• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, भदौ ११, २०८३ Thu, Aug 27, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कोरोना अपडेट

सरकारलाई कांग्रेसको सुझाव- विदेशका नेपाली उद्धार गर्न ठोस रणनीति बनाऔं

64x64
नेपाल लाइभ शनिबार, वैशाख १३, २०७७  १८:४६
1140x725

काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले कोरोनाका कारणले विदेशमा रोजगारी गुमाएकाहरुको लागि सरकारलाई अभिभावकत्व ग्रहण सुझाएको छ। 

कामका लागि गएका नेपाली नागरिकहरु श्रमिक कटौती तथा बेतलबी बस्न परेको समस्या ध्यानाकर्षण गराउँदै प्रवक्ता विश्वप्रकाश शर्माले सरकारलाई यथाशीघ्र ठोस दृष्टिकोण निर्माण गर्न आग्रह गरेका छन्।

अप्ठ्यारोमा परेर स्वदेश फर्कन चाहेका नेपालीलाई ‘आउन दिन्नौं’ भन्ने मनोविज्ञान र व्यवहार प्रस्तुत गरिँदा मानवाधिकार र मानवीयता दुवै दृष्टिले गलत हुने कांग्रेसको टिप्पणी छ।

अध्ययनका लागि गएका युवाहरुलाई आर्थिक संकट परेको प्रति सरकारको ध्यानाकर्षण गराइएको छ। विपतमा परेका विद्यार्थीका लागि राहत, घरफिर्ती वा शुल्क तिर्न अभिभावकले नेपालमा तिर्न सक्ने गरी सहुलियत ऋण/अनुदान प्रबन्ध गर्न आग्रह गरिएको छ। श्रमिक र विद्यार्थीका समस्यामा उच्च आत्मीयता, ढाडस र अभिभावकत्व प्रस्तुत गर्न अनुरोध गरिएको छ।

विदेशमा रहेका नेपालीका समस्याबारे कांग्रेसको सरकारलाई ध्यानाकर्षणः
विश्वव्यापी फैलिएको कोरोना भाइरस अर्थात कोभिड-१९ बाट विश्वभरी छरिएर रहेका नेपाली प्रताडित छन् यतिबेला। नेपाल देशले एकातर्फ नेपालभित्र रहेका नेपालीलाई कोरोनाबाट जोगाउन क्षमता अभिवृद्धि गर्दै लड्नु छ भने अर्कोतर्फ नेपाल बाहिर करीब ५० लाखको संख्यामा रहेका नेपालीलाई अत्यावश्यक परेको अभिभावकत्व प्रदान गर्नु छ। 

लकडाउन भएपश्चात् नेपाली कांग्रेसको यस बीचमा पदाधिकारी बैठक ३ पटक बस्यो। तिनवटै बैठकमा स्वदेशमा रहेका नेपालीका अलावा विदेशमा रहेका नेपालीहरुको फरक–फरक स्थितिको सूचना विश्लेषण र आवश्यक कदमहरु बारे छलफल भए। नेपाली जनसम्पर्क समितिहरु एवं अन्य संस्था, दुतावास र व्यक्तिहरुका माध्यमबाट प्राप्त सूचना र सुझाव एवं पार्टीको विभिन्न तहबाट नियमित सम्पर्क र संवाद मार्फत विदेशमा अप्ठ्यारोमा परेका नेपालीलाई राहत, उपचार र उद्धारमा तदारुकता बढाउन जरुरी देखिन्छ। 

विदेशमा रहेका नेपालीहरु बारे नेपाली कांग्रेसका तर्फबाट नेपाल सरकार समक्ष प्रधानमन्त्री एवं पराराष्ट्र मन्त्रीको तहमा पटक–पटक सम्पर्क, संवाद, आवश्यक आग्रह, ध्यानाकर्षण एवं माग प्रस्तुत गरिएका छन्। मुलतः बाहिर रहेका नेपाली बारे हाम्रो ४ आग्रह छ— सचेतना, राहत, उपचार र 
उद्धार। 

