काठमाडौं- झापाका ६२ वर्षीय पुरुषमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा भएको परीक्षण अनुसार उनमा कोरोनाको संक्रमण पुष्टि भएको मन्त्रालयले जानकारी दिएको छ।झापा निवासी ६२ वर्षीय उनी आइसोलेसनमा उपचाररत भएको र स्वास्थ्य अवस्था सामान्य रहेको मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले जानकारी दिएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बेलुका पौने ८ बजे गरेको अध्यावधिक विवरण अनुसार कोभिड-१९ का पुष्टि भएकाहरूको जम्मा संख्या ४९ पुगेको छ|योसँगै नेपालका विभिन्न ११ जिल्लामा कोरोना भाइरसका संक्रमित बिरामी भेटिएका छन्।
नेपालमा सबैभन्दा बढी उदयपुरको एक मस्जिदको सम्पर्कमा आएका व्यक्ति कोरोना संक्रमित छन्। उदरपुरमा २७ जनामा कोरोना संक्रमण भएको पुष्टि भइसकेको छ। उनीहरु सबैको कोशी अस्पतालमा उपचार भइरहेको छ। यस्तै बिहीबार पनि प्रदेश १ कै भोजपुर जिल्लावासी एक युवामा कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएको थियो। योसँगै प्रदेश १ मा मात्र २९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भइसकेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।