन्छन्, ‘त्यसमध्ये दुई वटा कलेजलाई कोरोना ‘डेडिकेटेड’ अस्पताल यहाँको सरकारले गराउन लागेको भन्ने बुझिएको छ। हामी यो बारेमा कलेज प्रशासनसँग कुरा गर्दै छौं। हाम्रा विद्यार्थीको सुरक्षामा खेलबाड गर्न पाइँदैन। हाम्रा विद्यार्थीलाई सुरक्षित स्थानमा नसारिएसम्म, उनीहरुको सुरक्षाको ग्यारेन्टी नगरिएसम्म हामी त्यहाँ कोरोना अस्पताल बनाउने कुरामा सहमत छैनौं।’

विद्यार्थीहरुको तथ्यांक अनुसार त्यहाँ करिब ६ सय ५० नेपाली विद्यार्थी छन्। दूतावासका अनुसार त्यहाँ करिब ८ सय छन्। 

आफ्नै खर्चमा स्वदेश फर्किन्छौं भन्दा पनि सरकारले नसुनेको भन्दै उनीहरु सरकारप्रति आक्रोशित छन्। उनीहरुको आग्रह छ– ‘सरकार भएपछि ऊ अभिभावक जस्तो बनोस्।’

राजदूत मिश्रचाहिँ सरकारले विद्यार्थीहरुलाई उद्धार गरेर लैजाने निर्णय गर्ने बित्तिकै दूतावासले विमान चार्टर गरेर विद्यार्थी स्वेदश फर्काउन तयार रहेको बताउँछन्।

० ० ० 

विद्यार्थीका गुनासा र आक्रोश अनि राजदूतको जवाफः

हाम्रो राज्य नै नभएको जस्तो भइरहेको छ
नवीन यादव, विद्यार्थी


हामीहरु धेरै आत्तिएका छौं। धेरै विद्यार्थीलाई उनीहरुको सरकारले लगिसकेको अवस्था छ। हामी त यहाँ राज्यविहीन र अलपत्र अवस्थामा जस्तो छौं। सबै छात्रावासमा नेपाली विद्यार्थीहरु मात्रै छौं।

समान किन्न बाहिर जानुर्छ। त्यतिबेला पनि संक्रमणको खतरा हुन्छ। कतिलाई त आर्थिक समस्या पनि छ। पैसा हुँदाहुँदै पनि समान किन्न सकिने अवस्था छैन्, समान पाइरहेको अवस्था पनि छैन।

ढाकाभन्दा बाहिर रहेका कतिपय मेडिकल कलेज नै कोरोना अस्पतालका रुपमा परिवर्तन भइसके।

अस्पताल र छात्रावास नजिकै हुन्छ। छात्रावासमा पनि काम गर्ने मान्छे हिँडिराख्छन्। अहिले हामीहरुलाई समयमै उद्धार गर्न सकिएन भने पछि  सरकारले केही पनि गर्न सक्दैन।

यहाँ चाडै नै दक्षिण एसियाको इटाली भन्ने खतरा छ। जनसंख्या धेरै छ। लकडाउन खासै पालना भएको पाइएको छैन।

सरकार, नेपाली दूतावासले जहाँ छौ, त्यहीँ सुरक्षित बस भनिरहेको छ। हामी आफ्नो देशमा सुरक्षित हुन सक्दैनौं भने विदेशमा कसरी सुरक्षित हुन सक्छौं? 

यहाँको सरकारले हामीलाई पनि यहाँको सरकारले जस्तै व्यवहार गर्छ भनेर दूतावासले सुरुमा हौसला दियो। तर, हामीले त्यस्तो कुनै पनि मद्दत पाइरहेका छैनौं, यहाँको सरकारबाट।

जसले पनि बुझ्ने कुरा हो नि, बंगालादेशले आफ्नै नागरिकलाई त केही गर्न सकेको छैन् भने हामीलाई कसरी हेर्ला?

कती साथीहरु मानसिक रुपमा पनि विक्षिप्त हुन थाल्नुभएको छ। 

दूतावासले टार्ने काम मात्रै गरिरहेको छ। राजदूतले स्वाथ्य र सुरक्षाका हिसाले सुरक्षित छ भन्ने वक्तव्य दिइरहनु भएको छ। 

सरकारले केही गर्छ कि भनेर हामीले ८÷१० दिन पर्खियौं। तर, अहिलेसम्म केही पनि भएन।

० ० ०

खाना नै सुरक्षित छैन
शोभा पाण्डे, विद्यार्थी


यहाँ मार्च २६ देखि लकडाउन घोषणा गरिएको थियो। त्यसबेलादेखि अहिलेसम्म हामी कलेजको छात्राबासमा बसिरहेका छौं। हाम्रो होस्टेलमा कुल ५५ जना विद्यार्थी थिए। त्यसमध्ये हामी दुई जना मात्रै नेपाली छौं। 

