एजेन्सी- जोसँग रोग प्रतिरोधात्मक क्षमता कमजोर छ‚ उनीहरूमा कोरोना भाइरसको संक्रमणका कारण कोभिड-१९ रोग देखापर्ने प्रवल सम्भावना हुन्छ। यो भाइरस एकदमै द्रूत गतिमा विश्वभर फैलिरहेको छ। यसलाई जित्न मानिसमा पर्याप्त मात्रामा रोग प्रतिरोधात्मक शक्तिको आवश्यकता हुन्छ।
कोरोना रोकथामको अचुक तत्व रोग प्रतिरोधात्मक शक्ति (इम्नयुनिटी पावर) व्यक्तिगतभन्दा पनि समग्र समुदायकै बढ्नुपर्ने देखिन्छ। यसलाई अंग्रेजीमा हर्ड इम्युनिटीका रूपमा बुझ्ने गरिएको छ। हर्ड इम्युनिटी के हो र यसलाई कसरी प्राप्त गर्न सकिन्छ भन्ने छोटो चर्चा गरौं।
के हो हर्ड इम्युनिटी?
धेरै मानिससँग रोगसँग लड्नसक्ने क्षमता पर्याप्त हुँदैन। कोभिड-१९ जस्ता सरूवा रोगसँग लड्न सबैभन्दा पहिला चाहिने भनेको शरीरको प्रतिरोधात्मक क्षमता नै हो। रोग प्रतिरोधात्मक क्षमता कमजोर भएका मानिसहरूमा विभिन्न तरिका अपनाएर (जस्तैः पहिले नै विकास भइसकेका भ्याक्सिन तथा औषधिको प्रयोगले) समुदायका समग्र मानिसकै रोग प्रतिरोधात्मक क्षमता अभिवृद्धि गर्नु नै ‘हर्ड इम्युनिटी’ हो।
उदाहरणका लागि‚ यदि ८० प्रतिशत मानिसमा यस्ता किसिमका रोगहरूसँग लड्न सक्ने क्षमता पर्याप्त मात्रामा छ भने बाँकी मानिसमा यसको असर देखिए पनि पुरै समुदायमा यस्ता किसिमका संक्रमणहरूको ठूलो असर देखिँदैन। र संक्रामक रोगहरूलाई नियन्त्रण गर्ने यो नै अहिलेको सबैभन्दा राम्रो उपाय हो।
भाइरस कत्तिको संक्रामक छ भन्ने कुराले पनि धेरै ठूलो भूमिका खेलेको हुन्छ। हर्ड इम्युनिटी प्राप्त गर्नका लागि करीब ७० देखि ९० प्रतिशत जनसंख्यासँग रोग प्रतिरोधात्मक क्षमता पर्याप्त मात्रामा हुनुपर्ने हुन्छ।
हर्ड इम्युनिटी कसरी प्राप्त गर्न सकिन्छ?
दादुरा‚ मम्प्स‚ पोलियो‚ ठेउलाजस्ता संक्रामक रोगहरूलाई हामीले जितिसकेका छौं। विश्वमा अझै पनि यस्ता ठाउँहरू छन्‚ जहाँ विभिन्न औषधी‚ भ्याक्सिन बनिसकेर पनि विश्वले जितिसकेको रोगहरूले कयौं ठाउँमा हजारौंको ज्यान लिइरहेको छ। (सन् २०१९ मा डेस्नील्यान्डमा मिजल्स प्रकोप)
भ्याक्सिनको विकास नभइसकेको अवस्थामा यसले विशेषगरी रोग प्रतिरोधात्मक क्षमता कमजोर भएका बच्चा र बुढाबुढीमा असर गर्न सक्छ। यसको बारेमा माथि उल्लेखित रोगको संक्रमण लागेकै बेला पनि अनुभव गरिसकिएको छ।
अन्य भाइरस (जस्तैः फ्लू)ले समयसँगै परिवर्तन हुन्छन्। त्यसैले पहिलेको संक्रमणको एन्टिबडीले थोरै समयका लागि मात्र सुरक्षा प्रदान गर्छ। तीव्र रूपमा फैलिइरहेको सार्स-कोभिड-२ को प्रतिरक्षा गर्नका लागि एक व्यक्ति केही समयसम्मका लागि सक्षम हुन सक्ला। रोग प्रतिरोधात्मक क्षमताका कारण केही महिना‚ वर्षसम्म त्यससँग जुध्न सक्ला तर सम्पूर्ण जिन्दगीभर नै यस्ता किसिमका संक्रमणहरूसँग जुध्न सकिँदैन।
हर्ड इम्युनिटी प्राप्त गर्नका लागि के गर्न सकिन्छ?
