काठमाडौं- शुक्रबारका मुख्य घटनाक्रमसहितको नेपाल लाइभ समाचारका प्रमुख शीर्षकहरू
१) अध्यादेशमा पार्टी्भित्रै र बाहिर पनि विवाद बढेपछि प्रधानमन्त्री ओली चार दिनपछि युटर्न, राजनीतिक दल र संवैधानिक परिषद सम्बन्धी अध्यादेश राष्ट्रपतिद्वारा खारेज । (दुवै अध्यादेश खारेज)
२) अध्यादेश फिर्ता लिएर सरकारले गल्ती सच्याएको कांग्रेसको भनाइ, सांसद अपहरण गर्नेलाई कारबाहीको प्रतिक्षा, समाजवादीतर्फ हानेको गोली आफैतिर फर्केपछि अध्यादेश फिर्ता लिइएको पूर्वप्रधानमन्त्री भट्टराईको दाबी । (कारबाहीको प्रतिक्षामा कांग्रेस)
३) कोरोना महामारी नियन्त्रणमा मात्रै ध्यान केन्द्रीत गर्न सरकारलाई निर्देशन दिगो विकास समितिको निर्देशन, सीमानामा रहेका नागरिकहरुलाई सुरक्षित रुपमा देश भित्र्याउन माग । (दिगो विकास समितिको निर्देशन)
४) बुन्डेस लिगा फुटबल मे ९ तारिखदेखि पुनः सुरु गर्ने जर्मन फुटबल लिगको तयारी, ३६ व्यवसायिक क्लबसँग छलफल, जर्मन सरकारले यसबारे निर्णय गर्ने । (बुन्डेस लिगाको तयारी)
५) र, अमेरिकी राष्ट्रपति ट्रम्पले कोरोना भाइरसका बारेमा दिएको नयाँ सल्लाहप्रति चिकित्सकहरुले आपत्ति, ट्रम्पको यो आइडियाले थप विनाशकारी नतिजा ल्याउने डाक्टरको चेतावनी । (ट्रम्पको सल्लाहमा चिकित्सकको आपत्ति)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।