यहाँ नाम मात्रैको लकडाउन छ। यहाँभन्दा नेपालमा धेरै कडा लकडाउन भएको हामी समाचारमार्फत थाहा पाइरहेका छौं। मेरो घर बुटवल हो, त्यहाँ पनि लकडाउन निकै कडा पारिएको सुनिन्छ।

हाम्रो होस्टेलमा बस्ने धेरै बंगलादेशी नै हुन्। उनीहरु आफ्नो घर गइसके। भुटान, मलेसियाले आफ्नो विद्यार्थी लगिसके। बाँकी नेपाली र इरानी मात्रै छौं। इरानमा यहाँको भन्दा भयावह अवस्था भएकाले नगएका मात्रै हुन्, नत्र गइसकेका हुन्थे। 

म डेन्टल अध्ययन गर्दै छु। अन्तिम वर्षको परीक्षा दिएर ‘भाइभा’ मात्रै बाँकी थियो। एक/दुई दिनमा भाइबा हुने कुरा थियो। त्यही बेला लकडाउन भयो।  भाइबा सकिने बित्तिकै घर गइन्छ भन्ने सोच बनाएकाले हामीसँग त्यति धेरै पैसा पनि थिएन। भएको पैसाले पनि घर जाने भनेर लागि किनमेल गर्दा सकियो।

हामीचाहिँ यहाँको खाना मन नपर्ने भएको हुनाले क्यान्टिनमा खाना खाँदैनौं। तर, अरु ८० प्रतिशत नेपाली विद्यार्थी क्यान्टिनको खाना खान्छन्। प्याकेटमा खाना दिन्छ। त्यो कसले बनाउँछ? खाना बनाउनेहरु कोरोनाबाट सुरक्षित भन्ने ग्यारेन्टी छैन। 

अहिले मेडिकल कलेजलाई नै कारोना विशेष अस्पताल बनाउने भनिएको छ। त्यस्तो भयो भने धेरै विद्यार्थी असुरक्षित हुन्छौं। धेरैलाई कोरोना हुने जोखिम हुन्छ।

० ० ०

हामीलाई पनि कोरोना संक्रमणको जोखिम निकै छ
डायमन्ड लामिछाने, विद्यार्थी

हामी ‘जुम एप’ मार्फत विद्यार्थीहरुसँग सम्पर्क गरिरहेका छौं। यहाँ सबै त्रसित अवस्था छन्। आर्थिक समस्या छ। कसैले त खाना नपाएको अवस्था छ। 

हाम्रा लागि दूतावास भनेको अभिभावक हो। तर, दूतावासले नै गैरजिम्मेवार व्यवहार गरिरहेको छ। उहाँहरु गुमनाम हुनुहुन्छ। उल्टै मिडियामा गएर भए/नभएको कुरा गरिरहनुभएको छ। 

यहाँ संक्रमणको निकै जोखिमा छ। बंगलादेश र अन्य देशका रहेका नेपाली विद्यार्थीको तुलना नै गर्न मिल्दैन। यहाँ अधिकांश भविष्यको चिकित्सक हुनुहुन्छ। उहाँहरु नै कोरोनाको जोखिममा पर्नुभयो भने बिरामीको उपचार चाहिँ कसले गर्ने?

ढाकाभन्दा पनि बाहिर धेरै नेपाली विद्यार्थीहरु छन्। उहाँरुको समस्या समाधान भएको छैन। खाना, बस्नको कुराभन्दा पनि उद्धार गर्ने बेला हो यो।

मेडिकल अस्पताललाई नै कोरोना विशेष अस्पताल बनाउँदा विदार्थीलाई कोरोना संक्रमण हुने जोखिम धेरै बढ्छ। होस्टेल र मेडिकल कलेज सँगसँगै हुन्छ। त्यस्तो अवस्थामा कोरोना संक्रमणको जोखिम निकै हुन्छ।

० ० ०

आफैं पैसा तिरेर फर्कन्छौं, व्यवस्था मिलाउनुहोस्
रमन कार्की, विद्यार्थी


हामी आफैले आफ्नै पहलमा यहाँका विभिन्न कलेजका विद्यार्थीलाई सम्पर्क गर्दै समस्या बुझ्न खोजेका छौं। यति गर्दा पनि दूतावासले चुप लागेर बसे यो मान्य हुने छैन। 

यताको सरकार आफै निरीह भइसकेको छ। त्यस्तोमा हाम्रा लागि भनेर कुनै सहयोग, सहजीकरण हुने कुनै अत्तोपत्तो छैन। 

आफ्नै दूतावासले त नहेरेको हामी अब के आशा गरौं?

