• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, कात्तिक ५, २०८३ Thu, Oct 22, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कोरोना अपडेट

श्रममन्त्रीलाई छाया श्रममन्त्रीको ज्ञापनपत्र : विदेशमा अलपत्र श्रमिकको उद्धार गरी तत्काल स्वदेश ल्याऔं

64x64
नेपाल लाइभ आइतबार, वैशाख १४, २०७७  ११:५९
1140x725

काठमाडौं- नेपाली कांग्रेसकी केन्द्रीय सदस्य तथा सांसद डा. डिला संग्रौलाले विदेशमा अलपत्र परेका नेपाली श्रमिकको उद्धार गरी तत्काल स्वदेश ल्यायाउन माग गरेकी छन्। विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९)बाट विदेशमा रहेका लाखौं नेपाली श्रमिक पनि नराम्ररी प्रभावित भएको भन्दै विदेशमा अलपत्र अवस्थामा रहेका श्रमिकहरुको उद्धार र इच्छुकहरूलाई तत्काल स्वदेश ल्याउन उनले सरकारसँग माग गरेकी हुन्।

आइतबार श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर राय यादवलाई ज्ञापनपत्र पठाउँदै सांसद संग्रौलाले विभिन्न मुलुकमा कोरोना बाहेकका कारणले ज्यान गुमाएका एक सयभन्दा बढी श्रमिकहरूको शव भएको जानकारी आएको र उनीहरूको शव यथाशिघ्र नेपाल ल्याई सम्बन्धित परिवारलाई जिम्मा लगाउने व्यवस्था मिलाउन माग गरेकी छन्। छायाँ श्रममन्त्री पनि रहेकी सांसद संग्रौलाले कोरोना महामारीपछि सिर्जना हुने भयावह बेरोजगारी समस्या समाधानका लागि सरकारले पूर्व तयारी गर्न आवश्यक छ भन्दै आन्तरिक रोजगारी सिर्जना र प्रवर्द्धन गर्ने कार्यक्रम तत्काल ल्याउन पनि माग गरेकी छन्।

'मुलुक एक महिनाभन्दा बढी समयदेखि पूर्ण लकडाउनमा छ। लकडाउनका कारण दैनिक ज्याला मजदुरी गरेर बिहान-बेलुका छाक टार्नेहरु ठूलो समस्यामा परेका छन्। सरकारले यस्ता विपन्न वर्गका लागि ल्याएको राहतमा आम श्रमजीविको पहुँच पुग्न सकेको छैन। निम्न वर्गका मजदुरहरुका लागि तत्काल राहत प्याकेज घोषणा गरी उनीहरुलाई दिलाईयोस्,' उनले ज्ञापनपत्रमा भनेकी छन्। न्यून आय भएका, एकल महिला, अपांग, गरीबीको रेखा मुनि रहेका तथा सीमान्त समुदायका मानिसहरुको पहिचान गरी कम्तिमा आउँदो ६ महिनाका लागि न्यूनतम मासिक ५ देखि ७ हजार रुपैयाँ तत्काल उपलब्ध गराउने व्यवस्था मिलाउन तथा सामाजिक सुरक्षा भत्ता पाइरहेका व्यक्तिहरुका लागि कम्तीमा ३ महिनाको भत्ता अग्रिम उपलब्ध गराउने व्यवस्था गर्न समेत सांसद संग्रौलाले माग गरेकी छन्।

सांसद डा. डिला संग्रौलाले श्रममन्त्री रामेश्वर राय यादवलाई पठाएको ज्ञापनपत्र :
१४ बैशाख, २०७७
माननीय रामेश्वर राय यादवज्यू,
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय 
सिंहदरबार, काठमाडौँ

विषयः ज्ञापनपत्र 
विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) बाट विदेशमा रहेका लाखौं नेपाली श्रमिक पनि नराम्ररी प्रभावित भएको यहांलाई अवगतै छ। उनीहरुको जीउज्यान, रोजगारी र सेवासुविधाको रक्षाको लागि नेपाल सरकारले के पहल गरेको छ? त्यसको स्पष्ट जानकारी दिन माग गर्दै निम्न कुराहरु पुरा गर्नको लागि यो ज्ञापनपत्र पेश गरेकी छु। यसलाई संबोधन गर्न कत्ति पनि ढिला नगरी त्यसको जानकारी सार्वजनिक गर्न आह्वान समेत गर्दछु। 