अरू संक्रमणको जस्तै‚ हर्ड इम्युनिटी प्राप्त गर्ने पनि दुईवटा उपायहरू छन् : हाम्रो जनसंख्याको ठूलो हिस्सा‚ जसलाई संक्रमण भइसकेको छ र उनीहरूले भ्याक्सिनको प्रयोग पनि गरिसकेका छन्।
यो संक्रमणका आधारमा हेर्ने हो भने‚ हर्ड इम्युनिटीलाई प्राप्त गर्नका लागि हामीलाई रोग प्रतिरोधात्मक क्षमता पर्याप्त मात्रामा भएको कूल जनसंख्याको ७० प्रतिशत हिस्साको आवश्यकता हुन्छ।
- यसको नराम्रो पक्ष भनेको कोरोना भाइरस द्रूत गतिमा फैलिरहेकाले केही महिनामै धेरै मानिसमा यसको संक्रमण देखिन सक्छ। र यसले विभिन्न अस्पताललाई हतास बनाइसकेको छ। यदि यो भाइरस यसैगरी फैलँदै जाने हो भने मृत्युदर अझै धेरै बढ्न सक्ने आँकलन गरिएको छ।
- यसको राम्रो पक्ष भनेको कोरोनाको संक्रमणलाई रोक्नका लागि हामीले अपनाउनुपर्ने उपायहरू अपनाइरहेका छौं। कोरोनाविरूद्धको भ्याक्सिनको विकास गर्नुअघि सामाजिक दूरी कायम गर्नेदेखि लिएर विभिन्न स्थानमा लकडाउन समेत गरेर यसलाई नियन्त्रण गर्नका लागि विभिन्न देशहरूले विभिन्न उपायहरू अपनाइरहेका छन्।
अन्य रोगहरू‚ जस्तैः भेरिसेल्ला भ्याक्सिन विकास हुनुअघि‚ ठेउलाद्वारा संक्रमित व्यक्तिहरू रोग प्रतिरोधात्मक क्षमताको अभिवृद्धि गर्ने विभिन्न उपायहरू अपनाउन सुझाव दिन्थे। कम संक्रामक रोगहरूका लागि यो पनि एउटा राम्रो तरिका हो।
तर‚ कोरोना भाइरसको लागि भने त्यस्ता उपायले केही काम नगर्ने देखिएको छ‚ कोरोना भाइरसको संक्रमण अन्य संक्रमणभन्दा भिन्न छ। यसले मानिसमा गम्भीर प्रकृतिका रोग र मृत्युको झनै अन्य संक्रमणभन्दा बढी जोखिम बढाएको छ।
कोभिड-१९ को मृत्युदर अहिले ठ्याक्कै यही हो भनेर भन्ने अवस्थामा छैन‚ तर अहिलेसम्म उपलब्ध तथ्यांकअनुसार अन्य फ्लूजन्य रोगहरूभन्दा यो १० गुणा बढी जोखिमयुक्त छ। अझ वृद्धवृद्धा र रोग प्रतिरोधात्मक क्षमता कमजोर भएका व्यक्तिका लागि त झन् यसले बढी असर देखाउने भएकाले पनि यो अरूभन्दा जोखिमयुक्त छ नै।
सधैं छिटो हुँदैमा राम्रो हुन्छ भन्ने पनि हुँदैन। किनकी हामीले यस विषयमा पहिलेका संक्रमणहरू जस्तैः ‘१९२८ फ्लू पेन्डामिक’ मा पनि देखिसकेका छौं। त्यसकारण सबै कुरा हतारमा मात्र निर्णय हुनु पनि राम्रो होइन।
आउँदा महिनामा हामीले के आश गर्ने?
वैज्ञानिकहरू कोभिड-१९ विरूद्धको भ्याक्सिन निर्माणमा दिनरात खटिइरहेका छन्। यसैगरी‚ कोरोना भाइरसको संक्रमणका कारण अझै पनि धेरै जनसंख्या संक्रमित भएको छैन। कतिपय ठाउँमा यस्तो महामारीको बेलामा बेलैमा सुरक्षा अपनाउनुपर्ने हुन्छ। न्यूयोर्कजस्ता भीडभाडयुक्त सहरमा हामीले पहिलेदेखि नै सुरक्षाका उपाय अपनाउनुपर्ने हुन्छ।
समयसँगै भौतिक सुरक्षाका उपायहरू पनि विभिन्न ठाउँ नै पिच्छे फरक हुन सक्छन्। अहिलेको जस्तै कडा लकडाउन तथा सामाजिक दूरीको व्यवस्था नगरी अन्य कुनै प्रक्रियाबाट पनि यसको संक्रमणबाट बच्न सकिन्छ।
अमेरकाजस्तो देशमा लाखौं मानिसहरू संक्रमित भइरहँदा अब चाहीँ यही अवस्था सामान्य हुनकै लागि पनि थुप्रै समय लाग्ने र एकै क्षेत्रबाट अत्यधिक मानिसहरू संक्रमित भइरहँदा भ्याक्सिनको विकास हुनुअघि हर्ड इम्युनिटीका माध्यमबाट रोगलाई जितेर समान्य जीवनमा फर्कन असम्भवप्रायः छ।
एजेन्सीहरूको सहयोगमा
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।