काठमाडौं- सरकारले इपिएसअन्तर्गतका श्रमिक कोरिया पठाउने निर्णय गरेको छ। बिदामा नेपाल फर्किएका र रोजगारी गुमाउने अवस्थामा पुगेका श्रमिकहरुलाई चार्टर गरेर पठाउने निर्णय गरेको हो।
यसअघि एनआरएनए कोरियाले जागिर गुमाउने अवस्थाका नेपाली कामदार कोरिया पठाउन सरकारसँग आग्रह गरेको थियो। त्यस्तै कोरियामा भिसा अवधि सकिएर अलपत्र अवस्थामा रहेका नेपालीहरुलाई स्वदेश फर्काउन समेत एनआरएनए कोरियाले अपिल गरिरहेको छ।
लकडाउनका कारण ७ सयभन्दा बढी श्रमिकहरु कोरिया जान नपाएको रोजगार अनुमती प्रणाली (इपिएश शाखा )ले जनाएको छ।
‘लकडाउनका कारण ७ सयभन्दा बढी श्रमिकहरु अड्किएका छन्‚’ इपिएस प्रमुख कृष्णप्रसाद खनालले नेपाल लाइभसँग भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।