काठमाडौं- विश्वभर कोरोना संक्रमितको संख्या २८ लाख ९२ हजार ५ स य ८ पुगेको छ। जोन हप्किन्स विश्वविद्यालयले प्रकाशित गरेको आइतबार बिहानसम्मको तथ्यांक अनुसार संक्रमितको संख्या अमेरिकामा सर्वाधिक छ। त्यहाँ कुल ९ लाख ३६ हजार २ सय ९३ लाई संक्रमण पुष्टि भएको छ।
त्यस्तै, स्पेनमा २ लाख २३ हजार ७ सय ५९, इटालीमा १ लाख ९५ हजार ३ सय ५१, फ्रान्समा १ लाख ६१ हजार ६ सय ३९, जर्मनीमा १ लाख ५६ हजार ४ सय १८, बेलायतमा १ लाख ४९ हजार ५ सय ६९ तथा टर्कीमा १ लाख ७ हजार ७ सय ७३ जनालाई संक्रमण पुष्टि भएको छ।
विश्वभर संक्रमणपछि मृत्यु हुनेको २ लाख २ हजार ४ सय ५५ पुगेको छ। मृत्यु हुनेको संख्या पनि अमेरिकामा बढी छ। त्यहाँ मृत्यु हुनेको संख्या ५४ हजार नाघेको छ। त्यस्तै, इटालीमा २६ हजार ३ सय ८४, स्पेनमा २२ हजार ९ सय २, फ्रान्समा २२ हजार ६ सय १४, बेलायतमा २० हजार ३ सय १९ को मृत्यु भइसकेको छ।
विश्वभर कुल ८लाख १५ हजार ६ सय ५८ उपचारपछि निको भइसकेका छन्। निको हुने पनि अमेरिकामा सबै सबैभन्दा बढी छन्। त्यहाँ १ लाख १८ हजार निको भइसकेका छन्।
नेपालमा पनि संक्रमितको संख्या ४९ पुगेको छ। तीमध्ये १६ जना उपचारपछि निको भइसकेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।