एजेन्सी- भारतले कोरोना संक्रमितको उपचारमा प्लाज्मा थेरापीकाे परीक्षण सुरु गरेको छ। भारतको कर्नाटकबाट परीक्षण सुरु गरेको हो।
परीक्षण एक सरकारी र एक निजी अस्पतालमा गरिने तयारी सुरु गरिएको छ। चिकित्सक के सुधाकरलाई उदृत गर्दै बीबीसी हिन्दीले जनाएअनुसार दाताको तय भइसकेको छ। यसलाई भारतले निकै आशावादी भएर हेरिरहेको उनले बताएका छन्।
उनका अनुसार कोरोना संक्रमणका कारण स्वास्थ्य अवस्था नाजुक भएका बिरामीमा यसको परीक्षणको तयारी भइसकेको छ। बिरामीका परिवारजनले समेत प्लाज्मा थेरापीका लागि अनुमति दिइसकेका छन्।
भारतको भारतीय आयुर्विज्ञान अनुसन्धान परिषद्ले प्लाज्मा थेरापीको परीक्षणका लागि अनुमति दिइसकेको छ। परीक्षण गरिने बिरामी र्नाटकको सरकारी अस्पताल भिक्टोरियामा उपचाररत छन्। कोरोना संक्रमित भएर सोही अस्पतालमा उपचार गरेर निको भएका एक बिरामीको रगतमा रहेको प्लाज्मा दिन उनी राजी भइसकेका छन्।
कोरोना भाइरसको संक्रमणबाट निको भएकाहरुको रगतमा रहेको प्लाज्माले अर्का संक्रमितलाई निको हुन सहयोग गर्न सक्ने अनुमान मात्र हो। यसको पुष्टि भने भइसकेको छैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।