दार्चुला- दार्चुलास्थित महाकाली नदीमा बगेर गम्भीर घाइते भएकी महिलाको मृत्यु भएको छ। जिल्लाको महकाली नगरपालिकाको गल्फईमा महाकाली नदीमा बगेर गम्भीर घाइते भएकी ब्यास गाउँपलिका- १ की सपना ऐतवालको नेपालगञ्जमा उपचारको क्रममा मृत्यु भएको हो।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारीसमेत रहेका प्रहरी निरीक्षक सुरेन्द्र जोशीले ऐतवालको उपचारको क्रममा गएराति साढे २ बजे नेपालगञ्जको कोहलपुर मेडिकल कलेजमा मृत्यु भएको बताए। आइतबार बिहान नदीमा बगिरहेको अवस्थामा सशस्त्र प्रहरी र नेपाल प्रहरीले उद्धार गरेर ऐतवाललाई उपचारका लागि जिल्ला अस्पताल दार्चुला पुर्याएकाे थियो। तर, दार्चुलामा उपचार सम्भव नभएपछि नेपाली सेनाको हेलिकोप्टरमार्फत् नेपालगञ्ज लगिएको थियो।
प्रहरीले उनले नदीमा हाम फालेको वा कुनै कामको सिलसिलामा तर्ने क्रममा बगेको हो भन्ने कुरा खुल्न नसकेको जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।