१) रोजिरोटीका लागि तेस्रो मुलुक पुगेका ४०  लाखभन्दा बढी श्रमिकहरु मध्ये अधिकांश श्रमिकहरु कोरोनाका कारण विदेशमा अलपत्र अवस्थामा छन्। बहुसंख्यक नेपाली कामदार भएका खाडी मुलुक र मलेसियामा रोजगारदाताहरुले उनीहरूलाई कामबाट निकाल्न र बेतलबी बिदामा राख्न थालेका छन्। काम गुमेका तथा खान बस्न समस्या भएका श्रमिकहरुले उद्धारका लागि हारगुहार गरिरहेका छन्। सरकारले सम्बन्धित मुलुकमा रहेका कूटनीतिक नियोगहरुसंग समन्वय गरी समस्या समाधानको पहल गर्ने भने पनि दूतावासहरूले श्रमिकहरुका कुरा नसुनेका गुनासाहरु आइरहेका छन्। विदेशमा अलपत्र अवस्थामा रहेका श्रमिकहरुको उद्धार र इच्छुकहरूलाई तत्काल स्वदेश ल्याइयोस्। 

२) मजदुरीका लागि छिमेकी मुलुक भारत पुगेर सिमानामा आएका नेपाली नागरिकहरुलाई सरकारले देश प्रवेश गर्न नदिइ जिम्मेवारीबाट पन्छिएको छ। उनीहरू सीमानामा एकदमै नाजुक र असुरक्षित अवस्थामा बस्न वाध्य छन्। यस्तो अवस्थालाई अनदेखा नगरियोस्। उनीहरूलाई तत्काल स्वदेश ल्याइ सुरक्षित क्वारेन्टाइनमा राख्ने व्यवस्था गरियोस्। 

३) कोरोनाका कारण विदेशबाट लाखौं नेपालीहरु रोजगारी गुमाएर फर्किने अवस्था छ। देशभित्रै पनि लाखौंको रोजिरोटी गुम्ने पक्का छ। कोरोना महामारीपछि सिर्जना हुने भयावह बेरोजगारी समस्या समाधानका लागि सरकारले पूर्व तयारी गर्न आवश्यक छ। जसका लागि आन्तरिक रोजगारी सिर्जना र प्रवर्द्धन गर्ने कार्यक्रम तत्काल ल्याइयोस्।

Ncell 2
Ncell 2
nimb
nimb

४) विदेशमा एकातिर श्रमिकहरु कोरोनाको त्रासमा दिन कटाइरहेका छन्। अर्कातिर लकडाउन अवधिमा क्वारेन्टाइनमा रहेको समयको पारिश्रमिक रोजगारदाताले उपलब्ध नगराए अबको समयमा कसरी छाक टार्ने भन्ने चिन्तामा छन्। यस्तो जटिल अवस्थामा क्वारेन्टाइनमा रहेका श्रमिकहरुलाई पनि शतप्रतिशत पारिश्रमिकको ग्यारेन्टी गरियोस्।

५) खाडी, मलेसिया लगायत विभिन्न मुलुकमा कोरोना बाहेकका कारणले ज्यान गुमाएका एक सयभन्दा बढी श्रमिकहरूको शव भएको जानकारी आएको छ। दाहसंस्कारका लागि स्वदेश ल्याउने वा सम्बन्धित मुलुकमै गर्ने भन्ने विषयमा मृतकका आफन्तसँग समन्वय गरी टुंगो लाइयोस्।  दाहसंस्कारका लागि आफ्ना आफन्तका शव स्वदेश ल्याउन इच्छुक परिवारका लागि यथाशिघ्र शव नेपालल्याई सम्बन्धित परिवारलाई जिम्मा लगाउने व्यवस्था मिलाइयोस्। 

६) कोरोना भाइरस संक्रमणका कारण कतिपय श्रमिकहरुको मृत्यु हुनुका साथै  गम्भीर बिरामी अवस्थामा समेत छन्। दाहसंस्कारको लागि शवको व्यवस्थापन र विरामीको उपचारको के भएको छ, खोजी गरी तत्काल पहल गरियोस्।

७) अन्तर्राष्ट्रिय आप्रवासन कानुनले  आप्रवासी श्रमिकलाई सम्बन्धित देशका नागरिक र श्रमिक सरह सुरक्षित  हुन र बाँच्न पाउने  अधिकारलाई सुनिश्चित  गरेको छ। यस्तो  बिपत्तिको घडीमा नेपाल सरकार र बिदेशस्थित  नेपाली कूटनीतिक नियोगहरुले नेपाली श्रमिकको स्वास्थ्य, खानपिन र जीवन रक्षाको लागि गम्भीर पहल गर्न सरकारले तुरुन्त निर्देशन देओस्। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

