काठमाडौं- शनिबार बसेको नोभल कोरोना भाइरस रोग रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले लकडाउन अवधि थप गर्ने बारे मन्त्रिपरिषदलाई सिफारिस गर्ने निर्णय गरेको छ। समितिले बेलुकासम्म सिफारिस गरी भोलि बस्ने मन्त्रिपरिषद बैठकले लकडाउन समयावधि थपबारे निर्णय गर्ने भएको छ।
‘लकडाउनबारे निर्णय गर्न मन्त्रालयका सचिव र सुरक्षा निकायलाई बेलुकासम्म प्रस्ताव तयार तयार गर्न निर्देशन दिएको छ। बेलुकासम्म लकडाउन थपबारे प्रस्ताव तयार गरी पेश हुन्छ,’ समितिका सदस्य एवम संस्कृति पर्यटन तथा नागरिक उड्डयनन मन्त्री योगेश भट्टराईले भने।
लकडान कति थप हुन्छ भन्नेबारे सरकारले निर्णय गरेपछि मात्र जानकारी हुने उनको भनाइ छ। सरकारले हप्ता दिनदेखि बैसाख मसान्तसम्म थपिन सक्ने आँकलन गरिएको छ। लकडाउन गत चैत ११ गतेदेखि लकडाउन लाग्दै आएको छ।
समिति बैठकले लकडाउन गरिएका कारओ कोरोना जोखिम कम भएकोसमेत निष्कर्ष निकालेको छ। विश्वका अन्य मुलुकको तुलनामा नेपालमा कोरोनाबाट मानवीय क्षति नभएकोलाई बैठकले सफलताको रुपमा समीक्षा गरेको छ। सरकारले पर्याप्त तयारी गरेकै कारण कोरोनाको जोखिम नियन्त्रणमा रहेको मन्त्री भट्टराईले बताए।
'संक्रमितको संख्या बढ्दै गएपनि अहिलेसम्म ज्यान जानबाट जोगिएको छ। अहिलेसम्म स्वास्थ्य सेवा र मेडिकल सामाग्री आवश्यक पुग्ने नै छ,’ मन्त्री भट्टराईले भने, ‘सामाजिक दुरी कायम गरेर नै कोरोनाबाट बच्ने अचुक उपाय हो। त्यसैले लकडाउन लम्ब्याउनु पर्छ भन्ने भयो।’
नागरिकलाई कष्ट भएपनि लकडाउन लम्ब्याएरै भएपनि अघि बढ्ने तयारी रहेको भट्टराईले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।