• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज १२, २०८३ Mon, Sep 28, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

सम्पादकीय : लोकतन्त्रको अपमान

64x64
नेपाल लाइभ मंगलबार, वैशाख ९, २०७७  ०८:०४
1140x725

पछिल्लो समय कोरोना भाइरस संक्रमणविरुद्द निर्णय गर्न बस्ने गरेको मन्त्रिपरिषद्को बैठकमा सोमबार भने भिन्न विषयले प्रवेश पायो।

अहिलेको आवश्यकता थियो- कोरोना संक्रमणविरुद्ध थप रणनीतिको तय गर्नु र त्यसमा राष्ट्रिय शक्तिलाई एकीकृत गर्नु। सबैबीच सहमतिको मार्ग खिच्नु।

तर यसकै पहल गर्नुपर्ने जिम्मेवारी बोकेको सरकार अन्य दलमा मात्रै होइन, आफ्नै दलभित्र समेत शंकाको बीउ रोप्ने असान्दर्भिक कानुन बनाउन सक्रिय हुँदा कोरोना संक्रमणले सुस्ताएको समाजमा नयाँ तरंग ल्यायो। लकडाउनले सुस्ताएका विभिन्न दलका नेता, राजनीतिक विश्लेषकहरुलाई एकाएक चलायमान गरायो।

कोरोना संक्रमणले हायलकायल देशहरू कसरी त्यसलाई नियन्त्रण गर्ने भन्नेमा केन्द्रित छन्, अहिले। संक्रमण फैलन नपाएका देश कसरी रोक्ने भन्नेमा केन्द्रित छन्। यसरी विश्व नै तमाम मतभेद बिर्सिएर कोरोना भाइरसलाई पराजित गर्न केन्द्रित भइरहेको बेला नेपालमा राजनीतिक दल फुटाउन सहज हुने अध्यादेश ल्याइएको छ। साथै, संवैधानिक परिषद्‌मा प्रमुख प्रतिपक्ष दलका प्रतिनिधि नआए पनि निर्णय प्रभावित नहुने प्रावधान अध्यादेशबाट आउनु आफैंमा उदेक लाग्दो सरकारी कदम हो नै।

त्यसलाई सहज र तत्काल स्विकार्दै अनुमोदन गर्ने राष्ट्रपतिको हतारोले समेत समाज तरंगित हुनु स्वभाविक  थियो।

दुवै अध्यादेशमा राष्ट्रपतिबाट लाहछाप लागिसकेकाले केही महिनासम्म यो कानुन स्विकार्नु बाध्यकारी भएको छ। त्यसपछिको अवस्था सम्ममा नेपालको विद्यमान संविधानका प्रावधान उस्तै रहे  यसको संसदीय परीक्षण हुने नै छ।

अहिलेको अवस्थामा असान्दर्भिक कानुन किन ल्याउनुपर्‍यो? यी कानुन नहुँदा वर्तमान कुन चुनौती सामना गर्न सरकारलाई बाधा पुगेको छ? बाधा फुकाउन अध्यादेशमार्फत दलगत अनि संवैधानिक परिषद्‍बारे कानुन बनाउनुपर्‍यो? अहिलेका मुख्य चासो यिनै हुन्।

अहिले चुनौती कोरोना संक्रमण फैलनबाट रोक्नु हो। यसका लागि सरकारले लकडाउन गरिरहेको छ नै र संक्रमण ऐन अन्तर्गत निर्णय गर्न सरकारमाथि कुनै बाधा छैन। कोरोना नियन्त्रणमा सामाजिक दुरी कायम गर्ने हो, दल विभाजन गर्न सहज बनाएर दलगत दुरी बढाएर कोरोना भाइरस संक्रमण रोक्न सहजता होइन, चुनौती थपिने छ।

Ncell 2
Ncell 2
nimb
nimb

यस बीचमा संवैधानिक परिषद्‍बाट पारित नगरी नहुने 'इमर्जेन्सी' कुनै प्रस्ताव पनि अड्किएको छैन। यस्तो बेलामा असान्दर्भिक र दलगत रुपमा शंका र विवाद बढाउने कानुन बनाउनुले सरकारको सनकपनमाथि थप शंका मात्रै बढाउँछ।

कोरोना भाइरस नियन्त्रणमा सरकारबाट भएका बदमासीको आलोचना तीव्र भए पनि प्रमुख प्रतिपक्ष दलले समेत कोरोना संक्रमण नियन्त्रणमा सरकारले गरेका निर्णय कार्यान्वयनमा बाधा पुर्‍याएको देखिएको छैन। प्रमुख प्रतिपक्ष लगायतका सरकार बाहिर रहेका दलले सरकारको कामको समीक्षा र आलोचना गरेका छन्। आलोचनाले सरकार ढल्दैन।

