भैरहवा- प्रदेश ५ सरकारका समाजिक विकासमन्त्री सुर्दशन बराललले सबै क्षेत्र र पक्षको सुझाव र सल्लाहलाई आत्मसाथ गर्दै सरकार अघि बढ्ने बताएका छन्। उनले कोरोना भाइरसको संक्रमणको सुरुवाती चरणमा काम गर्दा केही कमीकमजोरी भएपनि आगामी दिनमा थप सुधार गरेर अघि बढ्ने बताए।
संवाद सचिवाललयले आयोजना गरेको भर्चुवल सवादका क्रममा उनले यस्तो बताएका हुन्। मन्त्री बरालले समाजिक विकास मन्त्रालयलाई सुरुवाती चरणमा निकै बढी चाप र दौडधुप भएको भन्दै सबैको सहयोगमा विस्तारै सबै व्यवस्थित बन्दै गएको दावी गरे। सांसदहरुको प्रश्नको जवाफ दिँदै मन्त्री बरालले अगामी दिनमा अझै बढी जिम्मेवार र रचनात्मक ढंगले कार्य सम्पादन अघि बढाउने बताए।
सो अवसरमा संसदको सार्वजनिक लेखा समितिका सभापती डिल्ली चौधरीले सरकार पूर्व तयारीका सन्दर्भमा चुकेको भन्दै अब पनि सबै पक्षलाई समेटेर अघि बढ्नुपर्ने सुझाव दिए। कांग्रेसबाट निर्वाचित सांसदसमेत रहेका चौधरीले तथ्यांक संकलन र क्वारेन्टाइनका विषयमा पनि प्रभावकारी काम नभएको गुनासो गरे। उनले सार्वजनिक लेखा समितिले पनि सरोकार पक्ष र मन्त्रीहरुलाई राखेर लकडाउनका बेला पनि घचघचाउने काम गरिरहेको बताए।
सो अवसरमा जनता समाजवादी पार्टी ससंदीय दलका प्रमुख सचेतक सन्तोष कुमार पाण्डेय हरेकले आ–आफनो जिम्मेवारी पुरा गरेमा विपद्को सामना गर्न सकिने बताए। उनले सरकारको मात्र मुख ताकेर नेता घरमा बस्न नहुने तर्क गरे। त्यस्तै नेपाल कम्यनिष्ट पार्टी (नेकपा)का सांसद थान कुमारी थापाले सरकारले दिएको जिम्मेवारी आफूहरुले पुरा गरेको बताउँदै अहिले आरोप प्रत्यारोप भन्दा पनि सबै मिलेर कोरोना भाइरसविरुद्ध लड्नुपर्ने बताइन्।
कार्यक्रममा संवाद सचिवालयका वरिष्ठ सहजकर्ता शुशील बस्नेत, बुटवलस्थित सहजकर्ता विक्रम खड्का र संवाद सचिवालयका निर्देशक चन्द्रबहादुर चौधरीलगायतले धारणा राखेका थिए। संवाद समूहले जिल्ला जिल्लामा निरन्तर सरोकारवला पक्षहरुसँग संवाद गर्दै आइरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।