काठमाडाैं- बालबालिकाका लागि बालकोसेली युट्युब च्यानल खाेलिएको छ। जहाँ बालबालिकाले तत्कालका लागि बालबालिकाले नै वाचन गरेको कथा सुन्न सक्ने छन् भने पछि अन्य कार्यक्रम पनि सञ्चालन हुने थिएटर मलका सञ्चालक केदार श्रेष्ठले बताए।
‘थिएटर मलको आफ्नै च्यानल पनि थियो। तर, बालबालिकालाई छुट्टै चाहिने भएर नयाँ सञ्चालन गरेका हाैं,' श्रेष्ठले भने, 'यस च्यानलमा बालबालिका केन्द्रित, बाल उपयोगी, बालमैत्री, बालसहभागितामूलक सामग्रीहरु प्रशारण गर्नेछौं।’
‘बालकोसेली’ नेपालको जेठो बालपत्रिका (वि.सं. २०३८, अग्रज शान्तदास मानन्धरद्वारा सम्पादित, प्रकाशित) हो। यसै पत्रिकको सम्मान स्वरुप थिएटर सेन्टर फर चिल्ड्रेन र थिएटर मलले नानीबाबुहरुको लागि सुरु गरेको युट्युब च्यानलको नाम पनि ‘बालकोसेली’ राखेको श्रेष्ठले बताए।
‘अहिलेलाई यस च्यानलको ‘सिग्नेचर’ प्रस्तुत छ। केही दिनमा ‘कथा खरर, मन हरर’ अन्तर्गत नानीबाबुहरुले सुनाउनु भएका कथाका भिडियोहरु प्रस्तुत हुनेछन्,’ श्रेष्ठले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।