जसो तसो सबै बसेका छन् तर अब कति दिन? हामी यसरी बसिरहँदा संक्रमणको दिनहुँ जोखिम बढ्दो छ। पैसाको कमी हुदै गएको छ।  अब सरकार मौन रहे हामी सरकारविहीन देशका नागरिक बन्ने छौं।

अझै समय छ, हामीले सरकारलाई सहज होस् भनेर नै आफैं पैसा तिरेर फर्कन्छौं, व्यवस्था मिलाउनुस् भनेका हौं।

दूतावासले टालटुल गरेर बस्न खोज्नु हामीलाई उचित लागेको छैन।  सकिन्छ भने हामीलाई गर्दिनुस्, सक्नु हुन्न भने हामी अर्को बाटो रोज्छौं।

० ० ०

उद्धारका लागि सरकारको निर्णयको प्रतिक्षा गरिरहेका छौं
डा वंशिधर मिश्र
राजदूत, नेपाली दूतावास, ढाका


विद्यार्थीहरुले दिएको ज्ञापन पत्र मैले परराष्ट्र मन्त्रालयमा नपठाएको भन्ने कुरा गलत हो। मैले परराष्ट्र मन्त्री र परराष्ट्र सचिव दुवै जनालाई त्यो ज्ञापन पत्र पठाइदिएको छु।  

हामी यहाँको अवस्थाका बारेमा दैनिक रुपमा परराष्ट्र मन्त्रालयलाई रिपोर्ट पठाउँछौं। 

यहाँ दैनिक रुपमा कोरोना संक्रमितको संख्या बढ्दै छ। यहाँका स्थानीय मानिसहरुले लकडाउनको खासै पालना नगरेको देखिन्छ। त्यो देख्दा विद्यार्थी भाइबहिनीहहरु आत्तिनु भएको हो। त्यो स्वभाविकै पनि हो। 

हामी नेपाली विद्यार्थीहरुसँग दैनिक  रुपमा सम्पर्कमा छौं। उहाँहरु सबै अहिलेसम्म सुरक्षित हुनुहुन्छ। हामीले त्यहाँ रहेका नेपाली विद्यार्थीहरुका लागि अनलाइन दर्ता पनि बनाएका छौं। प्रायः सबै विद्यार्थी त्यसमा दर्ता पनि हुनु भएको छ। ८ सय ३७ जना विद्यार्थीले त्यसमा आफ्नो विवरण दर्ता गराउनु भएको छ। त्यसमा केही दोहोरिएको पनि छ। 

उहाँहरुसँग नियमित सम्पर्कका लागि दूतावासको हटलाइन नम्बर पनि छ। म आफैलाई व्यक्तिगत रुपमा पनि समस्या राख्न सकिन्छ। त्यसका लागि मैले मेरो नम्बर सार्वजनिक रुपमा दिएको पनि छु। 

केही कलेजले हाम्रा विद्यार्थीलाई इन्टर्नसिपमा पठाउन पनि खोजेका थिए। मैले कलेजका प्रशासनसँग कुरा गरेर कठिन परिस्थितिमा नेपाली विद्यार्थीलाई काममा नलगाउन भनेको छु। 

आर्थिक समस्यामा परेका विद्यार्थीलाई सहजीकरण गर्ने काम पनि दूतावासले गरिरहेको छ। धेरै विद्यार्थीको बैंक खाता नरहेको पाइयो। त्यसैले बैंकबाट पैसा पठाउन पनि समस्या छ। त्यस्तोमा नेपालबाट रकम पठाउन दूतावाले सहजीकरण गरिरहेको छ। 

विद्यार्थीहरुको चाहाना घर फर्किन पाऊँ भन्ने छ। त्यो स्वभाविक पनि हो। हरेकलाई आफ्नो घर फर्किने चाहाना हुन्छ। हामी पनि उहाँहरुलाई नेपाल फर्काउन चाहन्छौं। तर, यो कुरा नेपाल सरकारको निर्णयमा भर पर्छ। ढाकाभन्दा बाहिर पनि धेरै नेपाली विद्यार्थी छन्। अहिलेको अवस्थामा उहाँहरुलाई सुरक्षित रुपमा ढाकामा ल्याउन चुनौती पनि छ। 

