काठमाडौं- बिहीबार कोरोना संक्रमण भएको प्रमाणित भएका भाेजपुरका २६ वर्षीय युवा साउदीबाट आएको जनाकारी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको छ। शुक्रबार दिउँसो मन्त्रालयले आयोजना गरेको मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले याे जानकारी दिएका हुन्।
उनी फागुन ३० गते हिमालयन एयरलाइन्सको उडानबाट काठमाडौं आएको समेत उनले जानकारी दिए। यसैगरी, उनलाई विराटनगरस्थित कोशी अस्पताल ल्याइँदै गरेको समेत उनले बताए। अब विराटनगरमा २८ जना कोरोना संक्रमित हुने भएका छन्। बिहीबार पिसिआर परीक्षणका क्रममा उनको नमूनमा कोरोना पोजेटिभ देखिएको थियो।
उनी काठमाडौंमा केही दिन बसेर उदयपुर पुगेका थिए। त्यसपछि उनी भोजपुर गएका थिए। भोजपुरमा नै र्यापिड परीक्षणमा उनमा कोरोना पोजेटिभ देखिएपछि पिसिआर परीक्षण गरिएको थियो। उनी उदयपुरमा रहँदा सम्पर्कमा आएका व्यक्तिहरुकाे पनि नमुना संकलन गरिएकाे मन्त्रालयले जनाएकाे छ।
(नोट : यसअघि प्रकाशित समाचारमा 'साउदी'बाट हुनुपर्नेमा अन्यथा भएकाले क्षमायाचनासहित सच्याइएको छ। -सम्पादक)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।