काठमाडौं– नेपाल विद्यार्थी संघका पूर्वमहामन्त्री कुन्दनराज काफ्लेले विवाह खर्चमा लाग्ने रकम कोरोना संक्रमण तथा नियन्त्रण कोषमा सहयोग गरेका छन्।
आइतबार विवाह बन्धनमा बाँधिएका काफ्ले दम्पतिले स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाललाई दुई लाख रुपैयाँ आर्थिक सहायता हस्तान्तरण गरेका हुन्।
सरकारद्वारा सञ्चालित कोषमा योगदान पुर्याउन विवाह खर्च कटौती गरी रकम हस्तान्तरण गरिएको काफ्लेले जानकारी गराए। काफ्लेले प्रेम सम्बन्धमा रहेकी मेनुका अधिकारीसँग आइतबार विवाह गरेका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।