काठमाडाैं- काेराेना भाइरसबाट संक्रमित ३७ जनाकाे विभिन्न अस्पतालमा उपचार भइरहेकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ। मन्त्रालयका अनुसार अहिलेसम्म ४९ जनामा काेराेना संक्रमण भएकाेमा १२ जना उपचारपछि निकाे भएर घर फर्किएका छन्।
यसबाहेक वीरगञ्जमा संक्रमित भेटिएका थप ४ जना पनि निको भएर आइतबार अस्पतालबाट डिस्चार्ज गर्ने तयारी अवस्थामा रहेको अस्पतालले जानकारी दिएको छ।
मन्त्रालयका प्रवक्त्ता डा विकास देवकाेटाले शनिबार आयाेजित नियमित पत्रकार सम्मेलनमा दिएकाे जानकारी अनुसार धनगढीमा एक जना, वीरगंजमा ५ जना, भरतपुरमा एक जना, विराटनगरमा ३० जना गरी कूल ३७ जना उपचाररत छन्।
उपचाररत सबैकाे स्वास्थ्य अवस्था सामान्य रहेकाे उनले बताए। नेपालमा हालसम्म ४९ जनामा कोरोना पोजेटिभ देखिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।