नेपालीलाई संक्रमणबाट जोगाउने एवं उपचार बारे 
(१)     अप्रिल २४ सम्म आइपुग्दा करीब ५० नेपालीको मृत्यु भएको छ भने विश्वव्यापी रुपमा नेपालीहरु संक्रमित भएको संख्या प्रमाणित रुपमा १२ सय एवं तथ्याङ्कमा अंकित हुन नसकेको अनुमानित समेत गर्दा करीब १८ सय पुगेको छ। संख्याका बारेमा दुतावास, गैर आवासीय नेपाली संघ (एनआरएन) एवं नेपाली जनसम्पर्क समिति लगायतका संस्था बीच कतिपय देशको फरक तथ्याङ्क पाइनु स्वभाविक यसकारण पनि छ की प्रथमतः हामीसँग कयौं देशमा नेपाली कति थिए भन्ने तथ्याङ्क ‘अपडेट’ थिएन। यो बेला कतिपय देशका अस्पतालहरुले व्यक्तिको गोपनियताको हक दृष्टिगत गरेर व्यक्तिको पहिचानको विवरण निश्चित परिवारमा सिमित गरेका छन्। 

nimb
nimb

(२)     यस्तो स्थिति रहेका बेला एकातर्फ नेपालीलाई संक्रमणबाट जोगाउने अर्कोतर्फ संक्रमित भएकाको उपचारमा ढिलाई हुन नदिन विशेष तदारुकताका लागि संगठित पहल जरुरी छ। सम्बन्धित देशमा रहेका नेपाली समुदायलाई थप प्रेरित र संगठित गर्न जरुरी सँगै नेपाल सरकारले थप कुटनैतिक एवं व्यवस्थापकीय पहल गर्न जरुरी छ। 

रोजगारी र राहतको प्रश्न
(३)     कोरोनाका कारण विश्वव्यापी रुपमा करौडौं नागरिकले आफ्नो रोजगारी गुमाएका छन्। त्यस भित्र लाखौं नेपाली परेका छन्। कतिपय देशका सरकारले श्रमिक कटौती गर्न र बेतलबी  विदा दिन सक्ने अधिकार कम्पनीहरुलाई दिएपछि नेपाली झनै प्रताडित भएका छन्। कतिपय देशले स्थायी जागिरेलाई तलबको निश्चित प्रतिशत कम्पनी मार्फत उपलब्ध गराएका छन् भने कतिपय देशले श्रमिकलाई आफ्नो देश फर्कन प्रोत्साहित गरेका छन्। अस्थायी रोजगारमा रहेकाको स्थिति झनै कष्टकर छ, कतिपय देशले अस्थायीलाई पनि निश्चित राहत रकम उपलब्ध गराएका छन् तर कतिपयले सामाजिक सुरक्षाको दायरा भन्दा बाहिर राखेका छन्, अस्थायीलाई। 

(४)     रोजगारी गुमाएका या रोजगारी खतरामा परेका विदेशका नेपालीहरु बारे नेपाल सरकारले यथाशीघ्र ठोस दृष्टिकोण निर्माण गरेर अभिभावकत्व ग्रहण र कार्यान्वयन गर्न जरुरी छ। 

उद्धारबारे ठोस रणनीति बनाऔं 
(५)     कुवेत, बहराइन लगायत कतिपय देशले गैह्र कानूनी रुपमा रहेका विदेशी श्रमिकलाई ‘एमनेष्टी’ को घोषणा गरी विना कार्वाही देश फर्कने समय सिमा तोकेको छ। कुवेतमा करीब ५ हजार र बहराइनमा करीब ३ हजार नेपाली गैह्र कानूनी रुपमा रहेको अनुमान छ। सम्बन्धित देशले फर्काउने घोषणा गरिसकेको र कतिपय देशका नागरिकलाई आफ्नै खर्चमा ‘चाटर्ड फलाइट’ मा फर्काइएको विवरण दृष्टिगत गरेर नेपालले आफ्नो प्रष्ट धारणा तत्काल निर्माण गर्न जरुरी छ भने उद्धार पश्चातको अत्यावश्यक बन्दोबस्तमा तत्कालै रणनीति निर्माण गर्न आवश्यक छ। 

