एजेन्सी- अमेरिकामा कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या ५० हजार नाघेको छ। जोन हप्किन्स युनिभर्सिटीको डेटाअनुसार कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा ३ हजार अमेरिकी नागरिकको मृत्यु भएको थियो।
अहिलेसम्म अमेरिकामा ८ लाख ७० हजार कोरोना संक्रमित भइसकेका छन्। विश्वका अरू देशको आँकडाको तुलनामा अमेरिकामा कोरोनाका कारण हुने मृत्युदर कम रहेको पाइएको छ।
ह्वाइट हाउसस्थित कोभिड-१९ टास्क फोर्सका विशेषज्ञ डा डेबोरा ब्रिक्स भन्छन्‚ ‘विश्वलाई हेर्ने हो भने यो अमेरिकाको मृत्युदर अरूको भन्दा कम हो।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।