धनगढी- कोभिड-१९ विकराल रूपमा दिन प्रतिदिन महामारीको रूपमा फैलिरहेको सन्दर्भमा पिन सुदूरपश्चिमले शुक्रबार धनगढीस्थित सेती प्रादेशिकअस्पताललाई स्वचालित सेनिटाइजेसन टनेल हस्तान्तरण गरी जडान गरेको छ।
हस्तान्तरण कार्यक्रममा सुदूरपश्चिम प्रदेश सरकारका पूर्व सामाजिक विकसमन्त्री एवं प्रदेश सदस्य दीर्घ सोडारी,अस्पतालका व्यवस्थापन समितिका अध्यक्ष दुर्गा जोशी,सदस्य मनोज राई,अस्पतालका मेडिकल सुपरटेन्डेनट डा हेमराज पाण्डे, पिन सुदूरपश्चिम अध्यक्ष गोकुल देव जोशी, सचिव दिनेश बोहरा, कोषाध्यक्ष नारद जोशी, कार्यसमिति सदश्यभान सिह धामी, होमराज तिमिल्सिना, हरेन्द्र चटौत, रोवोटिक्स एशोसिएसन नेपाल, सुदूरपश्चिम अध्यक्ष अनिल पाण्डे सहित पिनका सदस्यहरुको उपस्थिति रहेको थियो।
पिन सूदुरपश्चिम प्रदेशका अध्यक्ष गोकुल जोशीले उक्त टनेल अस्पतालकाअध्यक्ष दुर्गा जोशी लाई हस्तान्तरण गरेका हुन्। पूर्व सामाजिक विकसमन्त्री सोडारीले टनेलको प्रयोगले अस्पतालमा कोराना भाइरसबाट हुने संक्रमणको जोखिम कम गर्न मद्दत पुग्ने बताए। साथै, टनेल बुझ्ने क्रममा अस्पतालका अध्यक्ष दुर्गा जोशीले दैनिक सेवा दिन आत्मबल पुग्ने बताए।
उक्त टनेलको प्रयोग गर्दा ४ सेकेन्डमा पुरै शरीरमा सेनिटाइजर पुग्ने र स्वचालित भएको हुँदा कार्य टनेलको प्रयोगबाट संक्रमण फैलन जोखिम रहेको छैन। स्थानीय स्रोत साधनको प्रयोग गरी निर्माण गरिएको पिन सुदूरपश्चिम प्रदेशका अध्यक्ष गोकुल जोशीले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।