काठमाडौं- जेठ २ (मे १५) सम्म आन्तरिक र वाह्य हवाइ उडानलाई स्थगित गर्ने कोरोना रोकथाम तथा नियन्त्रणसम्बन्धी उच्चस्तरीय समितिले निर्णय गरेको छ।
समितिको शनिबार बसेको बैठकले हवाइ उडानलाई बैसाख १८ सम्म रोकिएको उडानलाई थप समयावधि बढाएको हो। यो अवधिमा व्यावसायिक उडान स्थगित भएपनि उद्धार, कार्गो तथा आकस्मिक उडान भने जारी रहनेछन्।
समितिले लकडाउन सफल भएको निष्कर्ष निकालेको छ। बैठकले लकडाउन प्रभावकारी बनेको समेत ठहर गरेको हो। लकडाउनको अवधि बढाउने जिम्मेवारी मन्त्रिपरिषदको क्षेत्राधिकार भएकाले छलफल नभएको बताइएको छ।
परीक्षणलाई दायरा बढाउने निर्णय गरिएको छ। परीक्षणका लागि मेडिकल सामग्री अभाव नभएको समितिको जिकिर छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।