एजेन्सी- कोरोना भाइरस संक्रमण फैलने जोखिम हेरेर फ्रान्सले भिडभाड हुने रेष्टुरेन्ट र क्याफेहरु मे अन्त्य नभई खोल्न नदिने भएको छ। लामो समय रेष्टुरेन्ट बन्दहुँदा भाडा तिर्न नसकेर सञ्चालकहरु टाट पल्टन थालेको समाचार सार्वजनिक भइरहेका छन्। तर सरकारले तत्काल खुल्ला नगर्ने बताएको सिएनएनले लेखेको छ।
फ्रान्सका अर्थमन्त्री ब्रुनो लि मेरले कोरोना भाइरस संक्रमणका कारण लकडाउनमा जाँदा साना लगानीमा खुलेका रेष्टुरेन्ट र क्याफे सञ्चालकहरु आर्थिक समस्यामा परे पनि कोरोना भाइरस संक्रमण नफैलने अवस्था निर्माण नभएसम्म खुल्ला गर्ने निर्णय गर्न नसक्ने बताए।
'भाडा तिर्न नसकेर केही सञ्चालकहरु टाट पल्टेका सूचना आइरहेका छन् तर सरकार जोखिम उठाउन सक्ने अवस्थामा छैन' उनले भनेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।