काठमाडौं- विश्वभर कोरोना भाइरस संक्रमितको संख्या २७ लाख ९० हजार ९ सय ८६ पुगेको छ।
जोन हप्किन्स विश्वविद्यालयले सार्वजनिक गरेको शनिबार बिहानसम्मको तथ्यांक अनुसार संक्रमितको संख्या अमेरिकामा सर्वाधिक छ। त्यहाँ ८ लाख ९० हजार ५ सय २४ संक्रमित भइसकेका छन्।
त्यस्तै, स्पेनमा २ लाख १९ हजार ७ सय ६४, इटालीमा १ लाख ९२ हजार ९ सय ९४, फ्रान्समा १ लाख ५९ हजार ४ सय ९५, जर्मनीमा १ लाख ५४ हजार ५ सय ५ सय ४५, बेलायतमा १ लाख ४४ हजार ६ सय ३५ तथा टर्कीमा १ लाख ४ हजार ९ सय १२ लाई संक्रमण पुष्टि भएको छ।
संक्रमणपछि मृत्यु हुनेको संख्या पनि अमेरिकामा नै बढी छ। त्यहाँ मृत्यु हुनेको संख्या ५२ हजार नाघेको छ।
इटालीमा २५ हजार ९ सय ६९, स्पेनमा २२ हजार ५ सय २४, फ्रान्समा २२ हजार २ सय ४५, बेलायतमा १९ हजार ५ सय ६ को मृत्यु भइसकेको छ।
विश्वभर ७ लाख ८१ हजार ३ सय ८२ उपचारपछि निको भएका छन्। निको हुनेको संख्या जर्मनीमा सर्वाधिक छ। त्यहाँ १ लाख ६ हजार ८ सय निको भएका छन्। त्यस्तै, अमेरिकामा ९६ हजार ६ सय ७७, स्पेनमा ९२ हजार ८२ हजार ३ सय ५५ उपचारपछि निको भएका छन्।
नेपालमा संक्रमितको संख्या ४९ पुगेको छ। १० जना भने उपचारपछि निको भइसकेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।