(६)     नेपालमा रहेका विदेशी नागरिकलाई ती देशका सरकारले उद्धार गरेर स्वदेश फर्काएको विवरण थाहा हुंदा विदेशमा रहेका नेपालीले पनि स्वदेश फर्कने उत्कट चाहना राख्नु स्वभाविक हो। एक साथ लाखौंको उद्धार संभव नहुनु स्वभाविक हो। तर अप्ठ्यारोमा परेर स्वदेश फर्कन चाहेका नेपालीलाई ‘आउन दिन्नौं’ भन्ने मनोविज्ञान र व्यवहार प्रस्तुत गरिंदा मानवाधिकार र मानवियता दुबै दृष्टिले गलत हुन्छ। अतः देशलाई रेमिटेन्स पठाएर अर्थतन्त्र जोगाउन योगदान गरिरहेका संसारभरका नेपालीले आज प्रतिकूलता व्यहोरिरहेका बेला एकदमै अप्ठ्यारोमा जो परेका छन् तिनलाई उद्धार गर्नु राष्ट्रको कर्तव्य हुन्छ। अतः व्यक्तिगत र पारिवारिक स्थितिको अध्ययन एवं व्यक्तिको चाहना र परिस्थितिको सन्तुलन विश्लेषण गर्दै आवश्यक कदम चाल्न सरकारले तत्कालै अध्ययन र उद्धारको कार्यदल निर्माण गरेर हरसंभव व्यवहारिक प्रकृयाको थालनी गर्न आवश्यक छ। 

(७)     शहरी क्षेत्रबाट हजारौं श्रमिक सयौं किलोमिटर पैदल हिंडेर गाउँ गइरहेको स्वदेश भित्रको दृश्य व्यवस्थापन गर्न सरकार असफल भइरहेका बेला बाहिर रहेका नेपालीलाई आवश्यक उद्धार र व्यवस्थापनको विषय निश्चय नै सहज छैन। तर तिनै तहको सरकारले संगठित क्षमताका साथ कार्य गर्ने एवं सबै राजनैतिक दल, संघ–संस्था र सिंगो नेपालले यो जटिलता हल गर्न ऐक्यवद्ध प्रयत्न गर्नुको अर्को विकल्प छैन। त्यसको अर्थ विदेशमा रहेका ५० लाख नेपालीकै एकमुष्ट स्वदेश फिर्तिको प्रश्न होइन, अप्ठ्यारोमा परेर फर्कन चाहेका या फर्काउनु पर्ने स्थिति बनेका नेपालीको प्रथम प्राथमिकताको प्रश्न हो यो। 

सिमानामा आइपुगेका नेपालीहरु बारे 
(८)     महाकाली पारी धार्चुलामा रहेका नेपाली नागरिक हुन् या भारतको विभिन्न शहरबाट आएर सिमा नाकामा अलपत्र परेका नेपाली, सिमामा आइपुगेका नेपालीलाई ब्यवस्थित ढंगले प्रवेश गराएर क्वारेन्टाइनमा राख्ने कर्तव्य सरकारले ननिभाउनु दुःखद बिषय हो। हामी संग तीन तहका सरकार छन्, आपसी समन्वय साथ सिमामा आइपुगेका नागरिकको ब्यवस्थापन गर्न नसक्ने अयोग्यता होईन, सरकारले आफ्ना नागरिकको संरक्षण र ब्यवस्थापन गर्ने दायित्व र क्षमता प्रस्तुत गर्नैपर्दछ।

