काठमाडौं- नेपालका लागि सुजुकी ब्रान्डका गाडीको आधिकारिक विक्रेता सीजी मोटोकर्पले आपत्कालीन एक्सप्रेस सेवा सुरु गरेको छ। आइतबार कम्पनीले एक विज्ञप्ति जारी गर्दै स्वास्थ्यसेवा, एम्बुलेन्स, खाद्य आपुर्ति र सुरक्षामा प्रयोग हुने सवारी साधनका लागि एक्सप्रेस सेवा सुचारु गरेको जानकारी दिएको हो। कम्पनीले यो सेवा सुचारु गर्दा नेपाल सरकारले जारी गरेको सुरक्षाका सबै प्रोटोकल पालना गरिएको बताएको हो।
‘यो संकटको समयमा आपत्कालीन स्वास्थ्य सेवा, एम्बुलेन्स र सुरक्षा संयन्त्रका गाडी बिना समस्या चल्न दिनु हाम्रो जिम्मेबारी हो। यसका लागि हाम्रोे प्राविधिक र सर्भिसिङको दक्ष टोली सुरक्षा प्रोटोकलको पालना गरेर तत्पर अवस्थामा छ,’ सीजी मोटोकर्पले भनेको छ, ‘धोबीघाटस्थित कम्पनीको सर्भिस सेन्टरबाट लकडाउन अवधिमा अत्यावश्यक सेवा प्रवाह गर्ने सवारीका लागि एक्सप्रेस सेवा गर सुरु गरिएको हो। कम्पनीको सञ्जालमा रहेका अन्य सर्भिस सेन्टरमा पनि जतिसक्दो चाँडो यो सेवा सुरु गरिनेछ।’
कम्पनीले सुजुकी गाडीसम्बन्धी कुनैपनि जिज्ञासा समाधान गर्न हटलाइन सेवा समेत संचालनमा ल्याएको बताएको छ। कम्पनीका सवारी प्रयोगकर्ताले ९८०१५७१५७१ मा फोन गरेर सेवा लिन पनि सक्नेछन्। कम्पनीले देशभरका ३९ वटा सर्भिस सेन्टरमार्फत् निरन्तर सम्पर्क गर्नुका साथै कुनै पनि समयमा उपलब्ध हुने प्रबन्ध मिलाइएको उल्लेख गरेको छ। ग्राहकले सुजुकीको आधिकारिक फेसबुक पेजमार्फत् समेत सम्पर्क राख्न सक्ने कम्पनीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।