• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज २८, २०८३ Wed, Oct 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

प्रहरी महानिरीक्षकज्यू, सत्ताको संकेत होइन, कानुनका दफा हेरौं

64x64
नेपाल लाइभ आइतबार, वैशाख १४, २०७७  २२:३०
1140x725

समाजवादी पार्टीका सांसद डा सुरेन्द्र यादवलाई महोत्तरीबाट जबरजस्ती काठमाडौं ल्याएको घटना राजनीतिक लफ्फाबाजीमै सकिन्छ, या कानुनी परीक्षणको चरणमा समेत प्रवेश गर्छ भन्ने अन्यौल चिर्ने प्रयास भयो आइतबार। अपहरणमा परेका भनिएका सांसद यादव आफैं जाहेरी बोकेर दलका नेताहरूसहित महानगरीय प्रहरी परिसर काठमाडौं पुगेपछि कोरोना भाइरसको त्रासका बीचमा भएको घृणित आपराधिक काम आरोपप्रत्यारोपको चरणबाट कानुनी परीक्षणको चरणमा प्रवेश गर्न सक्थ्यो।

बहालवाला २ सांसद किसान श्रेष्ठ र महेश बस्नेतकास साथमा पूर्व प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल नै आरोपित भएको यो घटनामा पार्टी विभाजनको रणनीतिअनुसार राज्यसत्ताको सर्वोच्च निकाय आफै संलग्न भएको थियो। यादवलाई लिन तीन जना काठमाडौंबाट गएको आरोपीहरू आफैंले स्वीकार गरिरहेका छन्। उनीहरूको दाबी सहमतिमै यादवलाई लिएर आएको भन्ने छ। यादवले भने आफूलाई अपहरणकै शैलीमा जबरजस्ती ल्याइएको भनिरहेका छन्।

सांसद् यादव आफै पनि पार्टी विभाजन गर्ने राजनीतिक खेलमा सहभागी भएर सहमतिमै काठमाडौं आएपछि राजनीतिक घटनाक्रम बदलिएको र बोली बदलेका हुन्, या सत्ताधारी दलका २ सांसद र हालै अवकास पाएका पूर्व प्रहरी महानिरीक्षकले सत्ता र प्रहरी संगठनमा काम गर्दाको सम्बन्धको दुरुपयोग गरी उनलाई जबरजस्ती ल्याएको हो, सो रहस्यको पर्दा उघार्न पनि यो अनुसन्धानले सघाउँथ्यो नै।

तर कानुनी प्रावधानअनुसार सहजै दर्ता हुनुपर्ने जाहेरी दर्ता हुन सकेन। प्रहरीले कहिले कार्यालय प्रमुख नभएको बहाना बनाएको त कहिले घटना भएको स्थान काठमाडौं नभई महोत्तरी भएको भन्दै जाहेरी फिर्ता गरियो। नेपाली विद्यमान कानुनले जाहेरी दर्ता नगर्न परिसरका जिम्मेवार प्रहरी अधिकृतले गरेको बहानाबाजी मात्रै हो भन्ने प्रष्टै पार्छ।

मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को परिच्छेद २ को दफा ९ ले सांसद् यादवले ल्याएको जाहेरी दर्ता गर्न काठमाडौं परिसरका प्रहरीलाई अवरोध गर्दैन। सो दफामा प्रष्ट जाहेरी वा अपराधको सूचना तत्काल दर्ता गर्न सम्भव नभए नजिकको प्रहरी कार्यालयमा दिन सक्ने व्यवस्था छ। यत्ति हो कि दर्तापछि उनीहरूले अनुसन्धान नगरी सो जाहेरी अनुसन्धानका लागि तीन दिनभित्र सम्बन्धित जिल्ला प्रहरी कार्यालयमा पठाउन सक्थे।

प्रधानमन्त्रीकै इच्छामा सत्ताधारी नेकपाका दुई सांसद र उनीहरूलाई सघाउन हिँडेका पूर्व प्रहरी महानिरीक्षकविरुद्ध अनुसन्धान गराउन वर्तमान सरकार राजी नहुनु सामान्य नै हो। अनुसन्धानले यादवको अपहरण भएको ठहर गरेको अवस्थामा यसको योजनाकारका रूपमा प्रधानमन्त्री केपी शर्मा ओली आफैं अनुसन्धानको दायरामा तानिने जोखिम हुन्छ नै।

