काठमाडाैं- साेमबार काेराेनाका नयाँ संक्रमित फेला नपरेकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ। मन्त्रालयले गरेकाे नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा विकास देवकाेटाले काेराेना भाइरसका नयाँ संक्रमित फेला नपरेकाे जानकारी दिएका हुन्।
साेमबारसम्म ५३,५३४ जनाकाे आरडिटी र १०,४७१ जनाकाे पिसिआर परीक्षण गरिएकाे छ। अहिले आइसाेलेसन १०६ जना रहेका छन्। जसमा ८ जना काठमाडाैंमा रहेकाे देवकाेटाले जानकारी दिए।
अहिलेसम्म नेपालमा काेराेना संक्रमण देखिनेको संख्या ५२ पुगेको छ। जसमध्ये १६ जना निको भइसकेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।