• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज २३, २०८३ Fri, Oct 9, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कोरोना अपडेट

के हो 'हर्ड इम्युनिटी'? कोभिड-१९ लाई जित्न यो किन महत्त्वपूर्ण?

64x64
प्रदीप खद्योत शुक्रबार, वैशाख १२, २०७७  १३:१६
1140x725

एजेन्सी- जोसँग रोग प्रतिरोधात्मक क्षमता कमजोर छ‚ उनीहरूमा कोरोना भाइरसको संक्रमणका कारण कोभिड-१९ रोग देखापर्ने प्रवल सम्भावना हुन्छ। यो भाइरस एकदमै द्रूत गतिमा विश्वभर फैलिरहेको छ। यसलाई जित्न मानिसमा पर्याप्त मात्रामा रोग प्रतिरोधात्मक शक्तिको आवश्यकता हुन्छ।

कोरोना रोकथामको अचुक तत्व रोग प्रतिरोधात्मक शक्ति (इम्नयुनिटी पावर) व्यक्तिगतभन्दा पनि समग्र समुदायकै बढ्नुपर्ने देखिन्छ। यसलाई अंग्रेजीमा हर्ड इम्युनिटीका रूपमा बुझ्ने गरिएको छ। हर्ड इम्युनिटी के हो र यसलाई कसरी प्राप्त गर्न सकिन्छ भन्ने छोटो चर्चा गरौं।

के हो हर्ड इम्युनिटी?
धेरै मानिससँग रोगसँग लड्नसक्ने क्षमता पर्याप्त हुँदैन। कोभिड-१९ जस्ता सरूवा रोगसँग लड्न सबैभन्दा पहिला चाहिने भनेको शरीरको प्रतिरोधात्मक क्षमता नै हो। रोग प्रतिरोधात्मक क्षमता कमजोर भएका मानिसहरूमा विभिन्न तरिका अपनाएर (जस्तैः पहिले नै विकास भइसकेका भ्याक्सिन तथा औषधिको प्रयोगले) समुदायका समग्र मानिसकै रोग प्रतिरोधात्मक क्षमता अभिवृद्धि गर्नु नै ‘हर्ड इम्युनिटी’ हो।

उदाहरणका लागि‚ यदि ८० प्रतिशत मानिसमा यस्ता किसिमका रोगहरूसँग लड्न सक्ने क्षमता पर्याप्त मात्रामा छ भने बाँकी मानिसमा यसको असर देखिए पनि पुरै समुदायमा यस्ता किसिमका संक्रमणहरूको ठूलो असर देखिँदैन। र संक्रामक रोगहरूलाई नियन्त्रण गर्ने यो नै अहिलेको सबैभन्दा राम्रो उपाय हो।

भाइरस कत्तिको संक्रामक छ भन्ने कुराले पनि धेरै ठूलो भूमिका खेलेको हुन्छ। हर्ड इम्युनिटी प्राप्त गर्नका लागि करीब ७० देखि ९० प्रतिशत जनसंख्यासँग रोग प्रतिरोधात्मक क्षमता पर्याप्त मात्रामा हुनुपर्ने हुन्छ।

हर्ड इम्युनिटी कसरी प्राप्त गर्न सकिन्छ?
दादुरा‚ मम्प्स‚ पोलियो‚ ठेउलाजस्ता संक्रामक रोगहरूलाई हामीले जितिसकेका छौं। विश्वमा अझै पनि यस्ता ठाउँहरू छन्‚ जहाँ विभिन्न औषधी‚ भ्याक्सिन बनिसकेर पनि विश्वले जितिसकेको रोगहरूले कयौं ठाउँमा हजारौंको ज्यान लिइरहेको छ। (सन् २०१९ मा डेस्नील्यान्डमा मिजल्स प्रकोप)

Ncell 2
Ncell 2
nimb
nimb

भ्याक्सिनको विकास नभइसकेको अवस्थामा यसले विशेषगरी रोग प्रतिरोधात्मक क्षमता कमजोर भएका बच्चा र बुढाबुढीमा असर गर्न सक्छ। यसको बारेमा माथि उल्लेखित रोगको संक्रमण लागेकै बेला पनि अनुभव गरिसकिएको छ।

