काठमाडौं– नेपाली कांग्रेसले र्यापिड परीक्षणको विश्वसनीयतामा विश्वव्यापी रूपमा प्रश्न उठेकाले पिसिआरको क्षमता र दायरा बढाउन सरकारसँग आग्रह गरेको छ।
पार्टी सभापति शेरबहादुर देउवाले पदाधिकारी, पूर्वस्वास्थमन्त्री र स्वास्थ्य क्षेत्रका विज्ञहरुको बैठक बोलाएका थिए। बैठकले कोरोनाको जोखिम सामना गर्ने रणनीति निर्माण र कार्यान्वयनमा सरकार अयोग्य र सुस्त देखिएको निष्कर्ष निकालेको छ।
स्वास्थ्यकर्मीलाई पर्याप्त पिपिईलगायतका सामग्री अभावै रहेको ध्यानाकर्षण गराउँदै गुणस्तरीय सामग्रीको प्रबन्ध गर्न सरकारलाई सुझाएको छ। स्वास्थकर्मीहरुलाई हतोत्साहित नगर्न समेत सचेत गरिएको छ।
अस्पतालको हालको क्षमताअनुरुप अधिकतम उपयोग, जनशक्ति र उपकरणहरुको वृद्धिमा गति बढाउन सुझाव दिइएको छ। अन्य रोगका बिरामीको उपचारमा भइरहेको कठिनाइ अन्त्य गर्न आग्रह गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।