• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, माघ ८, २०८२ Thu, Jan 22, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

संवैधानिक कानुनका विज्ञहरुको टिप्पणी : अध्यादेश खारेज गरौं

64x64
नेपाल लाइभ मंगलबार, वैशाख ९, २०७७  १६:५५
1140x725

काठमाडाैं- संवैधानिका कानुनका विज्ञहरुले सरकारले जारी गरेको अध्यादेशको आवश्यकता र औचित्य अहिलेको समयमा पुष्टि नहुने भन्दै खारेज गर्न माग गरेका छन्।

संवैधानिक क्षेत्रका दख्खल राख्ने कानुन व्यवसायीहरुको संस्था ‘संवैधानिक कानुन व्यवसायी मञ्च’ले एक विज्ञप्ति जारी गर्दै यो अध्यादेश गलत भएको भन्दै सरकारले तत्काल फिर्ता लिनुपर्ने बताए। विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड १९ बाट आम नागरिकको संरक्षणमा सरकारले आफ्ना प्रयासहरु केन्द्रीत गरोस भन्दै उनीहरुले यस्तो समयमा गरेको गलत कार्य आफैंले सच्चाउन सुझाव दिएका छन्।

कोभिड १९ को महामारीबाट नागरिकको संरक्षण गर्न सबै एकढिक्का भएर जुट्नुपर्ने अवस्थामा राष्ट्रिय हित तथा सन्दर्भसँग तादम्यता नराख्ने राजनीतिक दल सम्बन्धी (दोस्राे संशोधन) अध्यादेश २०७७ र संवैधानिक परिषद् (काम कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) अध्यादेश २०७७ मन्त्रिपरिषद्‌बाट स्वीकृत गरी जारी गरिएको उनीहरुको ठहर छ। विकसित पछिल्लो घटनाक्रम, यसको संवैधानिक पक्ष र कोभिड १९ को रोकथाम र नियन्त्रणको राष्ट्रिय महाअभियानमा यसले पार्ने प्रतिकुल प्रभावको बारेमा समेत गम्भीर समीक्षा गर्दै उनीहरुले सरकारलाई यो फिर्ता लिन सुझाव दिएका हुन्।

‘संविधानको धारा ११४ को उपधारा (१)ले निर्दिष्ट गरे बमोजिम तत्कालको संवैधानिक औचित्य र आवश्यकताको कुनै पनि हिसाबले पुष्टि नहुने अवस्थामा जारी गरिएका अध्यादेशहरु संविधानको धारा ११४ को उपधारा (२) (ग) बमोजिम राष्ट्रपतिद्वारा खारेज हुनु पर्दछ,’ विज्ञप्तिमा भनिएको छ, ‘यसलाई  खारेज गर्न मन्त्रिपरिषद्‌ले अविलम्ब राष्ट्रपतिसमक्ष पुनः सिफारिस गर्न जोडदार माग गर्दछौ।’

औचित्य र कारण बिना अस्वाभाविक रुपमा चालिएको पछिल्लो कदम विशेष परिस्थितिमा अध्यादेश जारी गर्ने संवैधानिक अधिकारको दुरुपयोग भएको उनीहरुको ठहर छ। महामारीविरुद्ध राष्ट्रलाई एकजुट बनाउनु पर्नेमा यसले विभाजनलाई मार्ग प्रशस्त गरी जनतामा नैरास्यता उत्पन्न गर्ने उनीहरुको तर्क छ।

Ncell 2
Ncell 2

निहीत राजनीतिक स्वार्थबाट अभिप्रेरित असंवैधानिक कदमको कारण मुलुकले नै गम्भीर क्षति बेहाेर्नुपर्ने हो कि भन्ने सन्देह उत्पन्न भएको छ। जनताको वृहत हितलाई संरक्षण गर्ने तर्फ केन्द्रित हुनुपर्ने संवैधनिक कर्तव्यबाट सरकार विचलित भइ देशलाई राजनीतिक अस्थिरताको दुस्चक्रमा पुनः धकेल्नेतर्फ अभिप्रेरित हुनु खेदजनक भएको विज्ञप्तिमा उल्लेख छ।

‘अहिलेको गम्भीर परिस्थितिमा संविधानको धारा ५ मा परिभाषित राष्ट्रिय हित, धारा ४९ अन्तर्गत जनताको ज्यूधन, समानता र स्वतन्त्रता संरक्षणको संवैधानिक मार्गदर्शन, मौलिकहक एवं धारा ५२ अन्तर्गतका दायित्वहरु प्रति निष्ठावान रहि कोभिड १९ ले निम्त्याएका चुनौतिलाई सामना गर्न प्रभावकारी कदम चाल्न जरुरी छ,’ विज्ञप्तिमा भनिएको छ, ‘कोरोनाको रोकथाम र नियन्त्रण एवं यसले निम्त्याएका आर्थिक, सामाजिक तथा मानविय समस्याहरुलाई सम्बोधन गर्न तत्काल थप कानुनी प्रबन्धको आवश्यकता भएमा मात्रै पारदर्शी र परामर्शयुक्त प्रक्रियाबाट अध्यादेशको विकल्प अवलम्बन गर्नु पर्दछ।’

