काठमाडौं– बाबुको हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सल्यानको सिद्धकुमाख गाउँपालिका– २ कुईयाझोलका २१ वर्षीय सुरज विक छन्।
उनले आफ्नै बाबु ५१ वर्षीय बुदे विकलाई कुटपिट गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ। हत्या अभियोगमा सुरजलाई शनिबार राति पक्राउ गरिएको हो।
घरायसी कुरामा विवाद हुँदा सुरजले आफ्नै बुबालाई कुटपिट गर्दा घटनास्थलमै मृत्यु भएको थियो। पक्राउ परेका सुरजलाई कर्तव्य ज्यानको कसुरमा म्याद थप गरेर अनुसन्धान सुरु गरिएको सल्यान प्रहरीले जानकारी दिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।