काठमाडाैं- भारतकाे पश्चिम बंगालमा काेराेना भाइरसबाट वरिष्ठ डाक्टरकाे मृत्यु भएकाे छ। पश्चिम बंगालका वरिष्ठ डाक्टर तथा पश्चिम बंगाल स्वास्थ्य सेवाका सहायक निर्देशक डा. बिप्लब कान्ति दासगुप्ताको आइतबार बिहान कोलकातामा मृत्यु भएकाे हाे।
६० वर्षका डा दासगुप्तामा एक साताअघि कोरोना भाइरसकाे संक्रमण देखिएकाे थियाे। स्वास्थ्य विभागका एक अधिकारीका अनुसार उनी उच्च रक्तचाप र मधुमेहबाट पनि पीडित थिए। बीबीसी हिन्दीका अनुसार बंगालमा काेराेनाबाट मृत्यु हुने उनी पहिलाे डाक्टर हुन्।
उनकाे निधनप्रति मुख्यमन्त्री ममता बनर्जीले गहिरो शोक व्यक्त गरेकी छन्। उनकी श्रीमती पनि कोरोना भाइरसबाट संक्रमित भएकाे र हाल अस्पतालमा उपचाररत रहेकाे बताइएकाे छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।