काठमाडाैं- झापामा थप एक जनामा काेराेना भाइरसकाे संक्रमण भेटिएकाे छ। ५० वर्षीय पुरुषमा काेराेनाकाे संक्रमण भेटिएकाे हाे।
काेशी अस्पताल विराटनगरमा आज गरिएकाे परीक्षणमा उनमा काेराेना पाेजेटिभ देखिएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ। उनी अस्पतालकाे सम्पर्कमा रहेकाे र स्वास्थ्य अवस्था समान्य रहेकाे मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
याे सँगै नेपालमा काेराेना संक्रमण देखिनेको संख्या ५२ पुगेको छ। जसमध्ये १६ जना निको भइसकेका छन्।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।