काठमाडौं- सरकारले राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा कोभिड-१९ को पिसिआर परीक्षण सुरु गर्न अनुमति दिएको छ। योसँगै देशभरका १६ स्थानमा कोरोना भाइरस(कोभिड-१९)को ल्याव परीक्षण सेवा सुरु भएको छ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु, वीर अस्पताल, पाटन अस्पताल, जनकपुर प्रादेशिक अस्पताल, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, सुर्खेत प्रादेशिक अस्पताल, सेती प्रादेशिक अस्पताल, कीटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र हेटौंडा, धुलिखेल अस्पताल, राष्ट्रिय गहुँबाली अनुसन्धान केन्द्र भैरहवा, विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, कोशी अस्पताल विराटनगर र भरतपुर कोभिड-१९ डायनोष्टिक प्रयोगशाला, भेरी अस्पताल नेपालगञ्जमा कोभिड-१९ को परीक्षण हुँदै आएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।