काठमाडौं- सरकारले थप १० दिन लकडाउन जारी राख्ने निर्णय गरेको छ। आइतबार साँझ बसेको मन्त्रिपरषद् बैठकले थप १० दिन वैशाख २५ गतेसम्म लकडाउन जारी राख्ने निर्णय गरेको बैठकमा सहभागी एक मन्त्रीले जानकारी दिए।
यसअघि बैसाख ३ गते १२ दिन लकडाउन गर्ने निर्णय गरेको थियो। अब वैशाख २५ गतेसम्म लकडाउन जारी रहेने भएको छ। नेपालमा कोरोना संक्रमितको संख्या ५२ पुगेको र नयाँ संक्रमण देखिइरहेकाले जोखिममुक्त नभएको निष्कर्ष निकाल्दै सरकारले लकडाउन थप्ने निर्णय गरेको हो।
यसअघि शनिबार मात्र कोरोना भाइरस रोग रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिले भने एक साता मात्र लकडाउन जारी राख्न सिफारिस गरेको थियो।
सरकारले गत चैत ११ देखि लकडाउन जारी राखेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।