एजेन्सी-कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या २ लाख पुगेको छ। मृतकमध्ये ५१ हजार अमेरिकाका हुन्।
शनिबार बेलुका आएको तथ्यांकअनुसार विश्वभर कोरोनाबाट मारिनेको संख्या २ लाख पुगेको हो।
कोरोनाबाट मारिनेमा अमेरिकामा सबैभन्दा धेरै छन्। त्यसपछि इटली, स्पेन लगायतका देश छन्।
बेलायतमा समेत कोरोना भाइरसबाट २० हजार जनाले ज्यान गुमाई सकेका छन्। फ्रान्समा २२ हजारले ज्यान गुमाइसके।
कोरोनाको मृत्युदर बढिरहेको बेला विश्व स्वास्थ्य संगठनले एक पटक कोरोना लागेर निको भए पनि फेरि संक्रमणको जोखिम हुने बताएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।