औचित्यहीन अध्यादेश जारी गरिएको कारण राष्ट्रपति जस्तो गरिमामय संस्थालाई विवादमा तान्ने स्थिति सिर्जना भएको उनीहरुको ठहर छ। यदि खारेज नगरिने र कार्यान्वयनमा जाने स्थितिमा विगतको राजनीतिक अस्थिरताको दुस्चक्रबाट पाठ सिकेर देशलाई स्थिरताको बाटोमा डोर्‍याउने र जनताको सम्वृद्धिको आकांक्षा पूरा गर्ने संविधानको मूल अभिष्ट नै परास्त हुने उनीहरुको निष्कर्ष छ। कसैको लहड, गुटगत र व्यक्तिगत स्वार्थसिद्धिका लागि राष्ट्रले ठूलो मूल्य चुकाउनुपर्ने तर्फ बेलैमा सजग हुन उनीहरुले आग्रह गरेका छन्।

विज्ञप्तिमा  संस्थाका अध्यक्ष अधिवक्ता राजु चापागाई, पुर्वअध्यक्षहरु भिमार्जुन आचार्य, टिकाराम भट्टराई लगायतले हस्ताक्षर गरेका छन्।

प्रकाशित मिति: मंगलबार, वैशाख ९, २०७७  १६:५५
  • #अध्यादेश

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू
भारतमा निपाह भाइरस: सीमा नाकामा 'हाइ अलर्ट', कति जोखिममा छ नेपाल?
रेशम चौधरीको उम्मेदवारी खारेज
सम्बन्धित सामग्री
रेशम चौधरीको उम्मेदवारी खारेज उनीविरुद्धको उजुरीमा छानबिन गर्दै निर्वाचन अधिकृतको कार्यालयले चौधरीको उम्मेदवारी खारेजीको निर्णय गरेको हो । बिहीबार, माघ ८, २०८२
गृहमन्त्री अर्यालले पाए सरकारको प्रवक्ताको जिम्मेवारी बिहीबार सम्पन्न मन्त्रिपरिषद् बैठकले अर्याललाई सरकारको आधिकारिक प्रवक्ताका रूपमा तोक्ने निर्णय गरेको हो। बिहीबार, माघ ८, २०८२
सिंहदरवारमा मन्त्रिपरिषद् बैठक जारी बैठकमा विभिन्न मन्त्रालयबाट प्रस्तुत हुने नियमित कार्यसूचीका प्रस्तावहरूमाथि छलफल गरी आवश्यक निर्णय लिने कार्यसूची रहेको बताइएको छ। बिहीबार, माघ ८, २०८२
ताजा समाचारसबै
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू बिहीबार, माघ ८, २०८२
भारतमा निपाह भाइरस: सीमा नाकामा 'हाइ अलर्ट', कति जोखिममा छ नेपाल? बिहीबार, माघ ८, २०८२
रेशम चौधरीको उम्मेदवारी खारेज बिहीबार, माघ ८, २०८२
जम्मू कश्मीरमा सेनाको गाडी दुर्घटना हुँदा १० सैनिकको मृत्यु बिहीबार, माघ ८, २०८२
जाँचबुझ आयोगको म्याद २० दिन थप गर्ने सरकारको निर्णय बिहीबार, माघ ८, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
बालेन शाहले गरे झापा–२ की उम्मेदवार इन्दिरा रानामगरको घरमै पुगेर समर्थन बुधबार, माघ ७, २०८२
एमाले निकट युवा संघ दमक नगरका अध्यक्ष र उपाध्यक्षले छाडे एमाले, बालेनको पक्षमा खुले बुधबार, माघ ७, २०८२
कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव पौडेलले दिए राजीनामा बिहीबार, माघ ८, २०८२
रेशम चौधरीको उम्मेदवारी खारेज बिहीबार, माघ ८, २०८२
सानेपामा पहिलोपटक विशेष महाधिवेशनबाट निर्वाचित पदाधिकारीको बैठक बस्दै बिहीबार, माघ ८, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
टिकट नपाएपछि विष्णु रिजालको असन्तुष्टि: ‘मालपानीका लागि हात नपसार्नु मेरो कमजोरी’ आइतबार, माघ ४, २०८२
सुदूरपश्चिमका अधिकांश जिल्लामा टुङ्गायो नेकपाले उम्मेदवार, यी हुन् नाम शनिबार, माघ ३, २०८२
निर्वाचन आयोगले दियो गगन थापा नेतृत्वको कांग्रेसलाई आधिकारिकता शुक्रबार, माघ २, २०८२
बालेनले राजीनामा नदिने आइतबार, माघ ४, २०८२
कांग्रेसले अहिलेसम्म टुंग्याएको उम्मेदवारहरु मंगलबार, माघ ६, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्