अन्य भाइरस (जस्तैः फ्लू)ले समयसँगै परिवर्तन हुन्छन्। त्यसैले पहिलेको संक्रमणको एन्टिबडीले थोरै समयका लागि मात्र सुरक्षा प्रदान गर्छ। तीव्र रूपमा फैलिइरहेको सार्स-कोभिड-२ को प्रतिरक्षा गर्नका लागि एक व्यक्ति केही समयसम्मका लागि सक्षम हुन सक्ला। रोग प्रतिरोधात्मक क्षमताका कारण केही महिना‚ वर्षसम्म त्यससँग जुध्न सक्ला तर सम्पूर्ण जिन्दगीभर नै यस्ता किसिमका संक्रमणहरूसँग जुध्न सकिँदैन।

हर्ड इम्युनिटी प्राप्त गर्नका लागि के गर्न सकिन्छ?
अरू संक्रमणको जस्तै‚ हर्ड इम्युनिटी प्राप्त गर्ने पनि दुईवटा उपायहरू छन् : हाम्रो जनसंख्याको ठूलो हिस्सा‚ जसलाई संक्रमण भइसकेको छ र उनीहरूले भ्याक्सिनको प्रयोग पनि गरिसकेका छन्।

Xtrem

Xtrem

Crowd of people

यो संक्रमणका आधारमा हेर्ने हो भने‚ हर्ड इम्युनिटीलाई प्राप्त गर्नका लागि हामीलाई रोग प्रतिरोधात्मक क्षमता पर्याप्त मात्रामा भएको कूल जनसंख्याको ७० प्रतिशत हिस्साको आवश्यकता हुन्छ।

  • यसको नराम्रो पक्ष भनेको कोरोना भाइरस द्रूत गतिमा फैलिरहेकाले केही महिनामै धेरै मानिसमा यसको संक्रमण देखिन सक्छ। र यसले विभिन्न अस्पताललाई हतास बनाइसकेको छ। यदि यो भाइरस यसैगरी फैलँदै जाने हो भने मृत्युदर अझै धेरै बढ्न सक्ने आँकलन गरिएको छ।
  • यसको राम्रो पक्ष भनेको कोरोनाको संक्रमणलाई रोक्नका लागि हामीले अपनाउनुपर्ने उपायहरू अपनाइरहेका छौं। कोरोनाविरूद्धको भ्याक्सिनको विकास गर्नुअघि सामाजिक दूरी कायम गर्नेदेखि लिएर विभिन्न स्थानमा लकडाउन समेत गरेर यसलाई नियन्त्रण गर्नका लागि विभिन्न देशहरूले विभिन्न उपायहरू अपनाइरहेका छन्।

अन्य रोगहरू‚ जस्तैः भेरिसेल्ला भ्याक्सिन विकास हुनुअघि‚ ठेउलाद्वारा संक्रमित व्यक्तिहरू रोग प्रतिरोधात्मक क्षमताको अभिवृद्धि गर्ने विभिन्न उपायहरू अपनाउन सुझाव दिन्थे। कम संक्रामक रोगहरूका लागि यो पनि एउटा राम्रो तरिका हो।

तर‚ कोरोना भाइरसको लागि भने त्यस्ता उपायले केही काम नगर्ने देखिएको छ‚ कोरोना भाइरसको संक्रमण अन्य संक्रमणभन्दा भिन्न छ। यसले मानिसमा गम्भीर प्रकृतिका रोग र मृत्युको झनै अन्य संक्रमणभन्दा बढी जोखिम बढाएको छ।

कोभिड-१९ को मृत्युदर अहिले ठ्याक्कै यही हो भनेर भन्ने अवस्थामा छैन‚ तर अहिलेसम्म उपलब्ध तथ्यांकअनुसार अन्य फ्लूजन्य रोगहरूभन्दा यो १० गुणा बढी जोखिमयुक्त छ। अझ वृद्धवृद्धा र रोग प्रतिरोधात्मक क्षमता कमजोर भएका व्यक्तिका लागि त झन् यसले बढी असर देखाउने भएकाले पनि यो अरूभन्दा जोखिमयुक्त छ नै। 

सधैं छिटो हुँदैमा राम्रो हुन्छ भन्ने पनि हुँदैन। किनकी हामीले यस विषयमा पहिलेका संक्रमणहरू जस्तैः ‘१९२८ फ्लू पेन्डामिक’ मा पनि देखिसकेका छौं। त्यसकारण सबै कुरा हतारमा मात्र निर्णय हुनु पनि राम्रो होइन।