८) भिसाविहीन वा भिसाको म्याद नथपिएर काम गर्न बाध्य नेपालीले स्वदेश फर्कन अनुरोध गर्दै सम्बन्धित कूटनितीक नियोगहरूमा सम्पर्क गरिरहेका छन्। उनीहरुलाई स्वदेश फर्किने वातावरण मिलाइयोस्।

९) नियमित रुपमा काम गरिरहेका नेपाली श्रमिकहरू स्वदेश आउन चाहेमा उनीहरुले पाउने तलब, उपदान लगायतका सेवा सुविधा उपलब्ध गराएर स्वदेश फर्किने बातावरण मिलाइयोस्। यो समस्याको तत्काल हल गर्न प्रयास गरियोस्। 

१०) मुलुक एक महिना भन्दा बढी समयदेखि पूर्ण लकडाउनमा छ। लकडाउनका कारण दैनिक ज्याला मजदुरी गरेर बिहान बेलुका छाक टार्नेहरु ठूलो समस्यामा परेका छन्। सरकारले यस्ता विपन्न वर्गका लागि ल्याएको राहतमा आम श्रमजीवीको पहुँच पुग्न सकेको छैन। सरकारले अहिले उपलब्ध गराएको राहतले एक  छाक टार्न पनि नपुग्ने देखिएको छ। निम्न वर्गका मजदुरहरुका लागि तत्काल राहत प्याकेज घोषणा गरी उनीहरुलाई दिलाईयोस्।

११) अन्तर्राष्ट्रिय अनुभवले पनि यस्तो संकटको बेला सरकारले सामाजिक सुरक्षा कार्यक्रमहरुलाई विस्तार र प्रभावकारी बनाउनु पर्ने देखाएका छन्। न्यून आय भएका, एकल महिला, अपांग, गरीबीको रेखा मुनि रहेका तथा सीमान्त समुदायका मानिसहरुको पहिचान गरी कम्तिमा आउंदो छ महिनाका लागि न्यूनतम मासिक ५ देखि ७ हजार रुपियाँ तत्काल उपलब्ध गराउने व्यवस्था मिलाइयोस्। सामाजिक सुरक्षा भत्ता पाइरहेका व्यक्तिहरुका लागि कम्तीमा तीन महिनाको भत्ता अग्रिम उपलब्ध गराउने व्यवस्था मिलाइयोस्। भत्ताको वितरण न्यायोचित र पक्षपातरहित होस् भन्ने सुनिश्चित गर्न प्रमुख प्रतिपक्षी दल लगायत, नागरिक समाज तथा संचारकर्मीहरुसमेत रहेको अनुगमन टोली गठन गरियोस्।
डा. डिला संग्रौला
सदस्य, प्रतिनिधि सभा

प्रकाशित मिति: आइतबार, वैशाख १४, २०७७  ११:५९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
भोटेकोशी–त्रिशूली बाढीपीडितका लागि ३ अर्ब अनुदान जुट्यो
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो
पाकिस्तानी कप्तान फरहान कर्णाली याक्समा
सम्बन्धित सामग्री
एक साताको अवधिमा ५२ जनामा कोराना संक्रमण पुष्टि इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को आँकडा अनुसार गएको हप्ता पाँच प्रदेशमा कोभिड–१९ सङ्क्रमणको केस भेटिएको छ । बिहीबार, असार २६, २०८२
नेपालमा भेटियो कोरोनाका दुई नयाँ भेरियन्ट: ‘केपी वान’ र ‘केपी टु’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्‍याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा... शुक्रबार, जेठ ११, २०८१
कोरोना परीक्षणको दैनिक प्रतिवेदन पठाउन सरकारको निर्देशन  कोरोना भाइरस (कोभिड १९)को नयाँ भेरियन्टका संक्रमितहरु भेटिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस परीक्षणको प्रतिवेदन द... बुधबार, पुस २५, २०८०
ताजा समाचारसबै
भोटेकोशी–त्रिशूली बाढीपीडितका लागि ३ अर्ब अनुदान जुट्यो बिहीबार, कात्तिक ५, २०८३
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
पाकिस्तानी कप्तान फरहान कर्णाली याक्समा बिहीबार, कात्तिक ५, २०८३
हरिशरणले सिकाए रविलाई राजनीति ! बिहीबार, कात्तिक ५, २०८३
एनपिएलकाे टिकट दर सार्वजनिक बिहीबार, कात्तिक ५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सुरेश अधिकारी भन्छन्–  ‘दशैं गीत’ ले मेरो जीवन नै सार्थक बनायो बुधबार, कात्तिक ४, २०८३
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्