विद्यार्थीहरुबारे विशेष निर्णय जरुरी 
(९)     विदेशमा रहेका विद्यार्थीको कतिपय देशमा पढाइ ठप्प छ, काम विहिन बनेका छन्, पैसा सकिंदै गएको छ र अभिभावकले नेपालबाट तत्काल रकम पठाउन सहज छैन। देश फर्कन यथाशीघ्र चाहने संख्या यसभित्र ठूलो छ। कतिपय देशमा पढाई प्रत्यक्ष या अनलाइनबाट जारी छ तर कयौं विद्यार्थीलाई आउँदो सेमेष्टरको शुल्क तिर्न कठिनाई बनेको छ। विद्यार्थीलाई राहत, घर फिर्ती, शुल्क तिर्न अभिभावकले नेपालमा तिर्न सक्ने गरी सहुलियत ऋण या अनुदान आदि प्रबन्ध गरेर नेपाल देशले उच्च आत्मीयता, ढाडस र अभिभावकत्व प्रस्तुत गर्नै पर्दछ। श्रमिक र विद्यार्थीका बारे विशेष निर्णय आवश्यकता अनुरुप राज्यले गर्न जरुरी छ। 

नेपाली व्यवसायीहरुलाई आवश्यक सहजीकरण
(१०)आफ्नो अनुकूलता रहेका बेला विदेशमा रहेका नेपालीले नेपालमा अर्बौं रुपैयाँ लगानी गरेका छन्। गैह्र आवासीय नेपाली संघ मार्फत होस् या अन्य संस्था र व्यक्तिगत पहलमा नेपालमा हाइड्रो, बैंक, अस्पताल देखि कृषि क्षेत्रमा सम्म विदेशमा रहेका नेपालीले लगानी गरेका छन्। तर आज कोरोनाको सन्त्रासका कारण ती सबै सहयोगी हातहरु पनि संकट झेलिरहेका छन्।

विदेशमा हजारौं नेपालीले अनेकौं व्यवसाय गर्दै आएका छन्। यो संकटको घडीमा पनि आफ्नो व्यवसायिक चुनौतिलाई झेल्दै राहत र उद्धारको कर्ममा पनि कयौं सरीक छन्। नेपाल देशले कोरोनाको जोखिम सामना गर्न एकातर्फ स्वदेशमा रहेका साना–ठूला व्यवसायीलाई विविध प्रकृयाले व्यवसायिक सहजताको प्याकेज निर्माण गर्न जरुरी छ भने अर्कोतर्फ विदेशमा रहेका नेपाली व्यवसायीका सन्दर्भमा मुलुक र व्यक्तिगत परिस्थिति हेरि आवश्यक उच्च स्तरीय पहल र अभिभावकत्व अनुभूति गर्न गराउन आवश्यक छ। 

विश्वभरका बौद्धिक क्षेत्रलाई अपिल 
(११)    कोरोनाको जोखिम विदेशका पनि कयौं देशमा नेपाली स्वास्थ्यकर्मीहरु फ्रन्ट लाइनमा रहेर सामना गरिरहनु भएको छ। स्वास्थ्यकर्मीहरुका अलावा प्राध्यापन देखि विज्ञान र प्रविधिको क्षेत्रसम्म, इञ्जिनियरिङ देखि कानून हुंदै अनुसन्धानको अनेक क्षेत्रमा नेपाली वौद्धिकहरुको महत्वपूर्ण भूमिका रहि आएको छ। कोरोनासँगको आजको संघर्ष एवं यो संघर्षपछिको नेपालका लागि स्वदेश र विदेशका सबै वौद्धिक मस्तिष्कले तत्कालीन र दीर्घकालिन पुर्नउत्थानका लागि आवश्यक वहस र संवाद प्रारम्भ गर्न जरुरी छ। 

नेपाली कांग्रेसले सबै खाले आग्रह भन्दा माथि उठेर नेपाल र नेपालीको दीर्घकालिन हितमा विविध क्षेत्रका विज्ञहरुसँग वौद्धिक परामर्श प्रारम्भ गर्दै गरेको यो घडी संसारभर छरिएर रहेका विज्ञहरुलाई पनि वृहत्तर दृष्टिका लागि हार्दिक आह्वान र अपिल गर्दछ। 

जनसम्पर्क समितिका नाममा 
नेपाली जनसम्पर्क समितिका साथीहरुले थप एकता र गतिका साथ तत्कालीन र दीर्घकालीन प्रश्नहरुमा आवश्यक समन्वय र सहजीकरणको भूमिका निर्वाह गर्नु गराउनु हुने नै छ।    

