काठमाडाैं- झापाकाे दमकका काेराेना संक्रमितका छाेरा चैत्र ४ गते विदेशबाट आएकाे स्वास्थ्य मन्त्रलायले जनाएकाे छ। उनका छाेरा दुबईबाट काठमाडौं हुँदै दमक पुगेका थिए।
दुबईबाट आएका उनका छाेरासहित परिवारका तीन जना आरडिटीमा रिपाेर्ट पाेजेटिभ देखिएकाे थियाे। तर, पछि पिसिआर परीक्षणमा ६२ वर्षीय बाबुकाे मात्रै काेराेना पाेजेटिभ देखिएकाे मन्त्रालयका प्रवक्ता डा विकास देवकाेटाले बताए।
शुक्रबार गरिएकाे पिसिआर परीक्षणमा उनकाे रिपाेर्ट पाेजेटिभ आएकाे हाे। धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणका क्रममा ती पुरुषको नमुनामा कोरोना भाइरस पोजेटिभ देखिएको थियो।
हाल नेपालमा १४ हजार ७ सय ३१ जना क्वारेन्टाइनमा रहेको उनले जानकारी दिए। आइसोलेसनमा भने ८७ जना रहेको उनले बताए। शनिबार कुनै पनि व्यक्तिमा कोरोना भाइरसको संक्रमण नभेटिएको समेत उनले बताएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।