एजेन्सी- कोरोना भाइरसको संक्रमणका कारण लकडाउनमा गएका केही युरोपियन देशले लकडाउन खुकुलो बनाउँदै लगेका छन् भने केहीले खुकुलो बनाउने तयारी गरेका छन्।
चेक रिपब्लिकले भने शुक्रबारबाट हिँडडुल गर्न लगाएको प्रतिबन्ध खुकुलो बनाउँदै १० जनासम्मको समूहमा हिँड्न सकिने बताएको छ। यो नियम देशभित्र लागू गरिएको छ। देशबाहिर जानसमेत खुल्ला गरिएको छ। तर कडाइ भने जारी छ। अन्य युरोपियन देशहरुबाट आउनेको स्वास्थ्य परीक्षण अनिवार्य गरिएको छ। त्यहाँ १६ मार्चबाट लकडाउन सुरु भएको थियो।
इटलीमा लकडाउन हटाउन दोस्रो चरणको तयारी भइरहेको छ। इटलीले १४ अप्रिलबाट औषधि र खाद्य पसलसँगै साना पसलहरु खोल्न अनुमति दिइसकेको छ। दोस्रो चरणमा सार्वजनिक यातायात र निर्माणसम्बन्धी काम गर्न दिने तयारी भइरहेको छ।
बेल्जियममा मे ४ बाट साना पसलहरु खोल्न दिने तयारी भइरहेको छ। साना खाद्य पसल र सैलुन खोल्न दिनेबारे छलफल भइरहेको बीबीसी हिन्दीले उल्लेख गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।