काठमाडौं- कोभिड-१९ रोगथाम तथा नियन्त्रण उच्च स्तरीय समन्वय समितिको बैठक ११ बजे प्रधानन्त्री तथा मन्त्रिपरिषद कार्यालय सिंहदरवारमा बस्दैछ।
लकडाउन थप गर्ने सन्दर्भमा समितिको बैठक बस्न थालेको समितिका संयोजक ईश्वर पोखरेलको सचिवालयले जनाएको छ। लकडाउन वैशाख मशान्तसम्म थप गर्ने कि हप्ता दिन मात्रै थप्ने भन्ने विषयमा छलफल भइरहेको एक मन्त्रीले बताए।
‘समितिको बैठक ११ बोलाइएको छ। समितिका सदस्य रहेका मन्त्री र सुरक्षा निकायले आ–आफ्नो रिर्पोटिङ राख्नुहुन्छ’, ती मन्त्रीले भने, ‘रिर्पोटिङपछि लकडाउनका बारेमा कति समय थप गर्ने भन्ने समितिले रिफारिस गरेपछि मन्त्रिपरिषद बैठकले निर्णय गर्ने छ।’
मन्त्रिपरिषद बैठक भने अनुकुल भए आजै र नभए आइतबार बस्ने बुझिएको छ।
सरकारले यसअघि थपेको समय अनुसार १५ गते रातिदेखि लकडाउनको समयावधि सकिँदैछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।