सरकार बदल्ने संवैधानिक थलो संसद बन्द भएकाले सरकारविरुद्ध अविश्वास प्रस्ताव आउने जोखिम पनि छैन। कोरोनाको यो संकटमा विशेष अधिवेशन बोलाउने तयारीका छनक पनि देखिएका थिएनन्। समस्या देखिएको भनेको नेकपाभित्रको विवाद र नेतृत्वबीचको बेमेल मात्रै हो।

सरकारको सर्वस्व हातमा लिएर बसेको नेकपाभित्र कोरोना नियन्त्रण सम्बन्धी उच्चस्तरीय राजनीतिक संयन्त्र गठनबारे दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहालबीच पछिल्ला दिनमा मनभेद देखिएको थियो। तर, त्यो मनभेद प्रधानमन्त्री नै बदल्ने चरणसम्म पुग्ने स्थिति थिएन।

Xtrem

Xtrem

प्रधानमन्त्री ओली र उनी निकटका मन्त्री र सचिवालयका सदस्य अनेका कारणले आलोचित छन्। तर, त्यति कारणले नै सरकार गिरिहाल्ने सम्भावना पनि थिएन।

सबै कोणबाट तत्काल प्रधानमन्त्री पदच्युत हुने अवस्था नरहेको र यी दुवै अध्यादेश तत्कालीन संकट समाधान लक्षित नभएकाले सरकारले आपत्कालका लागि पाएको सवैधानिक अधिकारको दुरुपयोग गरेको प्रष्ट हुन्छ।

यसले प्रधानमन्त्री र उनको टिमको अहंकारको जित त होला तर संवैधानिक प्रावधान, संकटको समयमा सरकारप्रति आशावादी आमजनको भावनाको हार हो। लोकको हित नै सर्वोपरी मानिने लोकतन्त्रको अपमान हो।

प्रकाशित मिति: मंगलबार, वैशाख ९, २०७७  ०८:०४
  • #अध्यादेश
  • #दल_फुटाउने_अध्यादेश
  • #सम्पादकीय
  • #लोकतन्त्र
  • #अपमान

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
लोकसेवाको परामर्श समावेश नगरी मन्त्रिपरिषद्मा पेश हुँदै निजामती सेवा विधेयक, छुट्टै पठाउने तयारी
रिमा श्रेष्ठको ‘चुलबुले नानी’मा आशिष अविरल र रचना रिमालको स्वर
आफ्नै पार्टी अध्यक्षविरुद्ध राप्रपाका ७ सांसद अदालतमा, लिङ्देनमाथि के आरोप ?
सम्बन्धित सामग्री
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपालको राजनीतिमा नयाँ पुस्ताको नेतृत्वप्रति जनअपेक्षा बढिरहेका बेला बालेन्द्र शाह(बालेन) नेतृत्वको सरकारलाई केवल समर्थन वा विरोधको... सोमबार, असोज १२, २०८३
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं यही सन्दर्भमा काठमाडौंको सीतापाइला–रामकोट–भीमढुंगा सडकको भविष्यबारे गम्भीर बहस आवश्यक छ। सडक स्तरोन्नति र विस्तार आवश्यक छ। तर सडक व... बुधबार, असोज ७, २०८३
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? दुर्घटनामा मृत्यु हुनेको संख्या निस्सन्देह महत्त्वपूर्ण छ। तर मृत्युबाट बचेका घाइतेको जीवनबारे हाम्रो बहस झन् कमजोर छ । बुधबार, असोज ७, २०८३
ताजा समाचारसबै
लोकसेवाको परामर्श समावेश नगरी मन्त्रिपरिषद्मा पेश हुँदै निजामती सेवा विधेयक, छुट्टै पठाउने तयारी सोमबार, असोज १२, २०८३
रिमा श्रेष्ठको ‘चुलबुले नानी’मा आशिष अविरल र रचना रिमालको स्वर सोमबार, असोज १२, २०८३
आफ्नै पार्टी अध्यक्षविरुद्ध राप्रपाका ७ सांसद अदालतमा, लिङ्देनमाथि के आरोप ? सोमबार, असोज १२, २०८३
पूर्वप्रधानन्यायाधीश जबरा पक्राउ प्रकरण: न्यायपालिकामाथि हस्तक्षेप नगर्न सर्वोच्चको चेतावनी सोमबार, असोज १२, २०८३
बाढीपहिरोमा २७ जनाको मृत्यु, एक हजारभन्दा बढी परिवार प्रभावित सोमबार, असोज १२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
चोलेन्द्रका छोराले मागे थप सुरक्षा, परिवारको ज्यान जोखिममा परेको दाबी सोमबार, असोज १२, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
एक सचिवका लागि तीन सहसचिवको नाम सिफारिस, को होला प्राविधिकतर्फको सचिव? सोमबार, असोज १२, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्