यही घटनाक्रम र अवस्थाले आइतबार महानगरीय प्रहरी परिसर काठमाडौंमा जाहेरी अस्वीकार हुनुको कारण अपराध भएको स्थान काठमाडौं नभएर वा कार्यालय प्रमुख नभएर भन्नु भन्दा पनि राज्यसत्ता जाहेरीका विपक्षमा रहेको र प्रहरीले बहानाबाजी गरेर यादवको कानुनी हक खोस्ने काम गरेको हो भन्ने प्रस्टै देखिन्छ। 

सांसद् मात्रै हैन, मन्त्री भइसकेका र बहालावाला सभामुखविरुद्ध पनि प्रहरीले जाहेरी दर्ता गरेर अनुसन्धान गरेका घटनाहरू छन्। हालसाले आफ्नै कार्यालयका कर्मचारीको बलात्कार प्रयासको आरोप लाग्दा तत्कालीन सभामुख कृष्णबहादुर महराविरुद्ध प्रहरीले जाहेरी दर्ता गरेर अनुसन्धान गरेको थियो। उनी पूर्पक्षका लागि थुनामा समेत पुगे। पछि अदालतबाट उनी निर्दोष ठहर भएर रिहा भइसके।

Ncell 2
Ncell 2
nimb
nimb

जनकपुरमा भएको बम विस्फोटको घटनामा संलग्न सञ्जय साह हुन् या चुनावी षड्यन्त्रका लागि विस्फोटक पदार्थ बनाउँदै गर्दा विस्फोट भएर घाइते भएकाहरूलाई इट्टाभट्टामा जलाउने मोहम्मद आफताब आलम नै किन नहुन्, यी दुवै राजनीतिक शक्तिमा भएपनि प्रहरीले जाहेरी लिएर अनुसन्धान गरिसकेको छ। अपराध अनुसारको सजाय काटिरहेका छन् उनीहरूले कारागारमा। आफ्नै संगठनका उपल्लो ओहदाकाहरू अपराधमा संलग्न हुँदा पनि हत्कडी लगाएका घटना पनि छन्।

महरा, साह र मोहम्मदजस्ता राजनीतिक शक्ति भएकाहरूमाथि साहसिक तवरले अनुसन्धान गरेको प्रहरी संगठनप्रति गुम्दै गएको जनविश्वासको मुना पलाउने गरेको छ।

प्रहरी राज्यको कानुन पालना गराउने सरकारी निकाय हो। यसका प्रमुख राजनीतिक आधारमा नियुक्त हुन्नन्। विधि र प्रक्रियाअनुसार नियुक्त हुन्छन् र उनको उदेश्य आफू पदमा बहाल रहेसम्म कानुनको पालना गराउने नै हो। कानुनले न दल चिन्छ, न नातागोता। उसले चिन्ने भनेको आरोपीमाथिको आरोप र कानुनी आधार मात्रै हो।

तर, आइतबार प्रहरी संगठनले न आरोपी हेर्‍यो, न कानुनी आधार। उसले आरोपीको दल हेरेको देखियो। बर्दीधारी प्रहरी अधिकारीले हेर्नुपर्ने कानुनी दफा थियो। तर प्रहरी संगठनका जिम्मेवार अधिकारीले मुलुकी फौजदारी कार्यविधि संहिताको दफाभन्दा सत्ताको संकेत हेर्दा डा यादवको जाहेरी दर्ता हुन सकेन। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

आइतबार जे भयो, यसले यस अगाडि जो जो पक्राउ परे उनीहरुको पक्राउपछि प्रहरीले पाएको जशसमेत शंकामा परेको छ। उनीहरू अपराध गरेका आधारमा मात्रै पक्राउ परेको भन्दा सत्ता संरक्षक नहुँदा पक्राउ परेर कानुनी परीक्षणस्थलसम्म पुगेका हुन् भन्ने देखियो। प्रहरी महानिरीक्षक नियुक्त भएलगत्तै ठाकुरप्रसाद ज्ञवालीले कसैको अनुहार हेरेर होइन, कानुनका दफा हेरेर व्यवहार हुने वचन दिएका थिए। तर २ महिनामै उनी आफ्नै वचनबाट च्यूत भएका छन्। प्रहरीले यादवको जाहेरी दर्ता नगर्दा कानुन कार्यान्वयन गर्ने प्रहरी संगठनका सदस्य कानुनका दफा होइन, सत्ताको संकेत हेरेर व्यवहार गर्छ भन्ने सन्देश गएको छ। यो कानुनी राज्य नै प्रधान हुने लोकतान्त्रिक मुलुकका लागि स्विकार्य हुन सक्ने घटना हैन।