तर, पनि हामी गाडीको व्यवस्था गरेर हुन्छ अथवा के गरेर हुन्छ त्यो व्यवस्था गर्न सक्छौं यहाँबाट विद्यार्थी उद्धार गरेर लैजाने भनेको अवस्थामा। 

धेरै विद्यार्थी अहिले मानसिक रुपमा प्रताडित पनि हुनुहुन्छ। अहिले सबैले उहाँहरुलाई ढाडस दिने बेला हो। 

हामी नेपाल सरकारको निर्णयको प्रतीक्षामा छौं। सरकारले निर्णय गरेपछि हामी विमान चार्टर गरेर पनि विद्यार्थी यहाँबाट पठाउन सक्छौं। 

नेपाली विद्यार्थीहरुले करिब ९० मेडिकल कलेजमा पठ्नुहुन्छ। त्यसमध्ये दुई वटा कलेजलाई कोरोना डेडिकेटेड अस्पताल यहाँको सरकारले गराउन लागेको भन्ने बुझिएको छ। हामी यो बारेमा कलेज प्रशासनसँग कुरा गर्दै छौं। 

हाम्रो विद्यार्थीको सुरक्षामा खेलबाड गर्न पाइँदैन्। हाम्रा विद्यार्थीलाई सुरक्षित स्थानमा नसारिसम्म, उनीहरुको सुरक्षाको ग्यारेन्टी नगरिएसम्म हामी त्यहाँ कोरोना अस्पताल बनाउने कुरामा सहमत छैनौं।

प्रकाशित मिति: मंगलबार, वैशाख ९, २०७७  १०:४५
  • #बंगलादेश
  • #विद्यार्थी

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
रामकुमार डिसी
नेपाल लाइभका वरिष्ठ संवाददाता डिसी परराष्ट्र, रक्षा तथा राजनीतिक बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
फर्किएनन् द्वन्द्वकालमै हराएका आफन्त
नेपाली भूमिमा भारतको सडक : दलपिच्छे विज्ञप्ति, नेतापिच्छे बोली
कालापानी : विज्ञप्तिपछिको विकल्प के?
सम्बन्धित सामग्री
एक साताको अवधिमा ५२ जनामा कोराना संक्रमण पुष्टि इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को आँकडा अनुसार गएको हप्ता पाँच प्रदेशमा कोभिड–१९ सङ्क्रमणको केस भेटिएको छ । बिहीबार, असार २६, २०८२
नेपालमा भेटियो कोरोनाका दुई नयाँ भेरियन्ट: ‘केपी वान’ र ‘केपी टु’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्‍याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा... शुक्रबार, जेठ ११, २०८१
कोरोना परीक्षणको दैनिक प्रतिवेदन पठाउन सरकारको निर्देशन  कोरोना भाइरस (कोभिड १९)को नयाँ भेरियन्टका संक्रमितहरु भेटिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस परीक्षणको प्रतिवेदन द... बुधबार, पुस २५, २०८०
ताजा समाचारसबै
बालेनको सचिवालयले पासपोर्ट ठेक्का दिन खोजेको आइडिमियाको रिट सर्वोच्चद्वारा खारेज सोमबार, असोज ५, २०८३
प्रधानमन्त्री बालेन नोभेम्बरमा दिल्ली जाने तयारी सोमबार, असोज ५, २०८३
३५ उपसचिवको सरुवा : को कहाँ ? (नामावलीसहित) सोमबार, असोज ५, २०८३
अर्थ मन्त्रालयमा व्यापक जिम्मेवारी हेरफेर, ठूला करदाता कार्यालयदेखि भन्सारसम्म नयाँ नेतृत्व सोमबार, असोज ५, २०८३
भोटेकोशी बाढीपीडितका लागि अस्थायी आवासको तयारी तीव्र सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिपुरेश्वरमा बस जल्नुअघि चालक र ट्राफिक प्रहरीबीच विवाद सोमबार, असोज ५, २०८३
योगेशको राजीनामा मागप्रति ओलीको कडा टिप्पणी : ‘कमिटीमा छलफल गर्नुस्, मिडियामा होइन’ सोमबार, असोज ५, २०८३
अर्थ मन्त्रालयमा व्यापक जिम्मेवारी हेरफेर, ठूला करदाता कार्यालयदेखि भन्सारसम्म नयाँ नेतृत्व सोमबार, असोज ५, २०८३
३५ उपसचिवको सरुवा : को कहाँ ? (नामावलीसहित) सोमबार, असोज ५, २०८३
अमेरिका जानुअघि प्रधानमन्त्री बालेनसँग प्रधानसेनापति सिग्देलको भेट, के भयो कुराकानी? सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्