काठमाडौं- सर्वोच्च अदालतले ज्ञानेन्द्र शाहीलाई पक्राउ गर्नुको कारण पेश गर्न सरकारका नाममा आदेश जारी गरेको छ। सर्वोच्चले शाहीलाई पक्राउ गरी थुनामा राख्नुको कारण तत्काल पेस गर्न आइतबार सरकारको नाममा आदेश जारी गरेको हो।
न्यायाधीश हरिप्रसाद फुयाँलको एकल इजलासले शाहीलाई पक्राउ गर्नुको कारण लिखित रूपमा पेश गर्न आदेश जारी गरेको हो। शाहीका तर्फवाट अधिवक्ता इन्द्रप्रसाद अर्यालले सर्वोच्चमा बन्दीप्रत्यक्षीकरणको रिट हालेका थिए।
शाहीले सामाजिक सञ्जालमा अभद्र टिप्पणी गरेको र प्रहरीमाथि पनि अभद्र व्यवहार गरेको भन्दै अनुसन्धानका लागि पक्राउ गरिएको थियो। शाहीलाई पक्राउ बिना अपराध गरिएकाले तत्काल रिहा गर्नुपर्ने माग सहित शुक्रबार सर्वोच्चमा बन्दीको निवेदन दायर भएको थियो।
उक्त निवेदनमा बहसपछि सर्वोच्चले पक्राउबारे विस्तृत विवरण पेस गर्न सरकरालाई आदेश जारी गरेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।