त्यसैले सत्ताको स्वार्थसँगै कानुन कार्यान्वयनको जिम्मेवारी बोकेर प्रहरी सँगठनमा संलग्न हुँदा पाउने नीलो बर्दीलाई सत्ताको जुत्ता पुछ्ने टालो हुनबाट जोगाउने हो, भने प्रहरी संगठनले यादवको जाहेरी दर्ता गरी तत्काल अनुसन्धान अगाडि बढाउनुको विकल्प छैन। यसका लागि नक्सालको हेडक्वार्टरमा बसेर ७५ हजार प्रहरीको नेतृत्व गरिरहेका प्रहरी महानिरीक्षकले दर्ज्यानी चिन्ह लगाउँदाको कसम सम्झदै कानुनको दफा हेरेर पुग्छ। सत्ताको संकेत अवज्ञा गरे पुग्छ। 

जाहेरी पर्नु अपराधी पुष्टि हुनु होइन। आरोपी बनाइएका तीन जनाले जे दाबी गरेका हुन्, यदि त्यो सत्य हो भने सत्ताको उपयोग गरेर अनुसन्धान रोकाउनु भन्दा अनुसन्धान फुकाउनुमै हित देखिन्छ। यदि उनीहरूले गरेको दाबी सत्य हो, भने यो प्रकरणलाई न्यायिक परीक्षण हुन दिएर वैधानिक रूपमै सफाई पाउने अवसर हो। त्यो प्रक्रियामा अवरोध गरेर अनुसन्धान प्रक्रियामै जान नदिँदा तीनै जनाले जीवनभर अपहरणकारीको आरोप बोकिरहनु पर्नेछ।

प्रकाशित मिति: आइतबार, वैशाख १४, २०७७  २२:३०
  • #IGP
  • #Dr.Surendra_Yadav

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
साउदी अरबका प्रस्तावित राजदूत सुनारको नाम संसदीय सुनुवाइ समितिबाट अस्वीकृत
मलेसियाका लागि प्रस्तावित राजदूत खरेलकाे नाम अस्वीकृत
प्रधानमन्त्री बालेनकाे भारत भ्रमण तय
सम्बन्धित सामग्री
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस दशैंको महान पर्वलाई असत्यमाथि सत्यको विजय, अन्यायमाथि न्यायको विजय र अन्धकारमाथि उज्यालोको विजयपर्वका रुपमा स्वीकारिन्छ। तर यो पर्वक... मंगलबार, असोज २७, २०८३
परिवारभित्रको पर्व जितिया देशभर अहिले दशैं, तिहार र छठलगायतका पर्वको मौसम सुरु हुन लागेको छ। यही पर्वको शृंखलामा मैथिली र थारू समुदायका महिलाले मनाउने जितिया... आइतबार, असोज १८, २०८३
अमेरिकी सैन्य फिर्तीको इराक आयाम विश्वव्यापी तेल व्यापार अनिवार्य रूपमा अमेरिकी डलरमै हुनुपर्ने कडा बाध्यतालाई निरन्तरता दिएर आफ्नो ग्लोबल आर्थिक नियन्त्रणलाई बलियो... शुक्रबार, असोज १६, २०८३
ताजा समाचारसबै
साउदी अरबका प्रस्तावित राजदूत सुनारको नाम संसदीय सुनुवाइ समितिबाट अस्वीकृत बुधबार, असोज २८, २०८३
मलेसियाका लागि प्रस्तावित राजदूत खरेलकाे नाम अस्वीकृत बुधबार, असोज २८, २०८३
प्रधानमन्त्री बालेनकाे भारत भ्रमण तय बुधबार, असोज २८, २०८३
नेपालमा शंकास्पद रुपमा बसेका २४ दक्षिण कोरियाली नागरिक निष्काशित बुधबार, असोज २८, २०८३
भारतसँग विद्युत् आयात १४ सय र निर्यात क्षमता १६५० मेगावाट पुर्‍याउने सहमति बुधबार, असोज २८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
राष्ट्रपतिबाट दुई अध्यादेश जारी मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्