विश्वप्रकाश शर्मा
प्रवक्ता एवम् सूचना, संचार तथा प्रचार विभाग प्रमुख

प्रकाशित मिति: शनिबार, वैशाख १३, २०७७  १८:४६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
भोटेकोशी बाढी : अहिलेसम्म ३५९ जनाको शव भेटियो, चितवनमा सबैभन्दा बढी
शवबाट कानको मुन्द्रा निकाल्ने २ युवा समातिए
भोटेकोशी बाढीपीडितलाई कोशी सरकारले ३ करोड दिने
सम्बन्धित सामग्री
एक साताको अवधिमा ५२ जनामा कोराना संक्रमण पुष्टि इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को आँकडा अनुसार गएको हप्ता पाँच प्रदेशमा कोभिड–१९ सङ्क्रमणको केस भेटिएको छ । बिहीबार, असार २६, २०८२
नेपालमा भेटियो कोरोनाका दुई नयाँ भेरियन्ट: ‘केपी वान’ र ‘केपी टु’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्‍याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा... शुक्रबार, जेठ ११, २०८१
कोरोना परीक्षणको दैनिक प्रतिवेदन पठाउन सरकारको निर्देशन  कोरोना भाइरस (कोभिड १९)को नयाँ भेरियन्टका संक्रमितहरु भेटिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस परीक्षणको प्रतिवेदन द... बुधबार, पुस २५, २०८०
ताजा समाचारसबै
भोटेकोशी बाढी : अहिलेसम्म ३५९ जनाको शव भेटियो, चितवनमा सबैभन्दा बढी बिहीबार, भदौ ११, २०८३
शवबाट कानको मुन्द्रा निकाल्ने २ युवा समातिए बिहीबार, भदौ ११, २०८३
भोटेकोशी बाढीपीडितलाई कोशी सरकारले ३ करोड दिने बिहीबार, भदौ ११, २०८३
जोखिममा खटिने सुरक्षाकर्मीको प्रोत्साहन भत्ता वृद्धी गर्ने सरकारको निर्णय बिहीबार, भदौ ११, २०८३
हवाई उद्धार गरिएका २४१ नेपाली नागरिक त्रिशूलीस्थित सैन्य तालिम केन्द्रमा  (नामावली) बिहीबार, भदौ ११, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
देउवालाई सर्वोच्चले दिएन राहत, आदेश संशोधनको माग अस्वीकार बुधबार, भदौ १०, २०८३
बालेन सरकारबाट नियुक्ति पाउने ‘भाग्यमानी’हरू : कहाँ, को भए ? बुधबार, भदौ १०, २०८३
बाँध फुटेको दाबी चीनले गर्‍यो अस्वीकार, सूचना नदिएको आरोपमा के भन्यो ? बिहीबार, भदौ ११, २०८३
बीओपी टिमुरेका ९ सशस्त्र प्रहरी सम्पर्कविहीन बुधबार, भदौ १०, २०८३
केरुङमा पनि पहिरो, उद्धारमा जुट्न सी जिनपिङको निर्देशन बुधबार, भदौ १०, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
संविधानमा गरिनुपर्ने मुलभूत संशोधन र परिमार्जन डा. नारायण घिमिरे
प्रेस स्वतन्त्रता: बालेन सरकारले संविधान मिचेको तीन प्रमाण नेपाल लाइभ
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
प्रधानमन्त्री र प्रधानन्यायाधीश एकैपटक पोखरा हुँदै मुस्ताङ किन जाँदैछन् ? बिहीबार, भदौ ४, २०८३
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? सोमबार, भदौ ८, २०८३
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे... मंगलबार, भदौ ९, २०८३
देउवालाई सर्वोच्चले दिएन राहत, आदेश संशोधनको माग अस्वीकार बुधबार, भदौ १०, २०८३
पार्टी निर्णयविपरीत गतिविधि गरेको भन्दै उद्धव थापा पदमुक्त सोमबार, भदौ ८, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्