आउँदा महिनामा हामीले के आश गर्ने?
वैज्ञानिकहरू कोभिड-१९ विरूद्धको भ्याक्सिन निर्माणमा दिनरात खटिइरहेका छन्। यसैगरी‚ कोरोना भाइरसको संक्रमणका कारण अझै पनि धेरै जनसंख्या संक्रमित भएको छैन। कतिपय ठाउँमा यस्तो महामारीको बेलामा बेलैमा सुरक्षा अपनाउनुपर्ने हुन्छ। न्यूयोर्कजस्ता भीडभाडयुक्त सहरमा हामीले पहिलेदेखि नै सुरक्षाका उपाय अपनाउनुपर्ने हुन्छ।

समयसँगै भौतिक सुरक्षाका उपायहरू पनि विभिन्न ठाउँ नै पिच्छे फरक हुन सक्छन्। अहिलेको जस्तै कडा लकडाउन तथा सामाजिक दूरीको व्यवस्था नगरी अन्य कुनै प्रक्रियाबाट पनि यसको संक्रमणबाट बच्न सकिन्छ।

अमेरकाजस्तो देशमा लाखौं मानिसहरू संक्रमित भइरहँदा अब चाहीँ यही अवस्था सामान्य हुनकै लागि पनि थुप्रै समय लाग्ने र एकै क्षेत्रबाट अत्यधिक मानिसहरू संक्रमित भइरहँदा भ्याक्सिनको विकास हुनुअघि हर्ड इम्युनिटीका माध्यमबाट रोगलाई जितेर समान्य जीवनमा फर्कन असम्भवप्रायः छ।
एजेन्सीहरूको सहयोगमा

प्रकाशित मिति: शुक्रबार, वैशाख १२, २०७७  १३:१६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
प्रदीप खद्योत
लेखकबाट थप
ट्रम्पको अप्रिय बहिर्गमन
अमेरिकी उपराष्ट्रपतिमा जितेकी कमला ह्यारिस को हुन्?
कोभिड-१९ : 'फल्स पोजेटिभ रिपोर्ट'पछि तनावग्रस्त मेरा चार दिन
सम्बन्धित सामग्री
एक साताको अवधिमा ५२ जनामा कोराना संक्रमण पुष्टि इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को आँकडा अनुसार गएको हप्ता पाँच प्रदेशमा कोभिड–१९ सङ्क्रमणको केस भेटिएको छ । बिहीबार, असार २६, २०८२
नेपालमा भेटियो कोरोनाका दुई नयाँ भेरियन्ट: ‘केपी वान’ र ‘केपी टु’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्‍याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा... शुक्रबार, जेठ ११, २०८१
कोरोना परीक्षणको दैनिक प्रतिवेदन पठाउन सरकारको निर्देशन  कोरोना भाइरस (कोभिड १९)को नयाँ भेरियन्टका संक्रमितहरु भेटिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस परीक्षणको प्रतिवेदन द... बुधबार, पुस २५, २०८०
ताजा समाचारसबै
भोटेकोशी बाढीको प्रतिवेदन बागमती प्रदेश सरकारलाई पेश बिहीबार, असोज २२, २०८३
२१ किलो सुन चिनियाँ नागरिकको समूहले ल्याएको प्रारम्भिक निष्कर्ष बिहीबार, असोज २२, २०८३
बूढानीलकण्ठबाट २१ किलो बराबर सुन बरामद बिहीबार, असोज २२, २०८३
भोटेकोसी बाढीपीडितका लागि एसडीएन र चाँगुनारायण फाउन्डेसनले दिए १ करोड बिहीबार, असोज २२, २०८३
विदेश जाने यात्रुका लागि ग्लोबल आइएमई बैंकको उपत्यकाका सबै शाखाबाट डलर सटही सुविधा बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
गगन बने कांग्रेसकाे सर्वसम्मत सभापति, घोषणा बाँकी बुधबार, असोज २१, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
३० जनालाई उम्मेदवारी फिर्ता लिन आग्रह गर्दै थापाले भने– समय अझै बाँकी छ बिहीबार, असोज २२, २०८३
तीनकुने झडप प्रकरण : दुर्गा प्रसाईंलगायतलाई कारबाही गर्न सिफारिस बुधबार, असोज २१, २०८३
यस्ता छन् मन्त्रिपरिषद्का ६ निर्णय बुधबार, असोज २१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्